दलितहरुका परम्परागत बजाउदै आएका बाजा ठकुरीहरुले आफनो कब्जाम लिए

मुगु , चाडपर्बमा बाजा नबजाएको भन्दै सदरमुकाम गमगढी देखी दुई दिन टाढाको सोरु भेगमा पर्ने नार्थपु गाबिस बडानम्बर ४ का दलित हरुका परम्परागत बजाउदै आएका बाजा बडानम्बर ५का ठकुरी हरुले आफनो कब्जाम लिएका छन ।
दशै अन्य चाड पर्ब लगाएत देबी देबताको पुजा आजाम परम्परागत बाजागाजा बजाउदै आएको र एक बर्ष देखी बजाउन
छाडेको भन्दै नार्थपु गाबिस वडानम्बर ५ का ठकुरी हरुले सोही गाबिस चारका नेपाली थरका दलितहरुको परम्परगत देखी बजाउदै आएका चार थान दमाह हरु आफनो कब्जामा लिएर पुर्खा देखी बजाउदै आएको बजाउने पेशा बाजा नभएकै कारण बञ्चित हुनु परेको छ ।
असार ३० गते वडानम्बर ५ निबासी सोबिन्द्र शाहीको बिबाहमा बाजा बजाउन गएका ति दलित लाई आफ हरुको घरमा चाड पर्ब र देबि देवताको पुजा आज हुने दिनमा बाजा नबजाएको भन्दै बजाउन लिएका चार थान दमाहको तामा आफु हरुलेनै दिएको भन्दै दमाह कब्जाम लिएको  मकर सिंह नेपालीले बताए उनका अनुसार आफु लगाएत अन्य तिन जना दमाह लिएर गएको तिनि हरुले चाड पर्ब र देबिदेवताको पुजा आजाम बजाउन नआएको भन्दै दमाह आफनो कब्जाम लिएका भएपनी उनि हरुको त्यो ब्यबाहारले आफ हरु लाई झनै नबजाउने मनोस्थिति बनाएको भन्छन ।
 पुर्खा हरुले बजाउदै आएको यो पेसा लाई आफु हरुले पनी स्विकारर्दै आएको बर्षमा आउने चाड पर्ब लगाएत सम्पूर्ण देबी देवताको पुजा पाठमा बजाउदै आएको भएपनी बजाए बापत उनि हरुले बर्षमा दुई तिन पाथी अन्न दिने गर्छन त्यही अन्न दिए बापतको धम्किले दमाह आफनो कब्जाम लिएका र बर्षको एक पटक दिने अन्न पनी रोकि दिने धम्कि दिने गरेका मकर सिंहको भनाई रहेको छ ।
 आफुले बजाउदै आएका चार थान दमाह ति गाँउले हरुले आफनो कब्जामा लिए पनी ति १५ घर धुरी दलित भने आफुमाथी गरीने ब्यबाहार भने सारै उदेक लाग्दो रहेको बताउछन राम्रो ब्यबाहार कहिल्यै नर्गनाले आफु हरुले कहीले काँही नबजाएको हो नत्र गाँउमा हुने बिबाह बत्रबन्ध लगाएत अन्य कार्यमा बजाउदै आएको भएपनी आफना दमाह कब्जाम लिए आफुहरु पनी उनि हरुको त्यो ब्यबाहर परिबर्तन नहुन्जेल बजाउने काम रोकिदिने बताउछन ।

No comments:

Post a Comment