संचार माध्यममा दलित समुदायको पहुच पुग्न नसकेको

VISIT :- gopalsiwa.blogspot.com
धरान । सामाजिक संरचनामा दलित समुदाय माथि अझै पनि भेदभाव पुर्ण व्यवहार कायम नै रहेकाले संचार माध्यममा दलित समुदायको पहुच पुग्न नसकेको आज एक कार्यक्रममा सहभागि दलित समुदायले बताएका छन् ।
धरानबाट प्रकाशित भईरहेको प्रबोध साप्तहिक तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित दलित वर्ग र पत्रकारिताको आवश्यक विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सो कुरा बताएका हुन् ।

संचारगृहमा यथास्थितीवादीहरुको प्रभुत्व कायम नै रहेकाले दलित समुदायका पत्रकारहरुले चाहेर पनि पहुच वृद्धि गर्न नसकेको उनीहरुको आरोप छ ।संचार माध्यमहरुले दलितका मुद्धालाई प्राथमिकता नदिनेहरु विरुद्ध संघर्ष सम्म गर्न तयार रहनु पर्ने कार्यक्रमका प्रमुख अतिथी तथा क्रान्तिकारी पत्रकार संघ नेपालका सुनसरी जिल्ला अध्यक्ष पिबि दियालीले बताएका छन् । राज्य द्वारा बनाईएका समावेशीका नितीहरु कागजमै सिमित रहेकाले कार्यन्यवनमा जोड दिनुपर्ने दलित उत्थान समन्वय समिती धरान सचिव विजय अछामीले बताए । त्यसै गरि सेडा धरानका अध्यक्ष भविन्द्र विश्वकर्माले दलित समुदायका पत्रकारहरुले पेशागत संरक्षणका लागि संगठित भएर सम्बन्धित निकायसंग अधिकारका आवाजहरु उठाउनु पर्नेमा जोड दिएका छन् । 

कार्यक्रममा सहभागि भएका नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य डि.वि. शाहशंकरले न्युज डेस्कमा एकात्मक पुरातन सोच र चिन्तन हावी भएका कारण दलित समुदायका समाचारहरुले स्थान पाउन नसकेको बताए । अन्तरक्रियामा दलित सेवा संघका वरिष्ठ उपाध्यक्ष रमेश गजमेर, किरात याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष संगीता सुब्बा, मान बहादुर दियाली, बलराम आचार्य लगायतले बोल्नु भएको थियो । तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकालाई स्थापनाकाल देखि सहयोग गर्ने २१ जना अभिभावकहरुलाई सम्मान गरेको छ ।
 साभार :हाम्रो यातायत 

No comments:

Post a Comment