जातिय बिभाजनको समस्यामा कहाँ बाट हुन्छ वास्तविक दलित बर्ग को मुक्ती ?

नबिन गल्कोटे

नेपाल मा ईतिहास ले के देखाउछ भने नेपाल मा मुल नेपाली को वास्तविक समस्या लाई पहिचान गर्ने अनी देश लाई मुक्ती दिदै जनता बिच लोकप्रिय हुने नेपाली को जननेता निकै भयो न जन्मिए त न नेपाली जनता ले आफ्नो नेता आँफै बनाए। नेपाल मा निक्कै नेता हुन खोजे तर हुन सकेनन । कहिले त होलान कि होलान जस्तो हुन्छ तर हात्ती आयो फुस्स भएको छ । अनी अहिले त नेपाली जनता केवल नेता बाट वाक्क बाहेक केही पनि हुन छाडेक छन । अनी नेता सिर्फ तत्कालिन फाईदा को निम्म्ती मात्र राजनीति गरेको प्रस्ट भएको छ , कुन्नै यस्तो नेता भेट्न मुस्किल छ कि जस्ले यो देश को दिर्घकालिन फाईदा को निम्ती अहिले को जोखिम मोलेको होस् । हाम्रा नेता त राजनैतीक ब्यापारी हुँदै अहिले त राजनैतीक ब्लक्क मेलर ,blackmailer ,मा परिणत् भएका छन । आज नेपाली नेता राज नेता , जननेता हुनु को सत्टा बालरोगी , मनोगत बादी , ब्यक्ती बादी , उताउलो तस्करी मा परिणत् भएका छन ।
नेपाल मा बस्ने नेपाली बिभीद जात को रुप मा बिभजित भएर आफ्नो पूर्वज को पहिचान शाहीत नेपाल मा बसोबास गर्छन् , हिजो के कारण ले जात को बिभाजन भयो अनी किन नेपाल मै यत्ती का धेरै जाती बसो बास गरे यो निक्कै राम्रो अनुसन्धान अनी खोज को बिषय हो । अनी यती का जाती बस्दा पनि सधैं एक आपस मा मिलेर बसे त्यो पनि नेपाल को सुन्दर पक्ष हो । तर म यहाँ यो जात बिभाजन को कुरा भन्दा पनि नेपाल को सामाजिक समस्या बिभाजन को कुरा गर्दछु ।
नेपाल को मुल समस्या नै गरिबि हो अनी गरिबि हुनु को मुल कारण नै बर्ग बिभाजन हो । नेपाल मुलत हुने खाने ले राज गरेको मुलुक हो । यहाँ जातिय रुप मा समस्या छ त केवल दलित लाई छ तर आज तेही दलित को सबाल ओझेल मा पारिएको को छ अनी लगिएको छ जातिय बिभाजन को समस्या मा अनी कहाँ बाट हुन्छ वास्तविक दलित बर्ग को मुक्ती । अहिले नेपाल रहेका हरेक जाती तथा जनजाती बाट तिनै दलित जातिय रुप मा हेपिएका छन अनी शोषित भएका छन । हिजो देखी आज सम्म हाम्रै आँखा अगाडि हेपिएका जाती नै दलित हुन । हुन त अझै खोतल्दै गयो भने दलित को जालो भित्र पनि कमैया दलित छन । दलित मा पनि बाहिर सतह मा आएको वास्तविक समस्या ग्रस्थ जाती बादी हो खोइ जातिय कुरा गर्ने जातिय नेता ति बादी को लागि आबज उठाएको । जसरी मदेसी को नाम मा गुप्ता , गत्छेदार जसरी आज नेता बने अनी के गरे त ति मदेशी को लागि त , हो यही हुँदै छ नेपाल मा अहिले जाती जनजाती को राग अलापेर केही आफु नेता बन्न्न राजनैतीक धुर्त्यैइ गर्दै छन । अहिले नेपाल मा चाहिएको जातिय मुक्ती त केवल दलित को लागि मात्र हो अनी दिनु पर्ने पनि तिन्नै दलित लाई हो तर फेरी यहाँ जाती को मुक्ती को नाम राखेर पुन दलित लाई मुक्ती बिहिन बनाइदै छ । यदी पहिचान को लागि र अहिले सम्म राज्य बाट हेपिएको जाती को नाम लाई सम्मान गर्दै नाम राख्ने हो भने बादी मुक्ती क्षेत्र को नाम मा संघ को निर्माण किन न गर्ने , अनी हिजो देखी दु:ख गर्दै राज्य को हरेक निर्माण मा आफ्नो दिलो ज्यान लगएको जाती शार्की को नाम मा किन शंघियता मा न जाने त । हिजो देखी अहिले सम्म राज्य को मुल धार मा ति जाती जस्को काम आएको छ तर तिनी हरु को जात आएको छैन , आज खोजी गर्नु पर्ने त्यो हो ।
हिजो हाम्रै कामी हरुले सुरुवात गरेको निर्माण आज कहाँ पुग्यो तर हाम्रा कामी किन उही आरन मा छन त ? अनी हिजो हाम्रै दमाइ ले सुरु गरेको बस्त्र को डिजाइन आज कहाँ माथि पुग्यो तर हेरौ त हाम्रो दमाइ को अवस्था , हाम्रै गाइने दाई को गीत संगीत कहाँ छ तर गाइने आज पनि पेट पाल्न आज पनि हाम्रै अगाडि माग्नु पर्छ । यहाँ हाम्रा हरेक तल को जाती अहिले पनि तलै छ अनी हाम्रा जातिय मुक्ती को कुरा गर्ने ठुला ठुला जातिय नेता खाली आफुलाई तत्काल को नेता हुन जाती जनजाती को मुक्ती को निम्ती कुरा गर्छन् । हामी नेपाली ले अहिले सम्म दबाएको जाती लाई मुक्ती दिने कि अहिले सम्म पनि हामी ले नै शोषन गर्यौ अब पनि जनजाती र जाती को लडाईं को नाम मा फेरी पनि हामी तराइ का उपेन्द्र , गुप्ता , जस्ता भएर पुन नेता हुने यो गम्भिर प्रश्न भबी दिन ले अहिले का नेपाल का जातिय तथा जनजातिय नेता लाई गर्दछ । अहिले चले को पहिचान को लडाईं भन्दा पनि ठुलो लडाईं त सामाजिक सम्मान को हुनु पर्ने हो किन कि सामाजिक सम्मान भन्दा पनि ठुलो त पहिचान हुन सक्दै न नि । अनी जस्लाई समाज मा छुने अधिकार छैन त्यस लाई छुने शिक्षा , अनी जस्लाई हेर्ने अधिकार बाट हेर्न मिल्ने अधिकार दिनु पर्ने हो । अहिले सतह मा आएको लग्भग सबै जनजाती बाट पनि त तेही दलित जाती हेपिएको हो नि । अनी अहिले खोइ त जनजाती ले आँफै बाट हेपैएको जाती को मुक्ती को सबाल आज उठाएको ? खाली आफु मात्र हेपिएको देख्ने अनी अफुले हेपेको चाँही न देख्ने । हामी जात को रुप मा बिभाजित भएर भन्दा पनि जात बाट मुक्त भएर जातिय समस्या को मुक्ती खोजौ त अनी भेटिन्छ समाधान ।
वास्तविक रुप मा नेपाल लाई जातिय समस्या बाट मुती दिलाउने हो भने हामी सबै नेपाल का उच्च जातिले हिजो देखी आज सम्म दलित प्रती गरेको अबहेलना लाई प्रायस्चित् गर्दै तिनै दलित को नाम मा संघ को निर्माण गर्दा कस्तो होला ?
१- दमाइ मुक्ती क्षेत्र को नाम मा त्यो क्षेत्र मा तिनै दमाइ जाती को काम को सम्मान गर्दै बस्त्र को उत्पादन , डिजाइन , निर्माण जस्ता हाम्रा पुर्बिय दमाइ जाती को यो समाज प्रती को योगदान को कदर गर्दै संघ निर्माण .
२- कामी – समाज बिकास को ईतिहास मा यो कामी जाती ले गरेको काम को सम्मान गर्दै , हतियर उत्पादन , भाडा बर्तन , गर गहना , को उत्पादन जस्ता हाम्रा कामी जाती को सम्मान गर्दै उनी हरु को काम को सम्मान स्वरुप कामी मुक्ती प्रदेश किन न राख्ने त
३- संगीत का सर्जक गन्धर्ब , यस्तै मुश्हर , बादी , जस्ता सबै को हिजो को काम को समान गर्दै संघ को निर्माण गर्दा कस्लाई पो घाट होला र ?
—अनी नेपाल मा हेपिएको हरेक दलित जाती नै आज को समाज बिकास को मुल मेरु दण्द हो र यि जाती को जात अनी काम को पहिचान गर्दै समाज मा सम्मान गर्न सके नै वास्तविक जातिय मुक्ती हुँदै एकिक्रित समाज को निर्माण हुन्छ । हाम्रा यिनै दलित हुन जस्ले नेपाल लाई मात्र न भएर समग्र मानब समाज निर्माण लाई नै शिक्षा दिएका छन । हामी तिनै समाज का निर्माता को सम्मान को पहिचान गर्दै नेपाल को पहिचान खोजौ 
साभार : -hamrokhabar

No comments:

Post a Comment