मलद्वार नभएकि दलित बालिकाको १३ वर्षदेखि पेटभित्र दिशा

जनचेतनाको लागि( तस्बिर साभार दलित महिला संघ )
काठमाडौं,भाद्र ९ तपाईँलाई सुन्दा पनि अच्म्म लाग्यो होला,जन्मँदै मलद्वार नभएकी १३ वर्षे एक बालिकाको पेटबाट करिब १० केजी दिसा निकालिएको छ भन्दा । बास्तबमा यस्तै भएको छ । ओखलढुंगा पोखरे गाविस–४ घिमिरेडा“डाकी १३ वर्षे किशोरी लीला विकको जन्मजात मलद्वार नभएका कारण १३ वर्षदेखि पेटभित्र नै थुप्रिएर बसेको दिसा तथा अन्य फोहोर पदार्थ शनिबार शल्यक्रियाद्वारा निकालिएको छ ।
यो समाचार आजको नागरिक दैनिकले छापेको छ । दिसा निकालिए लगत्तै उनको मलद्वार बनाउने शल्यक्रिया पनि सुरु भएको छ । शल्यक्रियाका क्रममा उनको पहिलो चरणमा अन्द्राबाट दिसा बाहिर जाने बाटो बनाइएको छ। विकको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले शनिबार निःशुल्क शल्यक्रिया गरी दिसा जाने बाटो बनाएको हो। अस्पतालले पहिलो चरणमा दिसा जाने बाटो बनाएको र अबको चार महिनापछि पुनः अर्को शल्यक्रिया गरी मलद्वार नै बनाउने जनाएको छ। उनले हालसम्म खाएको खाना पेटमै जम्मा भएर पेट फुँलिदै गएको थियो।
बालिकाको शल्यक्रिया अस्पतालका पेडियाट्रिक सर्जन डाक्टर गेहराज दाहालको टोलीले गरेको हो। डा। दाहाल र डा। दिप्तेश अर्यालसहितको टोलीले शनिबार तल्लो पेटको देब्रेपट्टिबाट प्वाल पारी पाइपबाट दिसा गर्ने अस्थायी बाटो खुलाएका हुन्। चिकित्सक दाहालका अनुसार शल्यक्रियापछि बालिकाको तौल २२ केजी भएको छ। शल्यक्रिया गर्नुपूर्व उनको पेटमा भएको दिसाका कारण उनको तौल करिब ३२ केजी थियो।
‘खाएको कानेकुरा शरीरबाट बाहिर जान नपाउँदा बालिकाको पेट फुलेर निकै ठूलो भएको थियो,’ डा। दाहालले भने, ‘शल्यक्रियापछि उनको पेट सबै घटेर सामान्य अवस्थामा आएको छ।’ उनका अनुसार पहिलो चरणमा आन्द्राबाट दिसा बाहिर जाने बाटो बनाइए पनि मलद्वार बनाउन केही समय लाग्नेछ। अस्पतालका अध्यक्ष एलबी टण्डनका अनुसार अस्पतालले बालिकाको सबै उपचार निःशुल्क गरेको छ।
‘बालिकाको मलद्वार बनाउने काम बल्ल सुरु भएको छ,’ टण्डनले भने, ‘बालिकाको जीवन बचाउन अस्पतालले सबै खर्च निःशुल्क गरेको हो।’ उनका अनुसार बालिका अस्पतालमा एक साताअघि उपचारका लागि भर्ना भएकी थिइन्। उपचारमा संलग्न विशेषज्ञ डा। दाहालले लामो समयदेखिको खानेकुराले ती किशोरीको आमासयदेखि ठूलो आन्द्राको भाग पूरै भरिएको बताए।
‘त्यही खानेकुरा भरिँदा आन्द्रा फुल्दै गएर पेट अस्वाभाविक रुपमा बढेको हो,’ उनले भने, ‘चिकित्सकीय भाषामा यो अवस्थालाई एनोरेक्टोल माल्फरमेसन भन्छौं, त्यसमध्ये पर्ने विभिन्न समस्यामध्ये यो समस्या ‘रेक्टोभेजाइनल फिस्टुला’ हो।’ डा। दाहालले ती बालिकाले खाएको खानाबाट निकै थोरै मात्रा पातलो रसका रुपमा पिसाबद्वारबाट बाहिरिने गरेको बताए।
उनका अनुसार यो जन्मजात विकृति हो, मलद्वार र पिसाबद्वारबीचको दुई सेन्टिमिटर भागमा मसिनो नलीजस्तो बनी त्यसैबाट दिसा पातलो रसका रुपमा पिसाबद्वारबाट बाहिरिने गरेको छ। जन्मनासाथ उपचार पाएको खण्डमा एउटै अप्रेसनले सफल हुने त्यस्तो केस उमेर छिप्पिँदै जाँदा बढी समय लाग्ने भएको उनले बताए। डा। अर्यालका अनुसार यो अप्रेसनपछि किशोरीले जति खाना पनि खान मिल्छ।
उनको फुलेको अन्द्रा बिस्तारै सुक्दै जाने उनले बताए। ‘शरीरका अन्य अंग बिस्तारै मोटाउनेछन्,’ उनले भने, ‘त्यसपछि उनको दोस्रो चरणको मलद्वार बनाउने अप्रेसन गरिनेछ।’ उनका अनुसार हाल बनाइएको अस्थायी बाटोलाई बन्द गरी दोस्रो चरणको अप्रेसनमा बालिकाको मलद्वारबाटै दिसा गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि किशोरीको उपचार सकिन करिब ६ महिना लाग्ने उनले बताए।
अध्यक्ष टण्डनका अनुसार तीन चरणमा उपचार हुने ती किशोरीको उपचारमा करिब २ लाख ५० हजार खर्च हुनेछ। बिरामी र आफन्तसहित दुई जनालाई खानबस्न, घरबाट आउने जाने व्यवस्थासहित सबै खर्च अस्पतालले व्यवस्था गरेको उनले बताए ।

No comments:

Post a Comment