दलितहरुद्वारा मन्दिरमा सामुहिक पुजाआजा: दलितहरुमा खुशियाली


बैशाख ३० गते सो गाविसमा रहेको ब्रम्हस्थान भगवती मन्दिरमा स्थानीय उमेश रामको विवाह पछि दतिलहरुले पुजा गर्न जाँदा कथित उपल्लो जातिका व्यक्तिहरुले मन्दिर प्रवेश गर्न नदिई कुटपिट गरेको बिरुद्धमा दलितहरुले सो गाउँका ८ जना बिरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका थिए । सो मुद्दा फिर्ता लिन स्थानीय गैरदलितहरुले दवाव दिएकोमा पीडितहरुले नमानेपछि गत जेठ २४ गते दलित वस्तिमाथि आक्रमण गरि घरहरु तोडफोड गर्नुका साथै १८ जना दलितहरु घाइते भएका थिए ।  



घटनामा संलग्न रहेकाहरुलाई कार्वाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा दलित समुदायको तर्फबाट ५४ जना बिरुद्ध जातिय छुवाछुत, ज्यान मार्ने उद्योग र डाँका मुद्दा दर्ता गराएकोमा प्रहरीले स्थानीय छोटेलाल यादव, रामदेव यादव र तेजनारायण यादवलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ भने अन्य आरोपितहरु हालसम्मपनि फरार रहेका छन । कार्यक्रमपछि दलितहरुमा खुशियाली छाएको छ भने गैरदलित समुदायपनि सामाजिक सद्भाव कायम भएकोमा खुशि भएका छन । दलित सघर्ष समितिका अध्यक्ष नाथुराम परियारले मन्दिर प्रवेशको कार्यक्रम केही दिनका लागी स्थगित गरेको जानकारी गराएपनि दलित समुदायका अन्य नेताहरुकै पहलमा मंन्दिरमा पुजा गरिएको हो ।

No comments:

Post a Comment