हरेक प्रेम जोडीले यसरी नै प्यारका दुश्मनहरुलाई परास्त गर्नु सकुन

गुल्मी /’बरु भोकै बसौला, साग सिस्नो जे पाईला खाउँला, दलित, तल्लो जाती भनेको केहो मलाई थाह छैन, थाह छ त मलाई मेरो प्यार विष्णु, जति चोटी मलाई लापत्त पारुँन , म बाँचे सम्म उनैसित आउने छु ।’ती थिईन गुल्मी अमरमुरकी दुर्गा पोख्रेल । जसले अमरमुर ८ निवासी १८ वर्षिय विष्णु नेपालीसंग प्रेम विवाह गरेकी थिईन ।
पछि विभिन्न षडयन्त्र गरेर घर बोलाए परिवारले । अनि विष्णुलाई वाल विवाहको मुद्दामा जेल जाने की केटी छोड्ने बनाए । विष्णु केहि समयलाई हुन्छ भन्न बाध्य भए । पछि दुर्गालाई बुटवलतिर लगियो र नजर बन्दमा राखिएको मान्छेलाई जस्तो बनाएर राखियो । बाहिर निस्कन नदिने, विवहा गर्ने स्वजातिय केटा ल्याउने अनेक गरियो तर उनका सामु सुनको मुर्ति नै ल्याए पनि उनै विष्णु हिरा मोती सवथोक बने उनको दिलमा ।
ज्यानको डरले भागेर भारततिर हिडेका विष्णुसंग फोन सम्पर्क गरिन् । विष्णु घर आए । दुर्गा सिधै विष्णुको घर भित्रिन पुगिन । दुर्गा र विष्णुको प्रेम कथाका खल पात्र थिए उनका काका भिमप्रसाद पोखरेल । जो एक शिक्षक समेता थिए । गत जेठको कुरा थियो उनै शिक्षक भिमप्रसादले दोश्रो पटक फेरी खोसेर विष्णुको घरबाट लछादै, पिट्दै घर ल्याएर झण्डै छ घण्टा सम्म कोठामा ल्याएर थुने, कुट पिट गरे । ‘बरु विष खाएर मर वा झुण्डिएर मर्छिस भने डोरी दिन्छु तर त्यो तल्लो जातसंग जानै दिन्न’काका भिमप्रसादले भन्ने गरेको दुर्गाले बताउँदै भनेकी थिईन , हामीलाई छुट्न नदिनु होला है दादा… ती अश्रुधारा दुर्गाको सम्झिन्छु म ।
तल्ला जात संग विवाह भा’छैन भन्ने पारेर चोख्याउँदै अलि टाढाको स्वजातिय केटासंग विवाह गराउने प्रपञ्जलाई उनले राम्ररी बुझेकी थिईन । त्यसैले उनि भागेर तम्घास आईन र विष्णुसंग प्रेम विवाह गरेको र कसैले छुटाएर नछुटिने उद्घोष गरिन , तर दुर्भाग्य प्रहरीले स्थानिय एक राजनैतिक दलका मान्छेहरुको कुरा सुनेर विष्णुलाई त्रसाउँदै घर जा भन्यो । दुर्गालाई कानुन विपरित ३ दिन भन्दा बढि थुनेर विष्णुप्रति परिवारले उत्पन्न गराएको भन्दा बढि घृणा फैलाउने भुमिका खेल्यो ।तेश्रो दिन म (प्रेम सुनार) पुगेर किन यसरी थुन्नु भा’छ ?’ भनेर सोद्धा पहरी निरीक्षक जितेन्द्र बस्नेत भन्दै थिए ‘थुनेको होईन परिवार नआएर संरक्षणमा राखेको हो ।’
त्यस भेगमा घर हुने एक जना एमाले कार्यकर्ता पोखरेल परिवारको पक्ष लिएर अगुवाई गरिरहेका थिए । जसले ओझेलका खवरममा त्यो कुरा सुनाई दियो भनेर मेरो (प्रेम सुनार) चर्को विरोध गरियो । नभन्दै परिवार बोलाईयो र तेश्रो पटक पनि विष्णुबाट छुटाईयो । उनि डाको छाड्दै जिल्ला प्रहरी कार्यालयको गेटबाट बाहिरिदै गर्दा विष्णु र दुर्गाले जिल्ला विकास समितिको गेटबाट अब कसैले छुटाउन सक्दैनन् भन्दै खिचेको फोटो याद आयो मलाई । विष्णु तम्घास मै कुरेर बसेका थिए । नजिक पर्न सक्ने अवस्था थिएन् । वागमारे सम्म लुकी लुकी दुर्गालाई नियाल्दै हिडे तर दुर्गाको एक नजर विष्णु तर्फ पर्न दिएनन् परिवारले । त्यसपछि रुदै उनलाई विर्सने प्रयास गरेका विष्णु घर गए ।
दुर्गालाई तेश्रो पटक पनि परिवारले बुटवलतिर लगेर उनको मन वदल्न गर्न सम्मको प्रयास ग-यो । फेरी एकसेएक केटा देखाउन थाल्यो ।तर कसैको केहि लागेन । अन्ततः माटै मुनी लुकाए झै लुकाईएकी दुर्गा चौथो पटक पनि भागेर विष्णु कै भएकी छन् । उनिहरु त्यहाँबाट भागेर भारततिर सुखद दाम्पत्य जीवन विताएको परिवारले बताउँदा आज मलाई गर्व लागेको छ । ओझेलका खवरमा त्यो प्रेम कथा राख्दा कम्ता चुनैतीको सामना र आलोचना खेपेको थिएन मैले ।
स्यावास, दुर्गा ! तिमी जस्ता प्रेमको परिभाषा बुझनेहरु भई दिए किन अरुहरु विछोडमा तड्पिन पर्दथ्यो । अरु भन्दा पनि तिमीलाई बधाई । तिमीहरुको चौथो पटकको यो मिलन अव कसैको ताकत र कुनै त्यस्तो कानुनले छुटाउन सक्ने छैन । तिमीहरुको एक सन्तान जन्मियो रे भन्ने सुनेपछि मैले त्यो तिमीहरुको प्रेम कथा रहेको ओझेलका खवर पुनःप्रशारण गर्ने छु । हरेक प्रेम जोडीले यसरी नै प्यारका दुश्मनहरुलाई परास्त गर्नु सकुन मेरो यहि शुभकामना छ । मेरो हृदयदेखि यहि कामना गर्दछु की यी जोडीले दु:ख पाए भन्ने सुन्न नपरो्स । बस, विष्णु र दुर्गा तिमीलाई सलाम !
source :-प्रेम सुनार, गुल्मी-धौलाश्री बाट

No comments:

Post a Comment