यो अनुसन्धान अन्वेषणात्मक र विशलेषणत्मक ढाँचामा आधारित छ । यो अध्ययनमा म्याग्दी जिल्लाको छुट्टा छुट्टै गा.वि.स.का
कामी, दमाई र सार्कीलाई समावेश गरिएको छ । घरधुरी र्सर्वेक्षण, संरचित
अन्तरवार्ता अनुसुची, लक्षित समूह छलफल, आत्मसम्मान परिक्षण, मूख्य जानकारी
दाताहरू र अवलोकन विधिवाट तथ्यांकहरू संकलन गरिएको छ ।
विगतमा जातिगत पेशा दलितहरूको जिविकोपार्जनको प्रमुख स्रोत भए पनि कुल २११ घर धुरी मध्ये १७ घरधुरी
-८.०६%) ले मात्र आफ्नो जातिगत पेशा गर्दै आएका छन् । पेशा गर्नेहरूमा पनि
व्यावसायको रुपमा अपनाउनेहरू ११.७६% मात्र छन् । पेशा राम्रोसँग चलेको र
नगद ज्यालामा काम गर्नेहरूको भने आर्थिक स्थिति सन्तोषजनक नै छ । दलितहरूको
पेशा बालिघरेमा आश्रति हुँदा उनीहरूको अत्यधिक श्रमशोषण भएको छ र घरेलु
कामदार सरह उच्च जातिहरूको खेतवारी लगायत अन्य शारीरिक श्रमको काममा
अनिवार्य रुपमा
गईदिन पर्ने बाध्यताले गर्दा दलितहरू अन्य आयस्रोत एवं
नया-नया अवसर बाट बन्चित भएका छन् । उपल्लो जातिमाथिको परनिर्भरता नै
दलितहरू हरेक क्षेत्रमा पछाडि पर्नुको प्रमुख कारण हो । दलितहरूको जातिगत
पेशालाई संरक्षित गर्ने हो भने यसलाई आधुनिकीकरण गरी औद्योगिकीकरण गर्दै
लानु पर्दछ र सरकाले नै बजारको व्यवस्था मिलाइदिनु पर्दछ । दलितको पेशालाई
अन्य जातिले अपनाउदा केवल दमाइको लुगा सिउने पेशामा मात्र नकारात्म प्रभाव
पारेको छ । दलितहरूको आत्मसम्मान कमजोर नभए पनि पेशा गर्नेहरूको भन्दा
नगर्नेहरूको आत्मसम्मान उच्च छ । समाजिक विभेद, जीविकोपार्जनको राम्रो
आयस्रोत नहुनु र आन्तरिक एकताको अभाव दलितहरूको प्रमूख समस्या रहेको छ ।
source:-socialinclusion
No comments:
Post a Comment