दलित समुदायलाई लक्षित गरी दिइएको आयमुलक च्याउ खेती तालिम

चतरा । सिप सिकौ आत्म निर्भर बनौ भन्ने उदेश्यले संचालन गरिएको आयमुलक कृषि च्याउ खेती सम्बन्धी दुई दिने प्रशिक्षण आईतवार वराहक्षेत्रको चतरामा सम्पन्न भएको छ । दलित सेवा संघ उपशाखा वराहक्षेत्रको आयोजनामा दलित समुदायलाई लक्षित गरी दिइएको आयमुलक च्याउ खेती तालिममा वराहक्षेत्रका १५ बढी प्रशिक्षार्थीको सहभागिता रहको थियो । आइतबार तालिमको औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।
प्रशिक्षणमा संघका अध्यक्ष लंकमान विकले व्यवसायिक तालिम खेती सम्बन्धि तालिम लिएकाहरुलाई यसै क्षेत्रमा पेशेवर भएर अगाडि वढ्न चुनौती भए पनि आर्थिक
उपार्जनको राम्रो माध्यम भएको बताए । संघ सहअध्यक्ष पर्शुराम कार्की ढोलीले दलित समुदायको सीप विकास गर्न र आर्थिक अवस्था सुदृढीकरण गर्न तालिम उपयोगी भएको बताए । आयमुलक कृषि च्याउ खेति दुई दिने तालिमका प्रशिक्षक मनि कुमार राईले च्याउ खेतीको लागि सुरुमा केही परिश्रम परेपनि काम गर्दै गएपछि सहज हुने बताए । संघका वरिष्ठ सल्लाहकार हम्बबहादुर ठटाल, एकिकृत माओवादीका वराहक्षेत्र अध्यक्ष रामबहादुर श्रेष्ठ, लगायतले दलित प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए कार्यक्रम अवधिभा प्रशिक्षार्थीले मुल्यांकन, प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साभार :हाम्रो यातायत

No comments:

Post a Comment