बेलबारी घटनाका पाँच अभियुक्त रिहा भए

विराटनगर , भाद्र ३ - जनही सात हजार धरौटी राखी बेलबारी घटनाका पाँच अभियुक्त सोमबार जिल्ला अदालत मोरङको आदेशमा रिहा भएका छन् । जिल्ला न्यायाधीश इन्द्रकुमार चोङतेन्लीको इजलासले पुर्पक्षका लागि जनही ७ हजार धरौटी माग गरी तारेखमा छाडेको हो । उनीहरूलाई जातीय विभेद तथा छुवाछूतविरुद्ध मुद्दा चलाएको थियो । उनीहरूसँग धरौटी माग गरी तारेखमा छाड्ने आदेशको जिल्ला अदालतका निमित्त स्रेस्तेदार विकास श्रेष्ठले बताए । धरौटीमा बेलबारीका जीवन, अमित, सेविका, चन्द्रकला र अम्बिका भेटवाल छाडिएका हुन् ।

तीन साताअघि घर र्फकँदै गरेकी एक महिलालाई जबर्जस्ती करणी प्रयास गर्न खोजेको विषयलाई लिएर बेलबारी ३ करमडाँडाकी एक दलित महिलासँगै दलित अगुवालाई स्थानीयवासीले भोलिपल्ट दुव्र्यवहार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा उनीहरूसहित १६ जनाविरुद्व मुद्दा चलाएको थियो । अहिले पनि १० जना फरार छन् । पक्राउ परेकामध्ये कमला भेटवाल प्रशासनबाटै धरौटीमा छुटेकी थिइन् । यसअघि जिल्ला प्रशासनले १६ विरुद्ध सार्वजनिक अपराध मुद्दा लगाएको थियो । 

source:ekantipur

No comments:

Post a Comment