बलत्कार गर्ने उद्देश्यले दलित छात्रामाथि शिक्षकद्धारा हातपात

मेनका परियार, रुकुम, श्रावण ३०-रुकुमको दुली गा.वि.स वडा नं. ५ निवासी बलबहादुर जैसीले आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रामाथि हातपात गरेका छन् । यहि श्रावण २४ गते राती मध्यान्न १२ बजे छात्राको घरमा गई कोठाको ढोका फोडी भित्र पसी बलत्कार गर्ने उद्देश्यले हातपात गरेको पिडित रिता सुनार (नाम परिवर्तन) ले बताईन् । यसरी जबरजस्ती हातपात गर्न खोज्दा उनी कराएपछि जैसी भागेका थिए । ३४ बर्षिय जैसी दुली गा.वि.स को राष्ट्रिय माविमा शिक्षण गर्दै आएका छन् ।
भने पिडित १६ बर्षिया छात्रा पनि सोही विद्यालयमा कक्षा १० मा अध्यनरत छिन् । बलबहादुर नेपाली काँग्रेस दुली गाउँ विकास समितिका सचिव र नेपाल शिक्षक संगठनका जिल्ला कार्य समिति सदस्य समेत रहेको बताईएको छ । छात्राको घर जानुभन्दा अगाडी गाउँ नजिकैको एक घरमा २ जना शिक्षक साथीहरुसँग सङ्गै बसेर मधेरा सेवन गरेको र उनी २ जना आ–आफ्नो घर गई सकेपछि १० मिनेटको बाटो हिडेर छात्राको घरमा जैसी पुगेका थिए ।
जैसीलाई छानविनको लागि जिल्ला प्रशासन कार्यालय रुकुममा राखिएको छ । उता यसै विषयलाई लिएर नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा जिल्ला समिति रुकुम र अखिल क्रान्तिकारी जिल्ला समिति रुकुमले संयुक्त प्रेस विज्ञप्ती निकाली यहि ३० गते पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारी जिल्ला समिति रुकुमका सचिव चुडामणि गौतमले दोषी उपर कडा भन्दा कडा कारवाही गर्न स्थानिय प्रशासन समक्ष जोडदार माग गर्नु भयो । त्यस्तै मोर्चाका अध्यक्ष रातो कामीले घटनाका दोषीलाई कुनैपनि किसिमको रानितिक संरक्षण नदिई कानुन बमोजिम कारर्वाही हुनुपर्ने र यसको लागि सम्बन्धित सबैले सहयोग गनुपर्ने बताउनु भयो ।

No comments:

Post a Comment