दलित विकाशको बजेट खर्च नगरिकनै पारित गर्न खोजिएको दलित समुदायको आरोप

दिनेश गजमेर, धरान । आर्थिक वर्ष सकिनै लाग्दा पनि दलित समुदायका विकाशका कार्यक्रमहरु सम्पन्न हुन नसक्दा आ.व. ६९ ÷ ७० को बजेट फ्रिज हुने सम्भावना बढेको छ । आर्थिक वर्ष सकिन अब ७ दिन मात्र बाकि रहेको छ । आज दलित उत्थान समन्वय समिती धरानले आयोजना गरेको सार्वजनिक परिक्षण कार्यक्रममा विनियोजित बजेट अनुसारका धेरै कार्यक्रमहरु गर्न बाकि रहेको थाहा भएको छ । सम्पन्न हुन बाकि रहेका कार्यक्रमहरु १ हप्ता भित्र सम्पन्न गर्न सहभागिहरुले सुझाव दिएका छन् । तोकिएको समयमा कार्यक्रम सम्पन्न नभए बजेट खारेज हुन सक्ने धरान नगर
पालिकाले जनाएको छ । कार्यक्रम सम्पन्न नभए खर्च फछर्यौट गर्न नमिल्ने पालिकाका सामाजिक अधिकृत सुनिल नेपालले बताउनु भएको छ । समितीले धरान नगर पालिकामा रहेका दलित समुदायको विकाशका लागि ३ लाख २० हजार बजेट विनियोजन गरको थियो । कार्यक्रम सम्पन्न नहुदै खर्च पारित गर्न खोजिएकोमा सहभागिहरुले गुनासो गरेका थिए ।

समितिले पालिकालाई पेश गरेको कार्यक्रमहरुमा जनचेतना मुलक होडिङबोर्ड , फलेक्स निर्माण गर्न बाकि रहेको छ । विकाशका प्रमुख कार्यक्रमहरु छुवाछुत अनुगमन समिती निर्माण, दलित विकाश सम्बन्धी पञ्च वर्षीय रणनितिक योजना, संस्थागत विकाशका कार्यक्रमहरुको ठुलो बजेट खर्च नगरिकनै पारित गर्न खोजिएको दलित समुदायको आरोप छ । समितीले ९ वटा छुट्टा छुट्टै कार्यक्रमहरुमा प्रमुख ५ वटा कार्यक्रम अन्तर्गतको करिब १ लाख ५० हजारको काम सम्पन्न गर्न बाकि रहेको छ । समितीकै कारण समयमा कार्यक्रमहरु सम्पन्न हुन नसकेको सामाजिक अधिकृत नेपालको भनाई छ । राजनितिक खिचातानीका कारण कार्यक्रम तोकिएको समयमा सम्पन्न हुन नसकेको समितीका सदस्य गणेश परियारले बताउनुभएको छ । सम्पन्न भएका कार्यक्रमहरु पनि समुदाय सम्म पुग्न नसकेको सहभागि शिशिर रामदामले आरोप लगाउनु भएको छ । रामदामले बजेट सिध्याउनकै लागि मात्र कार्यक्रम छिटो गर्न खोजिएको हो कि भन्ने लागेको बताउनु भयो । सिप विकाश कार्यक्रम अन्र्तगत दिएको ढाका टोपि तालिम, ब्यानर लेखाई र मैनबत्ति तालिम पनि प्रभावकारी ढंगले संचालन हुन नसकेको तालिममा सहभागिहरुको गुनासो रहेको थियो । खाजा खर्चमा धेरै खर्च गरेको र तालिमका लागि आवश्यक सामग्रीको अभाव रहेको उनीहरुको गुनासो रहेको थियो ।
 
आजको कार्यक्रममा यस वर्ष सामुदायिक विद्यालयबाट प्रवेशिका परिक्षा उत्तिर्ण गर्ने १३ जना दलित छात्र छात्रालाई जनही २५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसै गरि समितीले मैनबत्ति तालिम ५ जनालाई, ब्यानर लेखन तालिम ७ जनालाई र ढाकाटोपि तालिम ८ जनालाई दिएको थियो । समितीले परम्परागत पेशा पञ्चे बाजाको संरक्षणका लागि बाजा बजाउनेहरुको संस्थालाई दौरा सुरुवाल र गुन्यु चोली वितरण गरेको छ । कार्यक्रममा बोल्दै मुक्ति समाज धरान नगर ईन्चार्ज शेर बहादुर परियारले लक्षित वर्गमा कार्यक्रम पुग्न नसकेकाले नगर पालिकाले अनुगमन गर्नु पर्ने सुझाव दिनुभएको छ । कार्यक्रममा पालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडा, नेकपा एमाले धरान नगर उपाध्यक्ष नारायण सुवेदी, एनेकपा माओवादीका चोत्लुङ, नेकपा माओवादीका प्रतिनिधी प्रेम लकान्द्री लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साभार :हाम्रो यातायत
 

No comments:

Post a Comment