समाजलाई जनचेतना फैलाउन युवाहरुले यसरि बोर्डहरु टाङगे

वि.स. २०६८ भदौ १३ गते स्थापित यो सँस्था युवा जनचेतना अभियान,मलंगवामा रहेका विभिन्न सँस्थाहरुमध्ये जिल्लावासीमा आफ्नो छुटै पहिचान बनाउन सफल सँस्था हो  । वि.स. २०६८ भदौ १३ गते स्थापित यो सँस्था मलंगवा नगरपालिका,८ सर्लाहीमा रहेको छ ।
युवा जनचेतना अभियान सँस्थाको मिति २०६८/११/२0 गते बसेको कार्यसमितिको  बैठकमा पारित भएको निर्णय अनुसार मलंगवाको विभिन्न स्थानको २० वटा विधुत पोलहरुमा समाजलाई जनचेतना फैलाउने, युवा तथा महिलालाई जागृत गराउने खालका भनाईहरु लेखिएका बोर्डहरु टाङगिएको छ ।

 यस सँस्थाले मलंगवा लगायत सर्लाही जिल्ला भरि सर्वसाधारण जनताको हक, हित र अधिकार,समाजमा स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षा, पिछिडिएका वर्ग, महिला जनसहभागिता अभिबृद्धि, युवा सशक्तिकरण, बाल विकास, अपाङ्ग हित, चेलीबेटी बेचविखन, लागुऔषधी सेवन साथ–साथै समाजलाई नाकारात्मक असर गर्ने हरेक गैर कानूनी, अमर्यादित काम रोक्नु जस्ता क्षेत्रहरुमा आफ्नो कार्याक्रम संचालन गर्दै आएका छन् ।


No comments:

Post a Comment