देउपुरका ब्राह्मणले छुवाछुतविरुद्ध गतिलो प्रयास सुरु गरे

जनचेतनाको लागि( तस्बिर साभार दलित महिला संघ )
काभ्रे,ब्राम्हण समुदायले प्रयोग गर्ने खानेपानी आयोजनाको पाले दलित जातिय छुवाछुतविरुद्धको जनचेतना अभियान अन्र्तगत गाविसमा दलित युवालाई खानेपानीको पालेका रूपमा काममा लगाइएको स्थानिय योगनाथ डोटेलले बताए । २०६५ सालदेखि गाउँमा संचालित सो खानेपानी आयोजनाको मर्मत संम्भार र बिहान–बेलुका पानी खोल्ने र बन्द गर्नेसम्मको काम स्थानिय युवा हर्कबहादुर सुनार (विश्वकर्मा) ले गर्दै आएका छन् । गाउँका ९० परिवारले पानी उपभोग गर्दै आएका छन् भने गाउँमा १३ वटा धारा संचालनमा रहेको हर्क बहादुरले बताए । पानी थुन्ने र बन्द गर्ने काम गरेबापत सुनारले मासिक प्रतिघर २० रूपैयाँ पारिश्रमिक लिने गरेका छन् । यस गाउँमा अधिकांश बाहुन, क्षेत्री र केही घर नेवार, राई, दनुवार समुदायको बसोवास छ । केहि मात्रामा मात्रै दलित र अन्य जातीको बसोवास छ ।

गाउँमा जातिय छुवाछुत जस्तो अमानविय कार्यले नराम्रो सँग जरा गाडेको र यसलाई उन्मुलन गर्न ठूलै अभियान संचालन गर्नु पर्ने भएकाले खानेपानीको पालेको रूपमा दलित हर्क बहादुरलाई छनौट गरिएको स्थानिय डिल्लीप्रसाद आचार्यले राजधानीलाई बताए । अभियानलाई शुरुमा गाउँका केहि वुढापाकाहरूले अलि नकारात्मक रूपमा लिएका थिए । तर, पनि बहुसंख्यक युवाको प्रयासले अहिले यसलाई सबैले सहज रूपमा लिएको आचार्यको भनाई छ । ‘ट्याङ्कि नजिकै हर्कबहादुरको घर रहेको र अभियान पनि यस्तै भएकाले हामीले उनलाई पालेको रूपमा राखेका हौं’ आर्चायले भने । यो अभियानलाई अन्य छिमेकी गाविसहरूले पनि सकारात्मक रूपमा लिएका छन् ।
लाई राखेर काभ्रे देउपुरका ब्राह्मणले छुवाछुतविरुद्ध गतिलो प्रयास सुरु गरेका छन् । जिल्लाको गैह्रिबिसौना देउपुर गाविसको वडा नम्बर ३, ४ र ५ मा रहेको देउबुजे गैह्रिबिसौना खानेपानी आयोजनाको पालेको रूपमा विगत ४ वर्ष देखि स्थानिय दलित युवा रहदँै आएका छन् । दलितको कार्यदेखि ब्राह्मण परिवार औधी प्रभावित समेत बनेका छन् ।
साभार -केशवराज पौडेल÷राजधानी

No comments:

Post a Comment