दलित भएकैले प्रहरीको ओडारमा बास


बाजुरा, भाद्र ११ - दलित भएकै कारण एक प्रहरी जवान बुढीनन्दा मेला भर्नबाट वञ्चित भएका छन् ।
बजुराको बुढिन्दा मन्दिरमा अपमानित भएका प्रहरी जवान जनक बिक जिल्ला प्रशान कार्यलयमा प्र जि अ धुर्वराज जोशी डिएसपी जनक राज पाण्डे र दर्जनौ दलित अधिकार कर्मि र पत्रकार शमु घटनाको बारेमा जनगरी गराउदै : तस्बिर सौजन्य :बसन्त बिस्वकर्माको फेसबुक बाट
पुजारीको धम्कीले बीचबाटै फर्काइएका उनी एक रात सुनसान ओडारमा रात बिताउन बाध्य भए ।मेला सुरक्षार्थ प्रहरी टोलीमा स्थानीयबासी जनक विकसमेत थिए । प्रहरी सहायक निरीक्षक शेरबहादुर चन्दको नेतृत्वमा उक्त टोली मेलातर्फ ३ दिनअघि कोल्टीबाट हिँड्यो । डेढ दिनको
ठाडो उकालो पार गर्दै चरी दह भन्ने स्थानमा पुग्यो । त्यस ठाउँमा बुढीनन्दा जाने तीर्थालुसहित पुजारी भेला भएका थिए । केहीबेरमै प्रहरी टोलीमा दलित भएको भन्दै विरोध सुरु भयो । उनलाई मेला जानबाट वञ्चित गराइयो । 'पुजारी श्रीलाल बोहराले बोलाएर दलित जाने भए यात्रा अघि बढ्दैन भने,' सहायक निरीक्षक चन्दले भने, 'त्यसपछि जनकलाई नै सोधें, उनले भैगो सर मेरा कारणले अप्ठ्यारो हुने भए जान्न भन्यो ।'

बजुराको बुढिन्दा मन्दिरमा अपमानित भएका प्रहरी जवान जनक बिक जिल्ला प्रशान कार्यलयमा घटनाको बारेमा जनगरी गराउदै : तस्बिर सौजन्य :बसन्त बिस्वकर्माको फेसबुक बाट
'अनि, म अलग्गिएपछि तीर्थालुसँगै गैरदलित सहकर्मी पछि लागे,' जनकले भने, 'सुन्दर पाटनमा उनीहरूको लस्करलाई मैले आँखाले देखुञ्जेल हेरिरहें, ओझेल परेपछि त्यस सुनसान ठाउँमा म एक्लो भएँ ।' मानव बस्तीबाट करिब २ दिन कठिन उकालो पार गरी मन्दिर पुग्न केही घन्टामात्र बाँकी रहँदा उनी रोकाइएका हुन् । 'म केवल एक्लो भएँ, बेस्सरी भक्कानिएर रुन थालें, बस्ने ठाउँ र सहारा कतै थिएन । अलि तल छाप्रेमा रात पर्‍यो । यता-उता हेरें, ओडार देखें । त्यहीँ रात बिताएँ', उनले भने ।

भक्कानिँदै सोमबार प्रमुख जिल्ला अधिकारी धु्रवराज जोशीसहित आफ्नै अधिकृतसामु प्रहरी जवान विकले आफूमाथि जातीय विभेदका कारण भएको घटना सुनाउँदा उपस्थित सबैका आँखा रसाए । पुजारी बोहराले भने आफूले तीर्थालुको मागअनुसार उक्त कुरा असई चन्दलाई भनेको भए पनि कसैलाई जबर्जस्ती नगरेको दाबी गरे । 'घटना सुन्दा साह्रै दुःख लाग्यो,' जोशीले भने, 'अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिन्छु ।'
- Source:ekantipur

No comments:

Post a Comment