देशको संविधान र कानूनहरुमा दलितले आफनो भाग खोज्नुपर्दछ -मनवीर नेपाली

देशको सम्रग विकासका लागि सम्पूर्ण जनताको समानुपातिक विकास हुनुपर्दछ । त्यसका लागि सबै जनताले समानरुपमा शिक्षा हासिल गरेको हुनुपर्दछ र स“गस“गै आर्थिक विकास पनि हुनुपर्दछ । यसो भएको खण्डमा देशको मानव विकास सूचकाङ्क माथि उठ्छ, बेरोजगारी घट्छ र समग्र विकास छिटो हुन्छ र देश समृद्धितर्फ लम्कन्छ । यो ध्रुवसत्य कुरा हो तर नेपालको कन्टेक्स फरक छ । देशको कुल जनसंख्याको एक तिहाई हिस्सा ओगटेका दलितहरु शैक्षिक र आर्थिक दुबै पक्षबाट पछाडि पारिएको अवस्था छ । दलितहरु न त पर्याप्तरुपमा शिक्षित छन् न उनीहरुस“ग पुग्दोरुपमा आर्थिक नै छ । मानिसलाई अगाडि धकेल्ने र प्रगतिपथमा लम्काउने तत्व भनेकै वास्तवमा ज्ञान र धन हुन् । शिक्षाले मानिसलाई ज्ञानी बनाउन मदत गर्दछ भने धनले मानिसको गतिको स्पिड बढाउन मदत गर्दछ । तर यी दुबैबिनाका आजका दलितले गैरदलितस“ग कुनै पनि कोणबाट प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दैनन् ।
चाहे ती तराईका मधेसी दलित होउन् चाहे पहाडका या हिमालका दलितहरु होउन् किनभने यी दलितहरुमा न आधारभूत शिक्षा छ न त पर्याप्त धन छ । यसमानेमा यो वर्ग समाजको एटिल वर्गमा पर्दैन । एटिल वर्गमा पर्छन् त तिनै गैरदलितहरु । यसमानेमा दलितहरुको पहु“चको पक्ष न्यून नै देखिन्छ ।
पह“ुच बढ्नको लागि समुदायमा राजनीतिक नेतृत्व पनि आवश्यक पदर्छ । जब शैक्षिक र आर्थिकरुपमै कल्पनाभन्दा टाढाको कुरा हो । जब राजनीतिक पहु“च ह“ुदैन उसको लागि दया र भिखभन्दा अर्को कुराको आश गर्नुह“ुदैन । यस्तो अवस्थाबाट गुज्रिएको दलितहरुको अवस्थाको विश्लेषण गर्दा जति चुनावहरु आए पनि एउटा भोटर मात्र हुन् । भोट दिएर एउटा नेतालाई जिताउने तर आफू यथास्थितिमा बस्ने वर्ग भनेका दलितहरु नै हुन् ।यस्तो प्रसंग पढ्दा एकाध दलितहरुलाई केही नमिठो लाग्न सक्ला तर अवस्था यस्तै नै हो । एकाध दलितहरु आर्थिक, शैक्षिक र राजनीतिकरुपमा अगाडि होलान् तर हामीले सम्रगरुपमा हेर्नुपर्दछ किनभने आम दलितहरुको अवस्था दयनीय छ ।
देशमा चुनावी माहोल बन्दैछ । चुनावको मिति मात्र तोक्न बा“की छ । तर दलितहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझंै भएको छ । राजनीति समाज र मानव विकासको चुरो हो तर दलित वर्गको लागि चुनावमा पहु“च पुग्दैन । यिनीहरुको बस्ती न एक ठाउ“मा छ न यिनीहरुमा युनिटी छ । यसमानेमा दलितहरुका लागि यो कुनै उत्साहजनक विषय बन्न सकेको छैन । तर, अबको समय दलितहरु पनि निराश हुनुह“ुदैन र एकजुट भएर लाग्नुपर्ने अवस्था आएको छ । आम दलितहरुको जनसंख्याको आधारमा सरकारमा प्रतिनिधित्व हुनुपर्दछ । अन्य उदाहरण हेरौं, महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित छ । थारु र मधेशीको आफ्नै पकड एरियाहरु छन् । अन्यको त के कुरा । यस सन्दर्भमा दलितहरुले पनि देशमा आप्mनो भाग खोज्नुपर्दछ ।
सबै भन्दा उपेक्षित वर्गका रुपमा रहेका दलितहरुको पहु“च कुनै पनि स्थानमा आत्मसम्मानका रुपमा छैन । दलितहरु न सरकारी सेवामा उच्च ओहोदामा छन न त राजनीतिक क्षेत्रमा माथिल्लो तहमा । यस्तो अवस्था रहनुमा थुप्रै कारणहरु छन् । त्यसमध्ये पहिलो कारण त सदियौंदेखि थिचोमिचोमा परेर उनीहरु समाजको निम्नवर्गमा परे तब उनीहरुस“ग सम्पत्ति पर्याप्त हुन सकेन । सम्पत्ति नभएपछि उनीहरु गरीवीको रेखामुनि परे, फलस्वरुप गरीब मान्छेले केही गर्न सक्दैन । उसले आवश्यक पर्ने शिक्षा पनि आर्जन गर्न सक्दैन र समाजमा योगदान पनि गर्न सक्दैन ।
वर्तमान समयमा दलित भन्नाले दबिएका, थिचिएका, पीडित, छुवाछुतको व्यवहारमा परेका वा हिन्दु धर्मअनुसार शूद्र भनी किटान भएका वर्गलाई जनाउ“छ । खासगरी हाल आएर पहाडी, मधेसी र नेवारी दलित भनेर वर्गबिन्यास गरेको पाइन्छ । दलितहरु जुन समुदायमा बसोबास गरे त्यहीको भाषा बोल्ने गरेको पाइन्छ । खासगरी पहाडमा बसोबास गर्ने दलितले खश भाषा, तराईमा बसोवबास गर्ने दलितले तराईको भाषा र नेवारी दलितले नेवारी भाषा बोल्ने गरेको पाइन्छ । दलितको चेतनास्तर पनि अत्यन्त तल्लोस्तरमा रहेको हुनाले ठीक र बेठीक छुट्याउन सक्ने स्तरका छैनन् । आजको यस युगमा पनि ठीक र बेठीक छुट्याउन नसक्ने यी दलितको विकास कहिले सम्भव होला ?
यसपाला दशैंमा म आफन्तको घरमा भेटघाटको लागि यात्रा गरें । जहा“ जान्छु गरीवी छ, अभाव छ र जहा“तहीं जा“ड रक्सीको दुरुपयोग भएको छ, झैझगडा अनि भा“डभैलो मात्र देखें । गरीवी एकातर्फ छ भने अशिक्षा अर्कोतर्फ छ“दैछ । कोही सानै उमेरमा विधवा हुनपुगेका छन् त कोही सानै उमेरमा बहुविवाह गरेका छन् । विवाह गर्ने उमेर कुन हो ? कसरी विवाह गर्ने ? किन विवाह गर्ने ? कति पढेर विवाह गर्ने ? आदि– आदिबार अनभिज्ञ यो समाज अचम्म लाग्दो र कहाली लाग्दो छ । अभिभावकले जा“ड रक्सी खाएको भरमा १२ वर्षकी कलिली छोरीको १३ वा १४ वर्षको केटास“ग विवाह गरिदिन्छन् । खोई यहा“ नेपालको कानून ? खोई यहा“ बालअधिकार ? खोई यहा“ शिक्षाको अधिकार ? शिक्षा भनेको मानवको तेस्रो आ“खा हो जसले ठीक र बेठीक छुट्याउन सक्छ । दलितको नजरमा शिक्षा जस्तो भए पनि हुन्छ । त्यस्तै प्रकारले हाम्रा विद्यालय पनि उस्तै छन् । वर्षमा मुस्किलले दुई महिना जति पढाइ हुने हाम्रा विद्यालयमा दलितका बालबालिका मुस्किलले एक महिना मात्र विभिन्न राहत तथा छात्रवृत्तिका लागि हाजिर हुने गर्दछन् । शिक्षा भनेको मानवको तेस्रो आ“खा हो, मैले जे जस्तो दुःख गरेर पनि पढ्नुपर्छ भन्ने भावनाको विकास बालबालिकामा छैन भने मैले बालबालिकाहरुलाई पढाउनुपर्छ भन्ने भावना अभिभावकमा पनि छैन ।
दलित वर्गको राजनीतिक नेतृत्व बढाउनका लागि अबको लोकतन्त्रमा अवसर छ । समानुपातिक राजनीतिक नाराले दलितहरुलाई पनि समेट्ने हुनाले यस अवसरलाई दलितहरुले पनि छोड्नुह“ुदैन । जुनसुकै पार्टीमा राखे पनि त्यस पार्टीमा आफ्नो स्थान खोज्नुपर्दछ । आप्mनो वर्गको उत्थानका लागि दलिर्तहरु आफै जुटनुपर्दछ ।
दलित वर्गले आप्mनो स्थान सुनिश्चित गर्न एकआपसमा एकजुट हुने, आफूले आस्था राख्ने पार्टीमा योगदान गर्नुपर्दछ । निरन्तरता पनि हुनुपर्दछ । आज एउटा पार्टी, भोलि अर्को पार्टी गर्नुह“ुदैन । दलितहरुले समाजको हरेक एस्पेक्टमा आफ्नो नेतृत्व कायम राख्न अबका दिनहरुमा योगदान गर्न सिक्नुपर्दछ । देशको संविधान र कानूनहरुमा आप्mनो भाग खोज्नुपर्दछ र मात्र दलितको अवस्थामा क्रमश सुधार आउनसक्छ ।
साभार : -nayayougbodh

No comments:

Post a Comment