दलितमाथि गैरदलितबाट पटक-पटक कुटपिट, धारोमा छुवाछूत

visit :- gopalsiwa.blogspot.com
ललितपुर, भाद्र १३ -
राजधानी छेउकै लामाटार डाँडाथोकमा अझै छुवाछूत व्याप्त छ । दलका दलित नेताले वडादेखि केन्द्रसम्म यो हटाउने कुरा गर्छन् । तर पनि अन्त्य गर्न सकेका छैनन् । ग्वार्कोबाट ७ किलोमिटर टाढा रहेका यहाँका दलितमाथि गैरदलितबाट पटक-पटक कुटपिट, धारोमा छुवाछूत जस्ता क्रियाकलाप भए पनि दलका नेता चुपचाप छन् ।



शिक्षितबाटै छुवाछूत हुने गरेको छ । धारो, कुवा, किराना पसल र चिया पसलमा समेत छुवाछूत गरिने परियारले बताए । कांग्रेस कार्यकर्ता बालकृष्ण परियार पनि आफ्नो मागको कतै सुनुवाइ नभएकोमा चिन्ता व्यक्त गरे । उनले भने, 'पशुलाई जस्तै व्यवहार गरिन्छ ।' दलका नेताले पनि छुवाछूतको घटनालाई खासै चासो
नदिएको परियारले बताए । 'यस्तो व्यवहारले समाज परिवर्तन ?' उनले भने । टेबल छोएकै निहुँमा धम्काउँछन्, उनले भने, 'यस्तो अवस्थामा पनि आफू मुकदर्शक हुनुपरेको छ ।'केही दिनअघि रामकला सिलवालको किराना पसलको टेबुल छोएको निहुँुमा उनका श्रीमान् नकुलले दिनेश परियारलाई 'दलित भएर दलितकै ठाउँमा बस्' भन्दै धम्की दिए । 'मेरो पसलमा किन छिरेको भन्दै दुव्र्यवहार गरे,' उनले भने, 'मैले टेबलमात्रै छोएको थिएँ ।'

घरमा आमा, बहिनी र श्रीमतीलाई समेत थर्काएर गएको उनले बताए । दिनेशकी श्रीमती अमितालाई समेत बोलाएर बूढालाई राम्रोसँग सम्झाउनु, नत्र राम्रो हुने छैन भन्दै चेतावनी दिएको अमिताले बताइन् । डाँडाथोककै विष्णुमाया परियारले पसलमा विभेद हुने गरेको बताइन् । 'पसलमा सामान किनमेल गर्दा अलग्गै माथिबाट हालिदिन्छन्, उनले भनिन्, 'आलुसमेत छान्न पाइँदैन ।'

त्यही गाउँकी पूर्णकुमारी परियारले धेरैपटक यस्तो पीडा भोग्नुपरेको छ । एउटै सामुदायिक धारोमा समेत विभेद हुने गरेको छ । दमिनी आई भनेर पानी चाँडै भर्न नपाउने उनले गुनासो गरिन् । 'अरू नगएसम्म आफ्नो पालो आए पनि भर्न पाइँदैन,' उनले भनिन् । हिंडेको बाटोसमेत सूनपानी हालेर चोख्याउने गर्छन् । स्थानीयवासी श्याम परियारले पनि पटक-पटक पसल, धारो र कुवा छोएको निहुँुमा गैरदलितबाट हप्कीदप्की खेप्नुपरेको गुनासो गरे । गाउँमा १८ घर दलित परिवार बस्छन् ।

एमालेका वडा कार्यकर्ता सानुभाइ परियारले गाउँदेखि केन्द्रसम्म यसबारे कुरा पुर्‍याए पनि छुवाछूत हटाउन नसकेको बताए । उनले भने, 'पहल गरें । कसैले सुनेनन् त मैले के गरूँ ?'
source:ekantipur

No comments:

Post a Comment