प्रामाणिक तथ्याङ्कका आधारमा मानव सभ्यताको शुरुवात् भएको लगभग पाँच
हजार वर्ष पूरा भएको छ । पहिले शुद्र र अहिले दलित भनिने आम जातीय
समुदायलाई लगभग ३५ सय वर्षभन्दा बढी समयदेखि मनुवादी दर्शनमा आधारित
वर्णवादी राज्यसत्ताले जीवनयापनका सबै क्षेत्र, अवसरबाट वञ्चितिकरण,
विमुखिकरण र बहिष्करणमा पार्दै आइरहेको छ । सामाजिक, साँस्कृतिक, राजनैतिक,
शैक्षिक, आर्थिक तथा सत्ता र सम्पतिको प्राकृतिक जन्मसिद्ध अधिकारमा समेत
आजको दिनसम्म सन्तोषजनक प्रतिनिधित्व रहेको छैन् । यसबाट अनुमान लगाउन
सकिन्छ की उनीहरुको विगत कति नारकीय एवम् पशुतुल्य थियो होला । कल्पना पनि
गर्न सकिन्न । नेपालको कूल जनसंख्याको २५ प्रतिशत भन्दा बढी रहेको यो
समुदाय नागरिकता र भूमिविहिन छन् भने जन्मदर र मृत्युदर पनि उच्च एवं
गरीबीले आक्रान्त रहेको राष्ट्रिय–अन्तराष्ट्रिय तथ्याङ्कले उल्लेख गरेका
छन् । यो समुदाय जीवनयापनका लागि आधारभूत आवश्यक्ता परिपूर्तिमै तड्पिरहनु
पर्ने बाध्यताले उनीहरुसँग भएको श्रम, सीप, सृजना र प्रविधि लोप हुने
अवस्थामा रहेका छन् । श्रम, सीप, कला, सँस्कृति र प्रविधिका महासागर
ऐतिहासिक श्रमजीवी दलित समुदाय लामो समयदेखि उपभोक्तावादी सँस्कृतिले गर्दा
विस्थापित भएका छन् ।
अहिलेसम्म यो समुदायको पहिचानको खोजी,
अध्ययन, अनुसन्धाान हुन सकेको छैन् । साहित्य, संगीत र कला सँस्कृतिको
विकास गर्ने लक्ष्यमा पुग्ने ध्येयका साथै बहुआयामिक र उदेश्यमूलक लक्ष्य
कसैले लिइएको पाइँदैन । कुनै पनि जातिको जातीय परिचय उसको सँस्कृतिले दिने
गर्दछ । सँस्कृति विनाको कुनै पनि जाति नै हुँदैन् । कुनै पनि जातिको जातीय
सभ्यता, रीतिरिवाज र सँस्कृतिको सामूहिक स्वरुप नै त्यो जातिको समग्र
सँस्कृति हुन्छ । समग्रमा आम दलित समुदाय भौतिकशास्त्री हुन् । पृथ्वी
सृष्टिको सुन्दर प्राकृतिक सृजना भएर पनि आफैमा पूर्ण छैन् । प्राकृतिक
सृष्टिको यहि खाँचोलाई पूरा गर्न आदिम युगदेखि नै मानवले नवीन सौन्दर्यको
सृष्टि गर्दै आएको छ । यसलाई नै हामी ललितकला भन्दछौ । वास्तवमा दक्षिण
एशियलगायत समग्र विश्वमा नै ललितकलाका आविष्कारक, सिर्जनाकार र शिल्पकार आम
दलित समुदाय नै हुन् । मानवमनका अमूर्त भावना तथा दैनिक प्रयोजनमा प्रयोग
गरिने साधन वस्तुलाई कलात्मक रुप दिई नवीन वस्तुको सिर्जना गर्नु तथा कुरुप
वस्तुलाई सौन्दर्ययुक्त बनाउनु ललितकलाको मुख्य कार्य हो । कुनै पनि
प्रकारको प्रकृति प्रदत्त वस्तुलाई पुख्र्यौली ज्ञान, सीप, अनुभूति र
शिल्पको मिश्रणद्धारा सौन्दर्य थपेर जाज्वल्यमान बनाउनु ललितकलाको मुख्य
कार्य हो । यो कार्य दलित भनिने शिल्पजीवी र श्रमजीवी जातिले नै गर्दै आएको
तथ्य घाम जत्तिकै छर्लङ्ग र निर्विवाद रहेको छ । दलित आफैमा एउटा
समृद्धिशाली, सुसँस्कृत, सभ्य तथा कला सँस्कृतिको महासागर समुदाय हो ।
कस्तुरीको आफ्नो बहमृ्ल्य विन्दा आफैलाई थाहा नभए जस्तो, आफै सम्पृ्र्ण
कला, कौशल, सँस्कृति तथा प्रविधिको शुत्रधार एंव सिर्जनाकार भएर पनि त्यसको
स्वामित्व र अपनत्वको लागि सोध्नुपर्ने दास मानसिकताको बाध्यताले
समाजशास्त्रीय मानवशास्त्रीय अध्ययन अनुसन्धान हुन सकेको छैन् ।�
केही
राजनीतिक परिवर्तन भएपनि दलित आन्दोलन उहि रुग्न र शिथिल अवस्थामा छ भन्दा
तितो लागे पनि यथार्थ यहि हो । एउटा दलित बालक आमाको गर्भमा भ्रृ्ण
हंँदादेखि नै भेदभावको शिकार बन्दछ । यसर्थ, एक दलित युवा यृ्वती जन्मेदेखि
नमरुञ्जेलसम्म मानव जीवनका विभिन्न पाटा र पक्षको खोज, अनुसन्धान तथा
समृद्धितर्पm लाग्नुभन्दा पनि जीवनको ऊर्जाशील समय जातीय भेदभावको कुनै न
कुनै रुपमा सामना गर्दैमा सिद्धिन्छ । अर्थात, नेपालको सिंगो दलित आन्दोलन
पनि अहिलेसम्म भेदभाव विरुद्धमै केन्द्रित बन्नुपरेको छ । यसकारण हामी
आपैंmले पनि आफैमाथि गहिरो खोज अनुसन्धान केन्द्रित गर्न सकिएको छैन ।
सर्वव्यापी, प्रभृ्त्ववादी र शक्तिशाली जातीय प्रथाले जीवनयापनका सवै
अवसरवाट वञ्चित समुदायहरुलाई नेपाली प्राज्ञिक बहसमा समेत वहिष्कार गरिएको छ
। राष्ट्रिय राजनीति र अन्य मुद्दा भन्दा दलित मद्दालाई गौण ठान्नु यो
समुदायको शैक्षिकस्तर कम हुनुको साथै वौद्धिक वर्गले पनि समाजशास्त्रीय,
मानवशास्त्रीय रुपमा अध्ययन केन्द्रित गर्न सकेका छैनन् । जातीय भेदभावकै
कारणले यस्तो भएको हुनुपर्छ ।
दलित समुदाय आपैmमा एउटा उच्च,
शीप, कला, प्रविधि, संस्कृति तथा गौरवपुर्ण सांस्कृतिक पहिचान भएको समुदाय
हो । यो तथ्य थुप्रै विद्धानले थुप्र्रै पटक ऊजागर गरेका छन् । विडम्बना, हाम्रै अगुवा नेतृत्वले भने बुझ पचाएको अवस्था छ । यसमा हामीले वेलैमा
सोचेनौ भने हाम्रै अघि इतिहास बन्ने पक्का छ । विभेदकारी राज्यसत्ताको
अपमान, विदेश पलायन तथा हाम्रै वेवास्ताका कारणले यो समुदायको लोकबाजा, लोक
सँस्कृति दिनमा दुई गुणा र रात चौगुणाका दरले लोप एवं हस्तक्षेप भइरहेका
छन् । कुनै पनि जातिको जातीय अस्तित्वको आधार भाषा तथा सीप, कला, सँस्कृति
हो भन्ने तथ्यलाई बुझेनौ । मानवको जन्मदेखि मृत्यसम्मको जीवनयापनको शैली नै
सँस्कृति हो भन्ने तथ्यलाई बिर्सियौ । सँस्कृति र पहिचान बिनाको मान्छे नै
हुँदैन भन्ने विश्वव्यापी मान्यतालाई चुनौती दियौ ।
साँस्कृतिक पहिचान ः
दोस्रो
विश्वयुद्धको अन्ततिर सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना भयो । र,
राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) को
स्थापना भयो । युनेस्कोका अनुसार सँस्कृतिका विभिन्न विधाहरुको प्रकृति,
स्वरुप, विशेषताको आधारमा र तिनीहरुको सुरक्षा, संरक्षण एवं व्यवस्थापकीय
तरिका एवं प्रविधिहरुको विविधताको आधारमा तिनीहरुलाई मृ्र्त (भौतिक)
साँस्कृतिक सम्पदा, अमृ्र्त (अभौतिक) साँस्कृतिक सम्पदा, अभिलेखात्मक
साँस्कृतिक सम्पदा भनेर वर्गीकरण गरेको छ ।
मृ्र्त (भौतिक)
साँस्कृतिक सम्पदा ः कला, वास्तुकलाको दृष्टिले विशेष महत्व राख्ने चल, अचल
वस्तु, पुरातात्विक स्थल एवं अवशेष आदिलाई समग्रमा मृ्र्त साँस्कृतिक
सम्पदा भनिन्छ । आम दलित समुदाय मृ्र्त साँस्कृतिक सम्पदाका सुत्रधार,
सिर्जनाकार र सर्जक हुन् ।
अमृ्र्त (अभौतिक) साँस्र्कतिक सम्पदा ः
अमृ्र्त (अभौतिक) साँस्कृतिक सम्पदालाई बौद्धिक सम्पदा पनि भन्ने गरेको
पाईन्छ । लोक सँस्कृति, अभिनय कलाहरु, संस्कार, जात्रा, परम्परा, पर्व,
नृत्य, मेला पर्वहरु आदिलाई समग्रमा अमृर््त साँस्कृतिक सम्पदा भनिन्छ ।
कतिपय मृ्र्त साँस्कृतिक सम्पदाहरु अमृर््त साँस्कृतिक सम्पदाको दार्शनिक
एवं आध्यात्मिक पृष्ठभृ्मिमा सिर्जना हुने भएकोले पनि अमृर््त सँस्कृतिले
विशेष महत्व राख्दछ । दलित समदायको गीत, सङ्गीत, नृत्यलगायत सम्पृ्र्ण
सङ्गीतशास्त्र अभौतिक साँस्कृतिक सम्पदा अन्र्तगत पर्दछन् ।
अभिलेखात्मक
साँस्कृतिक सम्पदा ः हस्तलिखित ग्रन्थ, वंशावलीलगायत सबै प्रकारका
अभिलेखात्मक सामग्रीहरु पर्दछन् । यस अन्र्तगत चार वटा ठृ्ला महासन्धिहरु
रहेका छन् ।
विभिन्न सम्पदाहरुमा कुनै पनि जातिको भावनात्मक
सम्बन्ध गाँसिएको हुन्छ । यिनीहरु कुनै पनि समाज एवं राष्ट्रको पहिचानका
विषय हुन् । र, सोझै राष्ट्रियतासँग जोडिएका देशभक्तिको भावना जगाउने तथा
राष्ट्रिय गौरव हुन् । हाम्रो ज्ञान, सीप, प्रविधि, इतिहास, कला,
वास्तुकला, ललितकला विज्ञान तथा भौतिक साँस्कृतिक सम्पदा आदि जीवन्त साक्षी
हुन् । सँस्कृतिले समुदाय–समुदायबीच, जाति–जातिबीच सद्भाव, भाइचारा एवं
सहिष्णुता कायम राख्न महत्वपृ्र्ण भृ्मिका निर्वाह गरिरहेका हुन्छन् । साथै
आजको सीमाविहिन विश्वमा पर्यटन विकास एवं प्रवद्र्धनका महत्वपृ्र्ण स्रोत
सावित पनि भएका छन् । तसर्थ, हामीलाई राम्रो लागे पनि, नलागे पनि हाम्रो
मौलिक साँस्कृतिक सम्पदाको संरक्षण, सुरक्षा एवं व्यवस्थापन गरी भावी
पुस्तालाई सुरक्षित हस्तान्तरण गर्नु हाम्रो कर्तब्य र जिम्मेवारी दुवै हुन
जरुरी छ ।
दलितलाई यो कुरा जान्नेलाई श्रीखण्ड नजान्नेलाई
खुर्पाको बीँड जस्तै भएको छ । यसको सबै जड छुवाछूत तथा जातीय भेद्भावकै
कारणले भएको हो भन्ने कुरामा दुइमत छैन । दलित पारसमणि जस्तै मिल्काइएका
बहृ्मुल्य धातु जस्तै भएका छन् । तर, आज विगतको त्यो बाध्यताको फाईदा उठाई
स्वार्थपृ्र्ति गर्नेहरु पनि प्रशस्तै भेटिन्छन् । सम्पृ्र्ण सीप, कला,
प्रविधि तथा सँस्कृतिको प्याटेन्ट राईटको प्रयोग गर्न पनि सकेको पाइदैन ।
दलित समुदायको विभिन्न गौरवपृ्र्ण नाच सँस्कृति रहेको पाइन्छ । पासी र
पासवानको कल्ली, घोडी नाच, पासवान र डुमको हुड्का र नरसिंगा नाच, वादी
जातिको कथननाच, झृ्र्मा नाच, टेमकृ्ली नाच, कामी जातिको लाठी, खुकुरी,
सरायँखेल, ढालतलवार (ढालनाच) नाच, गन्धर्व जातिको जैलपत्ता नाच, दमाई
जातिको हुड्के, छलिया, वसन्त, भृ्इँचम्पा, धुलौट, भडा नाच, सार्की जातिको
सरङ्गे नाच प्रमुख रुपमा रहेको छ ।
दलित समुदायमाथि जातीय भदेभाव
मात्रै पनि नहुने हो भने यो समुदाय आफैमा एउटा ठृ्लो सम्भावना बोकेको वर्ग
हो । जसरी अफ्रिकी काला जाति रङगभेद्को शिकार बने तापनि उनीहरुले खेलकृ्द,
सङ्गीत तथा राजनीतिमा समेत कब्जा जमाउँदा उनीहरुको इज्जत, प्रतिष्ठा एवं
सम्मान सफलताको शिखरमा पुग्न सफल भएको छ, त्यसैगरी नेपाली दलित समुदायले
पनि आफ्नो सीप, कला, प्रविधि तथ सँस्कृतिलाई आधुनीकिकरण, व्यावसायीकरण तथा
बजारीकरण गर्न सके भावी पुस्ताले सम्मानपृ्र्वक जीवन जीउन सक्ने आधार बन्न
सक्छ । तर, यसका लागि प्रतिवद्धता, संकल्प र इमान्दारीताको आवश्यकता पर्दछ ।स्रोत :- theuniversaltimes
No comments:
Post a Comment