उपचारको अभावमा सुस्तमन स्थितिका दुई दलित बालक दुई वर्षदेखि खोरमा


visit :- gopalsiwa.blogspot.com

ओखलढुङ्गा, भदौ १३- आर्थिक अभावले परिवारले उपचार गर्न नसक्दा ओखलढुङ्गा गाविस४ गोरुमारेभञ्ज्याङका सुस्तमनस्थितिका दुई बालक दुई वर्षदेखि खोरमाथुनिएका छन् । स्थानीय शेरबहादुर र रहरी विश्वकर्माका दुई छोरा १२ वर्षीय निर्मल र ८ वर्षीय निराज उपचारको अभावमा खोरमा थुनिएका हुन् ।खोरमा थुनिएका बालकहरूको स्वास्थ्य अवस्था दिनदिनै खराब हुँदै गएको छ ।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको विश्वकर्मा परिवारले काममा जाँदा जथाभावि हिँडडुल गर्ने चोटपटक लाग्ने,
हराउने भएकाले थुन्नुपरेको बताए । बालकद्वयका बाबु शेरबहादुर विक रहर नभएर बाध्यताले थुन्नु परेको गुनासो गर्दै ऋण काढेर विभिन्न अस्पताल चाहारेर उपचारगरे पनि रोग निको हुन नसकेको उनले बताए । उनले खानासमेत खोरमै खुवाउने गरेको बताए ।

जन्मजात शारीरिक लुलोपन र बोली नआउने समस्या भएका बालकहरूको उपचार अभावमा मानसिक सन्तुलन गुमेपछि परिवारले खोरमाथुनेको हो । तीन वर्षअघि वैदेशिक रोजगारीको कमाइले उपचार गरिए पनि रोग निको नभएको बालककी आमा रहरी विकले बताइन् । अहिलेसम्मबालकहरूको उपचारमा दुई लाख रुपैयाँ ऋण लागेको विश्वकर्मा परिवारको भनाइ छ ।

गरिबीको चपेटामा पिल्सिएको विश्वकर्मा परिवारले बालकहरूको उपचारको लागि ओखलढुङ्गा नगरोन्मुख गाविसबाहेक कहीँबाट सहयोगनपाएको गुनासो गरेको छ । गाविसले बालकहरूको हेरचाह र उपचारको लागि मासिक दुई हजार रुपैयाँ दिँदै आएको छ । मजदुरी गरेर प्रतिदिन दुईसय रुपैयाँ कमाइले बालकहरूको उपचार सम्भव नभएको विश्वकर्मा परिवारले बताएको छ ।

No comments:

Post a Comment