अछुतले ल्याएको दुध विक्दैन’ भन्दै फर्काइदिए

दलित भएकै कारण स्थानीय डेरीमा अपहेलना भएपछि झापा दमक ९ की पम्फादेवी बिश्वकर्मालाई समस्या परेको छ ।स्थानीय पराजुली डेरीमा दुध विक्री गर्दैआएकी विश्वकर्मालाई गत चैतदेखि डेरी सञ्चालकले दुध नल्याउनु भनेपछि उनी समस्यामा परेकी हुन् ।गत पुषदेखि दैनिक १९ लिटर दुध सो डेरीमा विक्री गर्दै आएपनि तीन महिनापछि डेरी सञ्चालक गायत्री पराजुलीले ‘अछुतले ल्याएको दुध विक्दैन’ भन्दै फर्काइदिएको पिडित विश्वकर्माले बताइन् ।
बिश्वकर्माले गाउँलेबाट ३ रुपैयाँ ब्याजमा र स्थानीय सहकारीबाट ऋण काढेर चारवटा गाई पालेर दुध बेच्न लैजाँदा जातीय कारण देखाउँदै गाउले बुढापाकाले मान्दैनन् भनेर पराजुलीले फर्काइदिएको पम्फादेवीले गुनासो गरिन् । दलित भएका कारण छुवाछुत र अपहेलना गरेको भन्दै पिडित विश्वकर्माले न्यायका लागि सम्वन्धित सवैसँग आग्रह गरेकी छिन् ।

‘बिश्वकर्माले ल्याएको दुध बिक्री हुन छोडेपछि अव आइन्दा नल्याइदिनुहोस् भनेको मात्र हो, अरु कुरा हल्ला मात्रै भएको’ दावी डेरी सञ्चालक पराजुलीले गरे ।सार्वजानिक उपभोगीय बस्तु प्रयोगमा जातीयताकै कारणले छुवाछुत तथा भेदभाव गरेमा दण्डित गर्न सरकारले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लागु गरिसकेको छ । तर पनि छुवाछुतका घटना घटिरहेका छन् ।

No comments:

Post a Comment