जातिय समानताका अन्तरजातिय बिबाह

असार १९ -गुल्मीको एक दलित परिवारका तीन भाई छोराहरुले मगर समुदायका युवतीहरुसंग अन्तरजातिय बिबाह गरेका छन् । अन्तरजातिय बिबाह गर्ने तिनै जना दाजुभाईहरु गुल्मी ठरुलो लुम्पेक गाविस ३ काहिरालाल बिश्कर्माका छोराहरु हुन् । हिरालालका तीनै भाई छोराहरु भारतीय सेनामा कार्यरत छन् ।


विश्वकर्माका जेठा छोरा ओम बहादुर बिकले स्थानीय खुमा तारामु मगर, माहिला छोरा फारम बिकले जानकी तारामु मगर र अर्का छोरा होम बहादुर बिकले युनिका रानामगरसंग अन्तरजातिय बिबाह गरेका हुन् ।बिबाह पछि तीनै दाजुभाईहरुले जातिय समानताका लागि आफुहरुले अन्तरजातिय बिबाह गरेको बताए । उनिहरुले

आफुहरुले गरेको यो अन्तरजातिय बिबाह कोशेढुंगा सावित हुने पनि विश्वास व्यक्त गरेका छन् ।बिबाहिता किशोरीहरु मध्य धर्मपुरा उच्च माबिमा कक्षा १२मा अध्ययनरत युनिका बिकले भनिन् जातपातका कुरा केवल भ्रममात्र हो ।
स्रोत : ebaglung

No comments:

Post a Comment