रूकुम जिल्ला-देशकै पहिलो जातिय छुवाछुत मुक्त नमूना गाविस

जनचेतनाको लागि( तस्बिर साभार दलित महिला संघ )
रूकुम जिल्ला मा पुराना आदिवासी अधिकांश मगर जाति भएता पनि ब्राहमण, क्षेत्री, ठकुरी लगायत नेवा, गुरूङ्ग, सन्यासी, थकाली, कामी, सुनार, दमाई, सार्की, बादी आदि जातिहरू छन् । प्वाङ गाविसहरूमा मगर जातिहरूको वसोवास बढी छ भने मुसीकोट, बाँफीकोट, रूकुमकोट, आठवीसकोट, आठवीस डाँडागाउँ, विजयश्वरी, पेउघा, मुरू, खारा, रूघा, घेत्मा, पोखरा, पिपल, स्यालापाखा, साँख, छिवाङ, सिम्ली गा।वि।स।हरूमा क्षेत्री, ठकुरी, कामी, दमाई, बढी छन् भने अन्य जातिहरू कमै पाइन्छन् ।


अधिराज्यकै सामाजिक कुप्रथाको रूपमा चिनिने छुवाछुत प्रथा यो चलन रूकुममा पनि कायम छ । कामी दमाई, सुनुवार, सार्की जाति अरू जातिको घर भित्र पस्न नपाईने, मठ, मन्दिर, धार्मिक स्थलहरूमा पूजा पाठ गर्न नपाईने सामाजिक चलन विद्यमान छ । यस प्रथाले यो प्रथाले यो जिल्लाका खासगरी अघिल्लो पुस्तामा निकै जरो गाडेको छ । तर यहि २०७० श्रावन ३ गते रुकुमको चुनवाङलाई जिल्ला तथा देशकै पहिलो जातिय छुवाछुत मुक्त नमूना गाविस घोषणा गरी छुवाछुत प्रथालाई उन्मुलन गर्ने प्रयास भैरहेको छ ।
साभार : rukumtourism.com

No comments:

Post a Comment