बलात्कृत दलित बालिकाले रिपोर्ट गर्दा गाउका केही बलात्कारी बाबुहरू पक्राउ


डडेलधुरा/बैतडी, भाद्र ८ - नियमित गस्तीमा निस्कन लागेका प्रहरी निरीक्षक सूर्यबहादुरचन्दसामु अचानक पुगेकी १३ वर्षीय बालिकाले आफू बाबुबाट हरेक दिन बलात्कृत हुने गरेको पीडा पोख्दा उनले पत्याउन सकेनन् । डडेलधुराको दुर्गम गाउँकी अबोध दलित बालिकाले बाबुबाटै बलात्कृत हुने गरेको पीडा सुनाउँदा प्रहरी निरीक्षक चन्दमात्र होइन, जोगबुढा प्रहरी चौकीका सबै प्रहरी गम्भीर भए ।'स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गर्दा उनी बलात्कृत भएको देखियो,' चन्दले भने । छोरीको उजुरीमा पक्राउ परेका ४० वर्षीय बाबुले जिल्ला प्रहरीमा अपराध स्वीकार गरेका छन् । उनीसँगै बिहीबारमात्र १२ वर्षीय छोरी बलात्कार गर्ने सदरमुकाम नजिकै असिग्रामका अर्का बाबु पनि पक्राउ परेका छन् ।
मदिरा सेवन गरी पटक-पटक बलात्कारगर्न खोज्ने बाबुबाट बाँच्न सकिने नदेखेपछि उनले राजमार्गछेउ भात्काँडा प्रहरी चौकीमा आफैं बाबुविरुद्ध उजुरी दिइन् । प्रहरीले उजुरी आएको १० मिनटमै बाबुलाई पक्राउ गर्यो । 'दुवै घटनामा बालिकाले नै उजुरी दिएका छन्,'प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले भने, 'दुवैले अपराध स्विकारेका छन् ।' उनका अनुसारती बाबुलाई गाउँलेले कालोमोसो दलेर बजार घुमाउने तयारी गरिरहेका थिए |

डडेलधुराकै अर्को दुर्गम गाविस रुपालका एक बाबुले पनि महिनौंदेखि छोरीलाई बलात्कार गर्दै आएको खुले पनि पीडितका तर्फबाट प्रहरीमा उजुरी पर्न सकेको छैन । 'हामी आफैं अनुसन्धान गरी पीडक बाबुलाई पक्राउ गर्छौं,' प्रसाईंले भने, 'अनुसन्धान सुरु भइसकेको छ ।' गर्भवती छोरीलाई केही दिनदेखि छिमेकी गाविसको मामाघर पुर्याएको जानकारी प्रहरीलेपाएको छ । यी प्रतिनिधि घटनामात्र हुन् । २ महिनायता आफन्तबाट बलात्कृत हुँदै आएका, प्रहरीको जानकारीमा आउन नसकेका र सकभर घरमै नभए गाउँ समाजमा मिलाएका यस्ता आधा दर्जन अन्य घटना पनि छन् । कसैले उजुरी नदिए पनि जानकारीमा आएसम्म प्रहरीले छानबिन र कारबाही गरिरहेको छ । केही समययता बलात्कारका घटनामा अनौठो किसिमले वृद्धि हुँदै गएको छ ।

डडेलधुरामात्र नभई बैतडीमा बितेका ३ सातायता आफन्तबाट बलात्कृत हुनेको संख्या आधा दर्जन पुगेको छ । ९ वषर्ीया छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा बाबुलाई पक्राउ गरिएको छ । आफन्तले दिएको उजुरीका आधारमा सलेना ३ का बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । गत २८ साउनमा उनले छोरीमाथि यौन दुव्र्यवहार गरेको भन्दै उनका दाजुले प्रहरीमा उजुरी दिएका थिए । दोस्रो दिन बालिकाले छिमेकी घरमा गएर घटनाबारे बताएपछि दुव्र्यवहारको रहस्य सार्वजनिक भएको हो । खाना पकाउन पिठो मिच्दै गरेका बेला उनले छोरीलाई बलात्कार गरेको जाहेरी आएको प्रहरी निरीक्षक अनिल उप्रेतीले बताए । बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ । उनलाई म्याद थप गरेर अनुसन्धान भइरहेको उप्रेतीले बताए । ४ वर्षअघि परिवारसहित भारतमा मजदुरी गर्न गएका उनकी पत्नीले उतै दोस्रो विवाह गरेकी थिइन् । उनका ४ छोराछोरी छन् । जेठी छोरीको बिहे भइसकेको छ । ७ वषर्ीय छोरा र ९ वषर्ीया छोरी मात्रै घरमा छन्|

गत असार अन्तिम साता दुर्गम गाविस शर्माली ७ की एक ७ वषर्ीया बालिका बलात्कारको घटना सार्वजनिक भयो । बलात्कार आरोपमा कक्षा ९ मा अध्ययनरत १९ वषर्ीय युवकलाई पक्राउ गरी जिल्ला प्रहरीले अनुसन्धान अघि बढाएकोछ । बालिकाले बलात्कार भएको कुरा घरमा नभने पनि उपचारका लागि भारतीय अस्पतालमा लगेपछि रहस्य खुलेको थियो ।प्रहरीका अनुसार सुरुमाबालिकाले चोटमात्र लागेको भन्दै कुरालुकाउन खोजे पनि पछि बलात्कार भएको परिवारलाई बताएकी छन् । बैतडीमा पनि परिवारमै मिलोमतोमा टुंगिएका घटना बाहिर आउन नसकेको प्रहरीले जनाएको छ । पछिल्लो समय बैतडीमा बलात्कार र यौन दुव्र्यवहारका घटना बढे पनि अधिकांश मिलेमतोमा टुंगिँदै आएका छन्

No comments:

Post a Comment