अति भएपछि खती हुन्छ भनेझैं मैले हत्या गर्ने कठोर निर्णय गरें

विराटनगर, १० भदौ । रक्सी खाएर कुटेको झोंकमा मोरङ हात्तीमुडा–३ की सञ्जादेवी सरदारले श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन् । सोमबार साँझ मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेकी सञ्जादेवीलाई सार्वजनिक गरेको छ । दुईदिनअघि पति बेचन सरदार घर नजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेका थिए ।
उनको हत्या अज्ञा समूहले गरेको भनेर
श्रीमती सञ्जादेवीलगायत परिवारले प्रहरीलाई जानकारी दिएका थिए । “अनुसन्धानका क्रममा पक्राउ परेका बेचनका छोरा र छोरीबाट आमाले बुवाको हत्या गरेको बयान दिएपछि प्रहरीले सञ्जादेवीलाई पक्राउ गरेका हौं,।” मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले भने, “रक्सी खान श्रीमतीसँग पैसा माग्दा नदिएपछि झगडा भई हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।” बाहिर रक्सी आएर घर आई पटक–पटक श्रीमानले आफूलाई कुटपिट गर्ने गरेको उनले बताइन् ।

“मलाई विहे भएदेखि नै झल्कु भन्ने बेचन (लोग्ने) ले यातना दियो, कति खप्नु ? अति भएपछि खती हुन्छ भनेझैं मैले हत्या गर्ने कठोर निर्णय गरें ।” झगडाका क्रममा बेचनले हात मर्किने गरी कुटपिट गरे । रिसले आगो भएका बेचनलाई सञ्जादेवीले नजिकै राखिएको पिर्काले हानिन् । पीडा सहन नसकेर उनी लर्बरिंदै खोल्सानिर खसे ।

“बेचन बाँचेको भए मलाई माथ्र्यो, मैले यही सोचें र उसलाई घरमै रहेको धारिलो हतियार निकालेर प्रहार गरें,” संवाददाताहरूलाई सञ्जादेवीले भनिन्, “रक्सी खाएर कुट्थ्यो, मार्दिएँ ।” उनको मुहारमा पटक्कै पश्चाताप देखिएन । “रक्सीको माया गरेर जहिल्यै नसामा मस्त भयो, मलाई कुनै पश्चाताप छैन,” उनले भनिन् ।  यसो भन्दा एसपी विश्वराज पोखरेल थप्दै थिए, “यो हाम्रो समाजको बढ्दै गएको पीडा हो ।”

No comments:

Post a Comment