डेढसय दलित महिला सामुहिक रुपमा एकजुट भए

जातीय छुवाछूत र लैङ्गिक विभेदका बिरुद्ध बैतडीका ग्रामीण भेगका दलित महिलाहरु एकजुट हुन थालेका छन् । दलित भएकै कारण हुने सामाजिक छुवाछूत, महिनावारी भएका बेला गरिने विभेद, पूरुषहरुबाट खेप्नु परेको लैङ्गिक विभेद र दलित भित्रै पनि हुने जातीय विभेदका बिरुद्ध बैतडीको सिलङ्गा गाउँ विकास समितिका ८७ घर परिवारका विश्वकर्मा र दमाई समुदायका झण्डै डेढसय दलित महिला सामुहिक रुपमा एकजुट भएका हुन् ।
दलित महिलाहरुको यो जागरुकतालाई बैतडीको स्थानीय गैर सरकारी संस्था कोटभैरव सामुदायि विकास केन्द्रले गरिबी निवारण कोष कार्यक्रम अन्तरग आय आर्जन र क्षमता विकासका
लागि  सहयोग गरेपछि बाख्रा पालनबाट आय आर्जन हुँदा दलित महिलाहरुमा थप जोश जाँगर पैदाभएको दलित अगुवा महिला मीना बिश्वकर्माले बताउनुभयो ।
  दलित महिला एक जुट भई स्थानीय कोटभैरब सामुदायिक विकास केन्द्रमा क्षमता विकास,बाख्रा पालन र तरकारी खेतीका लागि रकम माग गरेपछि दलित महिला समूहलाई गरिबी निवारण कोषमार्फत आर्थिक सहयोग गरेको कोटभैरब सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक बिक्रमबहादुर चन्दले बताउनुभयो ।
  दलित महिला एकजुट भएपछि दलित भित्र हुने आन्तरिक विभेदमा पनि कमी आएको अगुवा मीना बिश्वकर्माले आफ्नो अनुभव सुनाउनुभयो । मासिक रुपमा गाउँका सबै महिला भेलाई मासिक बचत गर्ने गरेको र सामाजिक समस्या र विभेदका विषयमा छलफल हुने  गरेको दलित महिलाहरुले बताएका छन् ।
विश्वकर्मा र दमाई समुदायका महिला सामुहिक रुपमा एक जुटभई समुह गठन गरी क्षमता विकास र आय आर्जनका लागि बाख्रा पलन गर्न थालेपछि महिलाहरुको समूहमा झण्डै सात लाख रुपियाँ जम्मा भएको छ । गाउँमा पूरुषहरुले पनि ईज्जत गर्न थालेको महिलाहरुले बताएका छन् ।
 दलित महिला सामुहिक रुपमा एकजुटभई जागरुक बनेको यो जिल्लाकै नमुना उदाहरण भएको स्थानीय संचारकर्मी वशन्त बिष्टले बताउनुभयो । गाउँमा दलितमाथि हुने विभेदमा निकै कमी भएको बिष्टले बताउनुभभयो । 
source: gorkhapatraonline

No comments:

Post a Comment