प्रहरी हिरासतमा लिएको धोबीको लाश मृत र सडक किनारमा कसरि पुग्यो ?

रुपन्देही -मर्चवार क्षेत्रको असुरैना गाविस-६ पर्सहवाका २२ वर्षीय रामसेवक धोबीको प्रहरी हिरासतमा कुटपिट बाट मृत्यु भएको परिवार तथा गाउँलेहरूले आरोप लगाए । इलाका प्रहरी कार्यालय मर्चवारले गत साउन २६ गते मादक पदार्थ सेवक गरी होहल्ला गरेको भन्दै हिरासतमा लिएका धोबीको दुई दिनपछि मृत र सडक किनारमा फालिएको अवस्थामा शव भेटिएको परिवारको दाबी छ । धोबी गत साउन २९ गते बिहान मर्चवार क्षेत्रको मन्झरिया ताल छेउको सडक किनारमा मृत अवस्थामा भेटिएका थिए ।

उनकी आमा र केही स्थानीयहरूले साउन
२९ गते नै प्रहरीले दवावमा शवलाई अन्त्येष्टि गरेका थिए । प्रहरीले पोष्टमार्टम नगराएको र जबर्जस्ती जलाउन लगाएको मृतकका बाबु बाहोरी धोबीले बताए । उनी त्यसबेला तीर्थ गर्न भारतमा गएका थिए । आफु नभएको बेला प्रहरीले छोरालाई कुटेर हत्या गरेको र पछि जबर्जस्ती जलाउन लगाएको उनको आरोप छ । धोबी समुदायमा विवाह नभएका व्यक्तिको शवलाई गाड्ने प्रचलन छ । यद्यपि प्रहरीले भने जबर्जस्ती जलाउन लगाएको र पोष्टमार्टम पनि नगराएको परिवारको दाबी छ । मृतकको घाँटी, टाउको र छातीमा निलडाम र चोटहरू रहेको उनीहरूको दाबी छ । प्रहरी हिरासतमा रहेको व्यक्ति कसरी मृत अवस्थामा सडकमा फेला पर्यो ? यो प्रश्नसँगै प्रहरीमाथि आशंका थपिएको छ ।

मृतकका परिवार र गाँउलेहरूले घटनाको निश्पक्ष छानबिन र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा भदौ ९ गते दिउँसो प्रदर्शन गरेका छन् ।यद्यपि प्रहरीले भने घटना अफबाह भएको बताउँदै धोबीलाई आफुहरूले नियन्त्रणमा नलिएको दाबी गरेको छ । प्रहरी निरीक्षक प्रेमबहादुर पोखरेलले धोबी ८ वर्षदेखि मानसिक रोगी रहेको र अत्याधिक मदिरा सेवन गर्ने गरेको बताए । उनले मृतककी आमाले नै पोष्टमार्टम गर्न नमानेको र मृत्यु स्वभाविक भन्दै शव बुझेर अन्त्येष्टि गराउन लगाएको बताए । परिवारले किन दुःख दिनुहुन्छ, मर्नु मरिहाल्यो भन्दै प्रहरीलाई घटनाको मुचुल्कासमेत उठाउन नदिएको पोखरेलले बताए ।

No comments:

Post a Comment