बेलबारी गाविस-३ करमडाँडाकी ३५ वर्षीया माया सार्की र सोही ठाउँ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मा लाई मोसो दलेर जुत्ताको माला लगाई कुटपिट गरिएको थियो । पीडित माया विराटनगरस्थित ओरेकको सुरक्षित गृहमा रहेकी छन् । मनोज आफ्नै घरमा रहेका छन् । आरोपितहरूविरुद्ध साउन २९ गते जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी उजुरी दर्ता भएको थियो ।
video साभार : npvideo
बेलबारी घटनाको नालीबेली.....
मोरङको बेलबारीमा साउनको पहिलो साता भएको
दलित महिला र दलित अगुवामाथिको अमानबीय ब्यबहार जति निन्दनीय र दु:खद छ ,
त्यो भन्दा बढी दु:खद कुरा र घटनाको बास्तबिकता प्रस्तुत गर्नु सान्दर्भिक
ठान्छु । जुन घटनाका कारण आज थुप्रै निर्दोष माथि दोष थुपार्दे दोषीहरु
खुलेआम रहेका छन । घटना देख्ने र बुझ्ने देखि घटनाका कारक पक्राउ नपर्नु ,
बरु पिडित झनै पिडित बन्नु अझ दु:खद कुरा बनेको छ ।
दलित महिला र अगुवामाथि भएको
दुर्ब्यवहारको जति निन्दा गरेपनि अपुर्ण रहन्छ , तर घटनाका कारकहरुलाई
उन्मुक्ति दिएर , घटनालाई राजनीतिक रंग दिएर स्थानीय केही दलहरुले गरेको
बेइमानीको जति भर्त्सना गरेपनि त्यो अपुर्ण रहन्छ । बेलबारीमा केही समय
अघिदेखी प्रमुख ठुला दुई दल बिचको आन्तरिक द्धन्दका कारण बेलबारी घटनाले
फरक मोड लियो । घटनाका मुख्य कारक र दोषी अझै निर्दोष बनेर निर्दोषलाई दोषी
बनाउँदै कतिलाई जेलको चिसो छिँडीमा पुर्याएका छन भने कतिलाई बिस्थापित
जिबन बिताउन बाध्य बनाएका छन ।
घटना कसरी भएको थियो ?
साउन ७ गते साँझ बेलबारी ३ की स्थानीय
माया सार्कीले आफुलाई स्थानीय जीबन भेटवालले बलात्कारको प्रयास गरेको भन्दै
स्थानीय महिला सहित दलित युवा मनोजलाई गुहार मागिन । उनीहरुले सिधै इलाका
प्रहरी कार्यलयमा उजुरी हाले अनि जिबनलाई प्रहरीले पक्राउ गर्यो । तर
मायाले भनेजस्तो बलात्कारको प्रयास गर्ने जिबनको हातमा आफुले टोकेको छु
भनेर दिएको उजुरीका आधारमा प्रहरीले जीबनको हातमा दाग नदेखेपछि उनलाई
छोडिदियो । सोही कुराले आफनो बेइज्जत भएको भन्दै भेटवाल परिवार र स्थानीयले
बेलुका पनि भेला बसे र बिहान पुन: भेला बस्ने निर्णय गर्यो ।
सोमबार बिहान भेला बोलाईए पनि माया भेलामा
उपस्थित भईनन् , बरु मनोज र उनका दाई अनिल मात्र भेला भए । उनीहरुलाई माया
उपस्थित गराउन गाँउलेले पटक पटक आग्रह गर्दा अटेर गरेपछि स्थानीयले मनोज र
उनका दाईलाइृ दुर्ब्यवहार गरे । दुर्ब्यवहारपछि मनोज र उनका दाई भागेर
प्रहरीकहाँ पुगे र स्थानीय रिजेश होटलमा काम गर्ने मायालाई उपस्थित गराए
स्थानीयले । केही सोधपुछपछि भेटवाल परिवार र स्थानीयले उनलाई आफनो बेइज्जत
गरेको भन्दै दुर्ब्यवहार सहित कालोमोसो दलियो । यतिका समयसम्म प्रहरी आएको
थिएन । केही समयपछि प्रहरी आएर मायालाई प्रहरी कहाँ पुर्यायो । स्थानीयले
सोही घटना इलाका प्रहरी कहाँ छलफल गरे र आफुले अन्जानमा गल्ति गरेको भन्दै
मायाले माफि मागिन र स्थानीयले आईन्दा यस्तो गल्ति नगर्ने शर्तमा घटना
मिलायो । घटनाको छिटफुट रुपमा समाचार सार्बजनिक भएपछि केही मिडियासँग
समाचार नलेखिदिन पिडितले आग्रह पनि गरे , तर सो समाचार त्यसबेला सम्म
राष्ट्रिय बहसका रुपमा पुगिसेको थियो ।
घटना यसरी मोडियो
दलित अगुवा तथा नेकपा
एमालेका बेलबारी गाउँ कमिटि सदस्य र स्थानीय फाईट साप्ताहिकमा कार्यरत
मनोजलाई दुर्ब्यवबहार भएपछि केही पार्टीले बैठक दिनमा ७ पटकसम्म बसेको र
बैठकले आफना कार्यकर्तामाथि भएको दुर्ब्यवहारमा आफनै कार्यकताहरुको बढी
संलग्नता देखिएपछि कसरी आफना कार्यकर्ता सुरक्षित राख्ने र कसरी अरुलाई सो
घटनाको दोषी देखाउने बिषयमा छलफल पछि एउटा निष्कर्षमा पुग्यो । जहाँ घटनाको
दोषी पत्रकार र अर्को पार्टीका केही ब्यक्तिलाई देखाएपछि आफु बच्ने र आफना
कार्यकर्ता बचाउन सकिने । सोही योजना बमोजिम अर्को पार्टीका कार्यकर्तालाई
बिना प्रमाण साईबर क्राईम र जातिय छुवाछुतको मुद्धा दर्ता गरियो । जुन
पुर्ण रुपमा योजनाबद्ध छ ।
घटना कसरी योजनाबद्ध छ ?
घटना भएको ५ दिनपछि
मात्र मुद्धा दर्ता भएको छ । करिब ३ सय स्थानीयको उपस्थिति भएको घटनामा
नेपाली काग्रेसका बेलबारी गाउँ समितिका क्रियाशिल सदस्य राजु बस्नेत र
प्रेस युनियनका मोरंग उपाध्यक्ष भोजराज बस्नेतलाई घटना गराउन उकसाएको भन्दै
आरोप लगाईनु र उनीहरुलाई जातीय छुवाछुत र साईबर क्राईमको मुद्धा दर्ता
गरिनुले पनि यो कुरा स्पष्ट छ । फेरी घटनाको फोटो र भिडियो हेरेर प्रतिबेदन
सार्बजनिक गरिरहेका प्रतिबेदक र प्रहरीले घटनामा दोषी स्पष्ट चिनिएपनि
उनीहरुलाई छुट दिएर किन अर्को पार्टीका कार्यकर्ताहरुलाई मात्र दोष
थोपरिरहेको छ । यदि बिना प्रमाण आरोप लागाउने र फसाउने मात्र हो भने त
फसाउने पार्टीका १५ बढी कार्यकर्ताको घटनामा संलग्नता छ । आरोप लगाउनु ठुलो
कुरा होइन प्रमाणित गर्नु ठुलो कुरा हो । यदि आरोपकै भरमा प्रमाणित गरेर
निर्दोषलाई दोषी र दोषीलाई निर्दोष पारिने काम भयो भने त्यो भन्दा
दुर्भाग्य अरु केही हुने छैन । घटनापछि बिभिन्न आयोग बने आयोगले प्रतिबेदन
पनि बुझाए तर सो प्रतिबेदनले दोषी देखाएका ब्यक्तिको पनि कुरा सुनिनुपर्छ ।
आफु र आफना मान्छे बचाउन उनीहरुले दिएको अभिब्यक्तिमा कुनै तुक छैन ।
घटना कसरी मोडियो ?
बिहानको खाना पछि म रेडियो बेतनाको अफिसमा
पुगेको थिए । सोही बेला एक स्थानीय बासीको फोन आयो मेरो मोबाईलमा , मैले
रिसिभ गरेँ । उनले घटनाको बारेमा जानकारी गराएपछि म बेलबारी ३ स्थित
अन्नपुर्ण एकेडेमीमा पुगेँ । त्याहाँ आक्रोशित ठुलो जमात थियो । उनीहरुले
पत्रकारलाई नै तथानाम गाली गरिहेका थिए । घटनाका बारेमा बुझ्न नपाउँदै
मनोजलाई दुर्ब्यवहार भयो । मैले दुर्ब्यवहारको प्रतिकार गर्न नसके पनि
पत्रकारिताको धर्म अनुसार घटना सबैलाइृ जानकारी गराउनुपर्छ भनेर तस्बिर लिन
खोजेँ । तर सम्भब नभएपछि अर्का एकजनाबाट मनोजको तस्बिर लिएँ । उनीहरु
पत्रकारलाई तथानाम गालि गरिरहेका थिए । म चुपचाप थिएँ छेउमा । केही समयपछि
मनोज त्याहाँबाट कता गए थाहा भएन । त्यहाँ केही बोल्ने अबस्था पनि थिएन ।
केही समय पछि मायालाई त्यहाँ ल्याईयो सोधपुछका लागी , सोधपुछ नै नसकी
आक्रोशित महिलाहरुले उनलाई कुटपिट गरे र जुत्ताको माला लगाईदिए । म सँग
क्यामेरा पनि थिएन । मैले आफुसँग भएको मोबाईलमै भएपनि सो दृश्य कैद गरेँ ।
त्यसबेला सम्म प्रहरीको उपस्थिति थिएन । त्यसपछि महिलाहरुले मायालाई कुटपिट
गरिरहेका थिए । सम्झाउन जो जान्थ्यो उही नै घानमा पर्दथ्यो । केही समयपछि
प्रहरी आयो र उनीहरु सबैलाई प्रहरीले लग्यो ।
म पत्रकार भएको नाताले मैले यो घटना छिटो
भन्दा छिटो सार्बजनिक गर्नु उचित ठाँने । त्यसपछि मैले केही अनलाईन पत्रिका
र सामाजिक सञ्जालहरुमा अपलोड गरेँ । धेरै मिडियाहरुले म सँग फोटो भिडियो र
समाचार माग्न थाल्नुभयो मैले सबैलाई दिएँ । यो मेरो कर्तब्य पनि थियो ।
मंगलबार बेलबारीका केही पत्रकार साथीहरु र आसपासका केही साथीहरुको
उक्साहटमा मनोजले आफनो मानमर्दन भएको महशुस गरी मेरो बिरुद्ध इलाका प्रहरी
कार्यलय बेलबारीमा उजुरी दिए । त्यसपछि केही पत्रकार साथीहरु मलाई साईबर
क्राइृमको मुद्धा दर्ता गर्नुपर्छ भन्दै हात धोएर लागे । अन्तत ५ दिनपछि
ममाथि मुद्धा लगाएरै छोडियो । जातिय छुवाछुतबिरुद्धको हाल म बेलबारीबाट
बिस्थापित जीबन बिताउन बाध्य छु । मेरो दोष भनेको घटना सार्बजनिक गर्नु हो ।
के मैले घटना सार्बजनिक गरेर के गल्ति गरेँ ।
किन पत्रकार दोषी देखिए ?
बि.स २०६३ /०६४ सालमा
बेलबारीमा किटान साप्ताहिक प्रकाशन हुने भयो । त्यसपछि मलाई पनि प्रमुख
संबाददाताको जिम्मा दिने भएपछि म अर्को मिडिया छोडेर त्यतै आएँ । एउटा
पार्टीको मुखपत्रका रुपमा पत्रिकालाई ब्याख्या गर्न थालिएपछि म त्यो
पत्रिका छाडन बाध्य भएँ । सोही पत्रिकाका कार्यकारी सम्पादक अम्बिका
भण्डारी र सम्पादन सहयोगी भोजराज बस्नेत सहितको टोलीले २०६४ सालमा संयन्त्र
साप्ताहिक दर्ता गरेपछि म सो पत्रिकाको कार्यकारी सम्पादक भण्डारी सम्पादक
र भोजराज समाचार सम्पादक भएर पत्रिका प्रकाशन थालियो , जुन पत्रिका अहिले
आठौ बर्षसम्म निरन्तर प्रकाशन भईरहेको छ । म बिगत ६ बर्षदेखी सो पत्रिकाको
सम्पादकका रुपमा रहेको छु । सो टिमले २ बर्षअघि संयन्त्र सञ्चार सहकारी
दर्ता गरेर रेडियो बेतना एफएम १ बर्ष अघिदेखी सञ्चालन गरिरहेको छ । तर
किटान ६ महिना नटिक्दै बन्द भएपछि सो टिम हामी सँग आक्रोशित थियो । सो टिम
जसरी भएपनि हामीलाई असफल पार्न चहान्थ्यो । यो घटनामा पनि सो टिमले मलजल
गरी घटनालाई अतिरञ्जित गरिरहेको छ । केही महिनादेखी किटानको टिम नै केही
पार्टीको सहयोगमा फाईट साप्ताहिक सञ्चालन गरिरहेको छ । सोही टिमका
ब्यत्तिहरुको भनाईमा केही मिडिया र ति मिडियाका रिपोर्टरहरु घटनालाई
बंगाईरहेका छन । उनीहरु किन हामसिँग केही बुझ्दैनन । उनीहरु समाचारको
अन्त्यमा लेख्छन “सो बिषयमा सम्पर्क गर्न खोज्दा उनीहरुसँग सम्पर्क हुन
सकेन ।” के यही हो पत्रकारिताको धर्म ? यो पंक्तिमा पुर्बको दुई दैनिक
पत्रिका र आफुलाई अन्तराष्ट्रिय भन्न रुचाउने एक मिडिया अगाडी रहेका छन ।
राजनीतिक प्रतिशोध?
बर्षौ देखी बेलबारीमा एकछत्र राज गर्दै
एउटा दल पछिल्लो समय खण्डहर बन्दै गएको छ । उसका संरचनाहरु भत्कदै गएका छन ।
आफनै पार्टीभित्रको आन्तरिक बिवादका कारण गुट, उपगुट बन्दै नाममा मात्र
सिमित बनेको सो दल यो घटनालाई अतिरञ्जित गरेर अर्को दललाई दोष लगाएर आफु
उम्कन प्रयास गरिहेको छ । सोही कारण पनि यो घटनाले अर्को मोड लिएको छ ।
आखिर जसले जे भनेपनि सो दुखद घटनाका दोषीको पहिचान गर्नु राज्यको पनि
जिम्मेवारी हो । निर्दोषलाई दोषी बनाउने यो कार्यको अन्त्य हुनुपर्छ ।
यसबारेमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।
source:नरेन्द्र बस्नेत , बेलबारी-/hamroletang
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment