अन्तरजातिय प्रेम विवाह गर्ने दलित परिवार विस्थापित

अन्तरजातिय प्रेम विवाह गर्ने दलित परिवार विस्थापित डडेलधुरा, भदौ ४ -- डडेलधुरा जोगबुडामा अन्तरजातिय प्रेम विवाह गर्ने तीन दलित परिवार विस्थापित भएका छन् । जोगवुडामा तीन दलित परिवार धम्कीपछि विस्थापित भएका हुन । देवराम विकका १९ वर्षीय छोरा भिम विकले स्थानीय फ्याटु खातीकी छोरी १९ वर्षीया विपना खातीसँग ०६९ साउन १९ गते डडेल्धुरामा एसएलसी पूरक परिक्षा दिएर फर्कने क्रममा विवाह गर्नुभएको थियो ।विवाह पश्चात खातीका परिवारवाट मार्ने धम्की आएपछि विस्थापित हुनु परेको भिमकी आमा पार्वती विकले वताउनुभयो ।
 धम्कीपछि देवराम विक, राध विक र प्रजावती विक परिवार विस्थापित भएका हुन । गाउमा वस्ने वातावरण नभएपछि भिम, विपना र देवराम पुर्ख्यौली घर वैतडी सित्तड ७ मजगाउँ पुगेका छन ।देवरामकी पत्नि पार्वती सहित चार छोरीहरु जोगवुडा गाविस ८ कुर्मुल्लेमा रहेको छोरीको घरमा वस्दै आउनु भएको छ । ज्यान मार्ने धम्कीसंगै गाँउ छोड्न भनेपछि ज्यान सुरक्षाका लागी छोरीको घरमा पुगेको पार्वती विकले बताउनुभयो ।

No comments:

Post a Comment