रुपन्देहीको मानपकडीमा गरिब ,दलित माथि प्रहरी दमन भएको सार्वजनिक

रुपंदेहीको मानपकडी गाँउमा केहि दिन अघि घन्टौ सम्म नेपाल प्रहरी शस्त्र बलले आम सर्वसाधारण मधेशीहरुलाई बर्बरता पुर्वक कुट-पीट गरेका छन । तशकर खोजीको क्रममा स्थानीय sp बिक्रम सिंह थापाको कमाण्डमा आएका प्रहरीहरुले युवाहरुलाई मरण्णासन गरि कुट पीट गरे-गरे , गाँउका वृद्ध, महिला र बच्चा समेतलाई कुट पीट गरे । नेपाली प्रहरीका त्रासदीका कारण गाँउलेहरु अन्यत्र आफन्त कहाँ पलायन हुदैछ ।स्थिति यो छ की उक्त ठाउँ आज मान्छे विहिन भएको छ । प्रहरी प्रशासन दुवारा गरिएको कायरता पुर्न र  अमानवीय अनि घृणित कार्यको घोर भर्त्सना  गर्दै घण्टा को जानकारी राख्न चाहन्छु !

रगतको साइनो नभएका मधेशी जनतालाई प्रहरीले पुरानो हिन्दी चलचित्रमा देखाइए झैं गुलामहरुलाई यातना दिने शैलीमा घेरामा पारी अमानवीय एवं क्रुरतापूर्ण तरिकाले कुटपीट गरेका छन्’—घटनास्थलबाट फर्केका स्थानीय सञ्चारकर्मीहरुले भने । बाटो बनाउन नदीजन्य झस्कट खन्न पुगेका स्थानीय बासिन्दाहरुलाई आइतबार स्थानीय प्रहरीले लाठी प्रहार गरी घाइते बनाएका हुन् । प्रहरीको लाठी प्रहारबाट गाउँका महिला, बृद्ध र बालबालिकाहरुसमेत घाइते भएका छन् । मानपकडीमा प्रहरी दमनको नेतृत्व गर्न इलाका प्रहरी कार्यालय मसर्गियाबाट पठाइएका नेपाल प्रहरीका निरीक्षक प्रेम थापाले प्रहरी कार्वाहीमा महिला र बालबालिकाहरुलाई चोट लाग्नु ‘सामान्य कुरा’ भएको टिप्पणी गरे । 
आइतबार प्रहरी र स्थानीयबासीबीच भएको झड्पपछि गाउँलाई अहिले हतियारबन्द दर्जनौं प्रहरीले घेरामा लिएको छ भने प्रहरीको सम्भावित दमनलाई लिएर महिला र बालबालिकाबाहेक अन्य गाउँलेहरुले छिमेकका गाउँहरुमा आश्रय लिन थालेका छन् । गाउँमा चुल्होचौका हुन सकेको छैन् । स्कुले बालबालिकाहरुसमेत प्रहरीको डरले स्कुल पुगेका छैनन् । प्रहरीको कुटाइबाट बृद्ध, असहाय, महिला र अपाङ्गसमेतलाई कुटपीट गरेका छन् । झड्प गत २ गते आइतबार दिउँसो ११ बजेर ३० मिनेटबाट सुरुभएको थियो । झड्पको क्रममा प्रहरीले १५ जना गाउँलेलाई नियन्त्रणमा लिएको छ । सोही क्रममा प्रहरीले घरघरमा पसेर गाउँलेलाई कुटपीट गरेको र धनमालसमेत चोरेको बताइएको छ । गहँु पिसाउन गएका पुरैनीगाउँका सुग्रीम लोनियाको प्रहरी कुटाइबाट टाउको फुटेको छ । 
प्रहरीको डरले उपचारका लागि सदरमुकाम जान नमानेका उनको उपचार स्थानीयस्तरमै भइरहेको छ । लोनियाको अवस्था अवस्था गम्भीर रहेको बुझिएको छ । सन्चो नभएर कोठामा सुतिरहेकी एक युवतीलाई प्रहरीले दूुव्र्यवहार गरेका छन् । गाउँको चोकमै रहेको उनको घरमा पसेर प्रहरीले टेलीभिजन र पंखासमेत तोडफोड गरेको छ । एक थानमोबाइल र सोको चार्जरसमेत प्रहरीले लुटी लगेको उनले बताएकी छिन् । ४३ वर्षीय रामविलास चौहान, २४ वर्षीय तुलसी मल्लाह, २५ वर्षीय शिवकरन मल्लाह र २८ वर्षीय रमेश लोनियालाई पनि घाउचोट लागेको छ । प्रहरीले घरघरमा पसेर तीनवटा वटा ट्रयाक्टर, पाँचवटा मोटरसाइकल र एक दर्जन जत्ति साइकल उठाएर÷खोसेर लगेको स्थानीय सीताराम बनियाले बताए ।
 

No comments:

Post a Comment