दलित समुदायले धरान नगरलाई छुवाछुत मुक्त घोषणा गर्नका लागि अभियान शुरु गरे

धरान । राष्ट्रिय रुपमा देशलाई पटक पटक गरि ६ पटक छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकेको भएता पनि कार्यन्यवन फितलो भएकाले जातिय छुवाछुत कायमै रहेको छ । राष्ट्रले मात्र घोषणा गरेर मात्र राष्ट्र छुवाछुत मुक्त नहुने भन्दै धरान नगर भित्र रहेका दलित समुदायले धरान नगरलाई छुवाछुत मुतm घोषणा गर्नका  लागि अभियान शुरु गरेकोे छ । अभियान अन्र्तगतको एक अन्तरक्रिया कार्यक्रममा धरानलाई छुवाछुत मुतm नगर घोषणाका लागि सरोकारवाला निकाय , धार्मिक संघ सस्था , जातिय संघसंस्था, राजनीतिक दलका प्रतिनिधीहरुले ऐक्यबद्धता जनाएका छन् ।
कार्यक्रममा सहभागी व्राम्हण समाजका उद्धव अधिकारीले भने धरानमा छुवाछुतको व्यवहार नगर्ने र गर्नेलाई दण्डीत गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने ः –यसमा सवैले सहयोग गर्न जरुरी छ । त्यसैगरि दसनामी समाजका प्रतिनिधी डिल्लीराम
गिरीले पनि धरान नगरलाई छुवाछुत मुतm वनाउन समाजका तर्फवाट पुर्ण सहयोग गर्ने जनाएका छन् । जनजाती महासंघ लगायतका जातीगत संघ सस्थाका प्रतिनिधीहरुले नगरलाई समतामुलक  वनाएर अघि वढाउने राम्रो अभियानमा सगै हातेमाले गरेर अघि वढ्ने प्रतिवद्धता व्यतm गरेका छन् । धरान नगरका कार्यकारी अधिकृत भोजराज खतिवडाको अध्यक्षता भएको सो कार्यक्रममा राजनीतिक दलको तर्फवाट एमाओवादी धरान नगरका इन्चार्ज चोत्लुग , नेपाली कांग्रेस धरानका सभापति किसोर राई लगायतले पनि नगरलाई छुवाछुतm मुतm वनाउने अभियानमा पार्टी र व्यतिmगत रुपमा पुर्ण रुपमा सहयोग गर्ने जनाए ।
  रीडीएफ नेपालका अध्यक्ष उमेश विकले दलित आन्दोलनको विगत , वर्तमान र भविष्यका वारेमा कार्यपत्र प्रस्तुत गरका थिए । कार्यपत्र माथि छलफल गर्दा सहभागी दलितहरुले भने दलितहरुले भोग्दै आएको छुवाछुत अन्त्यका लागि बनेको ऐन कानुनहरु कार्यन्वयन नहुदा धरानमा पनि अभियानले सार्थकता पाउने कुरामा आशंका व्यतm गरे । दलित नेता पदम सुन्दासले दलित आन्दोलनको सफलताको लागि मुहानै सफाई गरि ऐन कानुन व्यवहारिक रुपले कार्यन्वयन हुनुपर्नेमा जोेड दिएका थिए । कार्यक्रममा दलित अधिकारकर्मी , राजनितिक पार्टीमा आवद्ध भातृ संगठनको प्रतिनिधीको सहभागितामा सम्पन्न भएको थियो । धरान नगरलाई आगामी असार महिनाभित्र छुवाछुतमुतm नगर घोषणा गर्नका लागि विभिन्न कार्यक्रमहरु सन्चालन भैरहेको छन् ।
साभार :हाम्रो यातायत 

No comments:

Post a Comment