हिन्दु धर्ममा जातीय विभेद र अन्तको प्रश्न -श्याम " शंकल्प

हाम्रो देशको सरकार प्रमुखहरुले राजाकै पालादेखि एउटा सत्य कुरालाई स्वीकार गर्दै आएका छन् त्यो के हो भने नेपालमा जातिय विभेद छ, जस अन्तर्गत हुने जातिय छुवाछुत सामाजिक अपराध हो ! सामाजिक रुपमा हुने यस्ता विभेद र गतिविधिलाई हटाउन देशले दण्डको समेत व्यवस्था गर्यो ! तर पनी सैयौ बर्षदेखी हिन्दु धर्मको आधारमा बनेको कट्टरताबादी हाम्रो समाजको जीवनमा यो धब्बा आजको समय सम्म पनी हट्न सकेन | किनकि यो बिषयमा समस्यालाई हटाउने भन्दापनि निगाहमा सामान्य रोकथाम गर्दै साहनुभुती मात्र देखाउने काम भयो | यदी यो जातिय प्रथा हट्ने हो भने हिन्दु धर्मको एक अवतारको रुपमा पुजिदै आएको तात्कालिन सत्ताका शामन्ती मालीक राजाकै मुख्य जग नै ध्वस्त हुने कुरा उनीहरु बुज्दथे | जातिय बिभेधतामा जनताको शक्तिलाई समाजमा टुक्रा टुक्रा पारेर टिकेको र शक्ति शालि बनेको यो प्रथालाई निर्मुल पार्नु आफ्नै समाप्ति हुने जानेको सो बर्गले जातिय मुक्ति को बारेमा सोच्न सकेन भन्नेकुरा बुज्न त्यति गाह्रो छैन !

तर यतिबेला देश पुजीबादी बिकाशको राजनैतिक चेतनामा अगाडी बढेको छ | किनकि आज धार्मिक रुपमा राजालाई बिष्णु भगवान ठान्ने दिनले नेटो काटिसकेको छ | तर पनि मुख्यत जातिय बिभेधको कारणले अत्याचारमा परेको वर्गबाट समेत आफ्नै बर्गको लागि त्यस्तो दबाब दिन सक्ने स-सक्त आन्दोलन हुन नसक्नु पनी यो जातिय अपमानलाई निरन्तरता दिनलाई कारक तत्व बन्न पुगेको छ | आज देश राजनैतिक सोचमा अल्ली बढी स्वतन्त्र भएर सोच्ने ठाउमा उभिएको छ | चेतनाको स्थर पनी केहि हद सम्म बढेको छ | यतिबेला शक्ति शालि एकता हुने हो भने र यही पिडित बर्गले बिशेष पहल र नेतृत्व दिदै दबाब मुलक ढंगले आन्दोलित हुदै उग्र नभैकन जातिय रुपमा उत्पीडनमा नपरेका प्रगतिशिल बुद्दिजिबी हरुको समेत साथ लिएर सही ढंगले आन्दोलन उठान गर्ने हो भने यो समस्या धेरै दिन टिक्न सक्ने अवस्थामा छैन | किन कि यस्को लागि सबै भन्दा बलियो उदाहरण हाम्रो धार्मिक रुपमा बिभाजन ल्याउने हिन्दु धर्म बाट जातिय आधार नमान्ने क्रिश्चियन र मुस्लिम समुदायमा प्रवेश गर्ने धर्म परिवर्तन को कारणले समेत स्वयम हिन्दु धर्म बचौना चाहनेहरुले समेत यस्तो दबाब र आन्दोलनलाई सहयोग नगरी नहुने बाध्यात्मक स्थिति बनेको छ l स्वास्थ्य ढंगले जातिय विभेदको आन्दोलन को तर्फबाट हेर्ने हो भने यो अत्यन्त सकारात्मक फड्को हो | यसरि धर्म परिवर्तन गर्नेमा समेत मुख्यत सामाजिक अपमानको जातिय धब्बा बोकेर जीवन बिताउने बर्ग र सास्कृतिक तथा आर्थिक रुपमा शोषणमा पारेको जाति जन-जातिहरु नै छन् | ठुलो संख्यामा हिन्दु धारमा रहेको यो समुदाय माथि भएको पीडालाई बेलैमा नसच्याउने हो भने फेरी नेपाल मा समेत हिन्दु धर्म थियो रे भन्ने अवस्था छिट्टै नआउला भन्न सकिदैन | त्यसैले यो आन्दोलन मा साथ दिएर हिन्दु धर्मले समेत आफुलाई मानब समाजको सम्मनित र ऐतिहासिक धर्म बनाई राख्न अब जातिय मुक्ति आन्दोलनमा साथ दिएर लामो यो असमानता को ऋण को क्षति पूर्ति चुक्ता गर्न जरुरि छ | त्यसैले निचोडमा भन्दा हिन्दु धर्म रक्षाको लागि समेत अब जातिय विभेद मुक्त देश बनाउन आवश्यक छ |

हाम्रो सास्कृतिक बिबिधता ,शिप, सृजना र शभ्यतालाई बचाएर राख्न नसक्ने अझ सो गरेबापत प्रोत्साहन भन्दा तिरष्कार गरिने हुनाले पनी कालान्तरमा हाम्रो पुरानो सभ्यताको ईतिहास नै हराएर जाने खतरा बढेको छ | यस अर्थमा ब्याख्या गर्ने हो भने जब सम्म हिन्दु धर्मले आफुलाई समय सापेक्ष रुपान्तरण गर्न सक्दैन त्यतिनै आफ्नो अस्थित्व समेत हराएर सकिने पक्का भएको छ | समयको एउटा कल खण्डमा राज्यको तात्कालिन शासकले जनतामा ल्याएको फुट र सामाजिक दण्डको जघन्य अपराधको सजायलाई आन्धो परम्पराको रुपमा आजको २१ औ शताब्दीको मानब समुदायमा समेत बचाई राख्न राज्य नै सहयोगी बन्नु हाम्रा गणतन्त्रबादी, लोकतन्त्रबादी र मानब अधिकारको कुरा गरेर नथाक्ने हरेक बिबेक शिल मान्छेको निदारमा लागेको कलंक नै हो l एदी यसलाई राज्यले मानब समुदाय प्रति हिजोको राज्यले गरेको जघन्य आपराध को रुपमा स्वीकार गर्दै विभेदमा पारेको सो वर्ग संग क्षमा माग्दै तत्काल खारेजीको घोषणा गर्नु पर्दछ l त्यसैले राज्यले त्यस्ता हिन्दु धर्मले दलित वा सूत्रको रूपमा ब्याख्या गरेका र पहिचान हुने किसिमका सम्पूर्ण ( उदाहरण को लागि कामी, दमाई ,सार्की,सुनार, गाइने, च्यामे ,पोडे,परियार,बि.क.,खाती,लगायतका अनगिन्ति ) थर्हरुलाई कानुनी रूपमा राज्यको तर्फबाट तत्काल अबैध घोषणा गरि उनीहरुलाई मुनि उल्लेख गरिएका कुनै पनी जाति या समुदायलाई अपमान नहुने किसिमका थरहरु वा नामहरु राख्न पाउने अधिकार दिदै जातिय थरहरु रोज्ने अधिकार स्वयम व्यक्तिमा हुने कानुनी अधिकार दिनु पर्दछ | भने अन्य ब्राम्हण ,क्षेत्री र पानि चल्ने भनिएका जातिले समेत यसलाई साथ दिनु सिङ्गो मानब समाज र यो शिक्षित समुदायको जिम्मेवारी हो | जस अनुरुप बिकल्पमा निम्न लिखित थरहरुलाई सम्पूर्ण जातिले अबलम्बन गर्दै एउटा जातिय स्वयत क्रान्तिको अभियानमा जुट्न सरकारको तर्फबाट सम्पूर्ण जाति, धर्म ( हिन्दु, बुद्धिष्ट ,क्रिस्चियन ,मुस्लिम र अन्य धर्मवालाम्बिहरु ) देखि राजनीतिमा समेत जातीय अपमानको कलंक चुडाल्न चाहने यथार्थबादी प्रगतिशील समुदाय ,प्रजातन्त्रबादी, बामपन्थी,लोकतन्त्रबादी र समाजसेबी मानब समुदायलाई बिशेष रुपमा अपिल गर्दै यो आन्दोलनमा सहयोगी भएर राज्यलाई सहयोग र प्रोत्साहन गर्नु आव्हान गर्न आवश्यक छ | जसको कारण हाम्रो समाजको सामाजिक एकता दबाएर वा दबिएर हैन समानताको नियममा मानिसको सम्मान जनक हैसियतमा हुन सक्छ | जुन आन्दोलनमा सहभागी हुन कसैलाई बल-जबस्ती नभई , समुहगत रूपमा मात्र नभै प्रत्येक व्यक्तिले यो योजनामा सहभागी भएर सहयोग गर्न सक्छ | जसको लागि राज्यले बैधानिक बाटो खुल्ला राख्ने कानुनी निर्णय गर्न आवश्यक छ |

सरकारले लागु गर्नुपर्ने केहि बैधानिक प्राबधानहरु :-
१, "दलित" भन्ने शब्दलाई राज्यले खारेज गर्दै हिजो देखि नै निश्चित मानिसको जात छुट्याएर दलित भनि मान्छेलाई कृतिम (काल्पनिक काष्ट) थरको परिकल्पना गरी परिभाषा गरिएका शब्दावली र परिभाषालाई परिवर्तन गर्दै हिजोको राज्यले उत्पीडनमा पारेको विधालाई भौगोलिक, आर्थिक ,सास्कृतिक ,राजनैतिक, धार्मिक र जातिय गरी विभिन्न रुपमा बर्गिकरण गरेर राज्यले उत्पीडनमा पारेको वर्गमा पार्दै समुहगत रुपमा " उत्पीडित " शब्दमा सम्बोधन गर्दै सो बर्गको लागि दिने राज्यको क्षतिपुर्ती , सहयोग, उद्दार र राहत वितरणमा पारी ब्याख्या गरिनु पर्ने l
२, सम्पूर्ण अछुत र दलित भनेर स्थापित भएका जातिय पहिचानहरुलाई मानवताको आधारमा बैधानिक रुपमा खारेज गरेको घोषणा गर्ने !
३, राज्यले पठन पाठन देखि हरेक क्षेत्रमा जातिय उत्पीडनमा पारेको समुदायलाई सम्बोधन गर्दा नै "दलित" छात्रवृति , "दलित" आयोग , " दलित "उत्थान जस्ता समुहगत रुपमा हिजोको समाजले दिएको तल्लो दर्जाको" दलित" भन्ने अर्थ लाग्ने शब्दावली लाई जानेर वा अन्जानमा समुहगत रुपममा सरकारी कामकाजमा समेत सोहि शामन्ती शब्दको पहिचान गराउदै निरन्तरता नै दिदै गैरहेको ले यस्ता सहयोग,उद्दार वा राहतलाई वितरण गर्दा समेत सम्बोधनलाई माथि उल्लेख गरिएको अर्थमा उत्पीडित बर्गमा पार्दै लैजानु पर्ने l
४, निम्न लिखित बैकल्पिक थरहरु अबलम्बन गर्न सबैकोलागि आवाहान गर्ने :-
क, प्राकृतिक , सास्कृतिक र सम्मानित आधारमा बिभीन्न थरहरु जस्तो : हिमाली, पहाडी , चुरे , दुन , भावर , नेपाली , पुरुष , स्त्री , मानब , बहादुर , ( आफ्नो नाम + आमाको नाम + बुबाको नाम ) लगायतका आधारहरुमा छान्न पाउने अधिकार .....!
ख , यस्तो माथिको थरहरु यदी जातिय उत्पीडित जातले बाहेक अन्य जातिले समेत अपनाएर मान्छे मान्छे बिचको विभेदलाई हटाउने आन्दोलनमा सहभागी हुन चाहेमा राज्यले उनीहरुलाई समेत आफ्नो विशिष्ट भनेको जातलाई समेत परिवर्तन गर्न पाउने कानुनी आधिकार सहित बिशेष रुपमा राज्यले सम्मानित र प्रोत्साहन गर्ने नीति निर्माण गर्नु पर्ने l
ग, धर्म परिवर्तन संगै उस्को नाम मा समेत परिवर्तन गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नु पर्ने !
घ, बुद्द धर्ममा आधारित नाम र थरहरु , क्रिश्चियन धर्मको आधारमा राखिने नाम र थरहरु , मुस्लिम धर्मको आधारका राखिने ( अहमद ,मुहम्मद ,स्लाम,लगायतका ) थरहरुलाई एदी कुनै पनी धर्मको मान्छेले धर्म परिवर्तन गरेको खण्डमा उस्ले आफ्नो नाम समेत परिवर्तन गरेको धर्मको सम्मान गर्न दिने गरी छान्न पाउने उसको अधिकारलाई कानुनी रुपमा ग्यारेन्टी गरिनु पर्ने l
ङ, बिभीन्न राजनैतिक वा धार्मिक वा सास्कृतिक रुपमा व्यक्तिले स्थापित गरेको मानर्थ नाम वा टेक नामलाई यदी उसले सोहि नाममा नागरिकतामा समेत सुधार गर्न चाहेमा पाउने कानुनी प्राबधान राखिनु पर्ने l जस्तो पुष्पकमल दाहाल लाई "पुष्पकमल प्रचण्ड" , नारायण काजी श्रेष्ठ लाई "नारायण काजी प्रकाश " , जसका कारण यस्ता सामाजिक व्यक्तित्वहरुले सधैभरी आफुलाई कुनैपनि जात-जाति, धर्मावलम्बी वा समुदायको रुपमा नभै सम्पूर्ण समाजको मान्छे को रुपमा समेत स्थापित गर्न सहयोग गर्ने हुनाले समेत यो प्रभाबकारी हुने छ l
यो जातिय आन्दोलन निम्न कारणले पनी आवश्यक छ :-
१, धार्मिक आवश्यकता :-
हिन्दुधर्मकालागि , हामीले इतिहाशलाई नियाल्ने हो भने सबैभन्दा पुरानो र कुनै बेला संसारको सबै भन्दा ठुलो धर्म को रूपमा हिन्दु धर्म थियो भन्ने कुरा हामीले सुनेकै हौ | त्यति टाढा नजाने हो र मात्र २५/३० बर्ष देखिकै मात्र इतिहास हेर्ने हो भने पनी हाम्रो देशमा अस्थित्तोमा नरहेको क्रिश्चियन धर्म बढ्दै जानुमा समेत ६०% हाम्रो हिन्दु जातिवादी विभेद मुख्य कारण हो भन्ने बुज्न गारो हुदैन | आफ्नै धर्म र सस्कृति मान्न चाहने आम दाजुभाईलाई मन्दिरमा जात सोधेर रोक्ने हामीले कदापी हिन्दु धर्मलाई बचाउन सक्दैनौ | यदि हामीले हिन्दु धर्मलाई साचै नै माया गर्ने हो र जोगाउने हो भने पनी अब हिन्दु बर्णको यो जातिय अपमानलाई निर्मुल पार्न आवश्यक छ | म दावाका साथ भन्छु अहिले जुन गतिमा हिन्दु धर्मवालाम्बिहरु धर्म परिवर्तन गर्दै छन् यसलाई रोक्न र हिन्दु धर्मलाई
सबैको सम्मानित र दिर्घायु धर्म बनाउन पनी यो जातिय रूपमा लगाइएको धब्बा रुपी थरहरुलाई हटाउन अत्यन्त जरुरि छ | यदी आम मानब को रूपमा सम्मानित भएर धर्म मान्ने मौका दिने हो भने हाम्रो हिन्दु धर्मले समेत पुनश्च दिर्घायु हुने छ र हाम्रो सास्कृतिक पहिचान प्रगतिशील हुने छ भन्ने आधारमा समेत हाम्रा हिन्दु धर्मावलम्बी देखि धर्म र भगवानमा अल्ली बढी बिश्वाश गर्ने जानकार बिशेष गरि ब्राम्हण समुदायका मानिसहरुले समेत बेलैमा सचेत भएर यो अभियानमा साथ दिन जरुरि छ | यदि एउटा सम्मानित मानिस बनाएर हिन्दु बनाउन सकियो भने मात्रै हामीले सामाजिक बिकाशमा समानरुपमा काधमा काध मिलाएर अगाडी बदन सक्ने भएका कारण पनी यो कथित जातिय विभेद झल्किने थरहरु हटाउन यो जातिका मान्छे ले मात्र हैन ब्राम्हण समुदायका मान्छेले समेत यी थरहरुलाई अपनाएर सम्मनित बन्न र बनाउन ठुलो भूमिका निभाउन सकिन्छ र सक्न आवश्यक छ भन्ने बुज्न आवश्यक छ |
मानिस एउटा स्वतन्त्र र स्वाभिमानी सचेत प्राणी हो | धर्म उसको बाच्ने एउटा बिश्वाश र आत्मशक्तिको आधार हो | प्रत्यक मानिसले स्वतन्त्र भएर धर्म मान्ने अधिकार पाउनु पर्छ तर नेपालमा धेरै बर्षदेखी यो अधिकारलाई हिन्दु राज्यको अँध्यारो कोठामा कुण्ठित परेर राखियो | तर यतिबेला देशमा भएको राजनैतिक परिवर्तनले धार्मिक निरपेक्षता मार्फत सम्बोधन सम्म भएपनि निकाश दिने आशा पलाएको छ तर पनी यो पनी बिश्वश्नीय भै सकेको छैन | त्यसैले पनी धार्मिक समानतालाई स्थापित गर्न र धर्ममा रहेको हिन्दुबादी निरंकुश जडतालाई चुडाल्न समेत जातिय मुक्ति आन्दोलनले सहयोग गर्ने हुदा यो मुक्ति आन्दोलन मा मुस्लिम र क्रिश्चियन धर्मका विश्वासीहरुले समेत साथ दिन आवश्यक छ ! हिन्दुवादी सस्कारको जातिय प्रथाबाट मान्छेलाई स्वतन्त्र भएर धर्म छान्न पाउने अधिकार दिन समेत यो जातिय कु-प्रथालाई परिवर्तन गर्ने आन्दोलनलाई गैर हिन्दुहरुले समेत भागलिनु र सहयोग गर्नु धार्मिक असमानताको अन्त्यकालागि गरिने आन्दोलनको पक्षमा समेत देखिन्छ ! तसर्थ समाजमा एउटा सम्मान जनक धार्मिक सहिष्णुता स्थापित गर्न र एक धर्मले अर्को धर्मलाई सम्मान गर्ने धार्मिक ,राजनैतिक, सामाजिक र आर्थिक उन्नतिमा बिज्ञान सम्मत मानब समुदायको प्राकृतिक उपस्थितिलाई सम्मानजनक सहयात्रामा स्वीकार गर्दै समानता मुलक समाजको निर्माणमा हातेमालो गर्ने परिवेशको निर्माण गर्न पनी यो जातिय मुक्ति आन्दोलनलाई देशले सहयोग गर्न आवश्यक छ |

सास्कृतिक आधार :- हामीले समाज बिकाशलाई विभिन्न रूपमा ब्याख्या गरेपनि श्रम मार्फत उत्पादनमा सिङ्गो मानब समुदायले भौतिक निर्माणको वा सिर्जनाको खोज गर्दै सुबिधा भोगी जीवन बाच्न लोभी हन्छ नै | यसै क्रममा मानब समुदायलाई विशेषगरी भौतिक निर्माणको क्षेत्रमा सृजनात्मक ज्ञानका धनि सिपमुलक, सेवा मुलक र कलामुलक श्रमिकहरुको समुदायलाई नै यो जातिय अपमान को बिल्ला भिराउने काम हिन्दु जातिय बर्णाश्रमको बिभाजनले अत्यन्त धुर्त भएर यो धब्बा को बिजारोपण गर्न सफल भएको देखिन्छ | यो सरासर कामगर्ने श्रमिकहरु माथिको अत्याचार को प्रमाण हो | यो बिषयमा अब राज्यले न्याय गर्ने परिपाठीको थालनी गर्न ढिला भैसकेको छ |एदी यो जातिय आधारलाई खारेज गर्ने हो र हाम्रो समाजलाई सम्मानित बनाउन सक्ने हो भने सामाजिक एकता र सदभाबमा सम्मनित हुदै सृजनाको नया आधारहरुको बैज्ञानिक खोज ,प्रयोग को सम्भावना ले छलांग मार्ने हुदा सिङ्गो देशमा नया आविष्कारले गति लिनेमा शंका गर्नु पर्दैन | सास्कृतिक सम्मानले मानब जीवनमा उच्च एकता स्थापित गर्ने हुदा सास्कृतिक बिबिधताको स्वादलाई समेत बचाई राख्दै समाजमा एक अर्काको फरक शैलीको स्वाद लिदै सास्कृतिक रहन सहन को बिषयमा पनी उदाहरणीय फड्को मर्न हाम्रो समाज सफल हुने कुरा पक्का छ | बिज्ञान सम्बत र भौतिकबादी आधारमा यथार्थता को स्वीकारोक्तिको गर्ने हो भने मानिस यो पृथ्बीको चेतनशिल प्राणी हो | यो प्राणी प्रकृतिको आधारमा अन्य सजिब जीवन मा जस्तै सहबासको प्रक्रियाबाट भाले वा पोथी बंशमा अथवा मानब जीवनमा महिला वा पुरुषको रुपमा बिकशित हुने संसारको एउटा सचेत प्राणी पनी हो | यो प्राणी मौषम अनुसार , ठाउँ अनुसार आफुलाई बदल्न निक्कै सिपालु हुन्छ | त्यसैले संसारका अनगिन्ति प्राणीहरुमा सबैले भन्दा बढी भौतिक सुविधाहरु निर्माण गर्दै आफ्नो बंशलाई जोगाई राख्न सफल भएको छ | यही क्षमता का कारण जस्तो परिबेशमा हुर्कियो उस्तै भाषा , जस्तो हावापानी मा हुर्कियो उस्तै रंग ,भेष-भुषा र रहन सहन र सामाजिक आधारमा आफ्नो जीवन शैलीको नियमित दिन चर्या बिताउने र निर्माण गर्ने गर्छ | जस्तो एउटा हिन्दुबादी समाजमा जन्मेको मान्छे चाहे त्यो मुश्लिम होस् वा क्रिश्चियन उ त्यहि हिन्दु बादी शैलीमा आफ्नो धर्मको परिधि निर्माण गर्छ अथवा नेपालमा केहि क्षेत्रीहरु जो पहाडी भू- भागमा बसोबश गर्छन उनीहरु आफ्नै मामाको छोरि संग बिहे गर्नु सामान्य त अधिकार को रुपमा लिन्छन भने तराइमा हुर्किएको त्यहि छेत्री समुदायको मान्छे मामाको छोरीलाई बहिनि भनेर खुट्टा ढोग गर्छ | यस्ता सैयौ उदाहरणहरु छन् जस्ले गर्दा मानिस आफुलाई सुबिधा हुने जीवन यापनको खोजीमा निक्कै स्वार्थी प्राणी को रुपमा चिनिन्छ | बिबेक का कारण यो आफुलाई सजिलो हुने, आफ्नो शक्ति बनिरहने र आफु सुरक्षित हुने नीति नियम मा बिश्वाश गर्छ | जस्तो कि हिन्दु समाजले राजालाई हिन्दु धर्मअनुसार बिष्णु अवतारको रुप सम्झन्छ जुन धर्म अनुसार आमा बुबा र नजिकको मान्छे मर्दा बिशेष सस्कारका साथ केहि नियमहरुलाई पुरा गर्नु पर्छ एक सामान्य हिन्दुले सो सबै काम गर्छ पनी तर त्यहि राजाले भाडामा मान्छे खोजेर राजाको सबै दुखका कामहरु उसै मार्फत गरेर समेत हिन्दुकै बिष्णु अवतार हुने चलन नै बनाइएको छ | भौतिकबादी र यथार्थबादी भएर सोच्ने हो भने यस्ता असमानता ले के साबित गर्छ भने मान्छे मात्र एउटा जीवन भएको सजिब प्राणी हो | त्यसैले कोहि जन्मजात ठुलो वा सानो जातको हुने भन्नु र कोहि रंगको आधारमा ठुलो कजाउने भन्ने अर्थ र परिभाषामा बिश्वाश गर्नु भनेको जति सुकै शिक्षित डाक्टर , पाइलट र जुन सुकै बिकशित देश विदेश घुमे पनी मुख्यत सास्कृतिक रुपमा परेको छाप कै दुष्परिणाम हो भनेर बुज्दा हुन्छ l उस्को मस्तिष्क मा पारेको गहिरो छाप को नतिजाले नै निर्णायक भूमिका खेलेको भेटिन्छ | जस्तो कि एउटा दर्शनमा बिश्वाश गर्ने कम्युनिष्टपार्टीका नेताहरु समेत प्रधान मन्त्रि हुदा जगिया लगाएर ग्रह शान्ति गरेर मात्रै प्रधान मन्त्रीको निवाश प्रवेश गर्नुले हामी सहज रुपमा बिष्लेषण गर्न सक्छौ कि मानसिक रुपममा परेको सास्कृतिक छाप अन्त्य गर्न कति गाह्रो हुन्छ ! तसर्थ यो जात, भाषा,धर्म, भेष ,भुषा र सस्कृति तात्कालिन सामाजिक चेतनाको उपज हो | यस्मा कुनै निश्चित र प्रमाणिक ठोश आधार नभएकोले समेत यो जातिय प्रथा हामी माथि थोपरिएको सामाजिक बिखण्डनको मध्यमबाट शक्ति शालि बन्न प्रयोग भएको राजनैतिक हतियार मात्रै हो भन्ने नै प्रमाणित हुन्छ | हामी विज्ञानले छुट्याएको मानब समुदायको बिकाश क्रममा हाडको आकार को आधारमा टाउकाको बनोट को आधारमा दिएको नाम नै बरु पहिचानको पर्याय बन्न सक्छ ! त्यसैले पनी यो यथार्थतालाई आत्मा साथ गर्दै यो बनावटी जातिय छुवाछुत जस्तो अमानविय धब्बा लाई मान्यता दिने हाम्रो समाज र राज्य ले यो समुदायमाथि ठुलो अत्याचार गरेको प्रष्ट छ | त्यसैले कम्तिमा अब राज्यले आफ्ना जनता प्रतिको यो सामन्ती र अमानविय शोषणलाई यथावत राखेर निरन्तरता दिनु वा सम्रक्षण दिने काम नगर्न र सम्मान जनक मान्छेहरुको मुलुक बनाउन समेत हामीले उठाएका यी एजेन्डाहरु तुरुन्त कार्यन्वयन गर्नुआवश्यक छ भनि जोडदार माग गर्दछौ |

आर्थिक क्रान्तिको फड्को :- हामीले जाति सुकै धर्म ,जाति र समुदायको कट्टरताको गफ गरेपनि जब एउटा मान्छेलाई सहज रुपमा जीवन यापनको ग्यारेन्टी हुन शक्दैन र आर्थिक अभाबमा फस्न पुग्छ अनि उ हिन्दु भएपनि खाडी का मुश्लिम देशहरुमा आएर गाई काट्ने पसलमा रोजगारी को लागि काम गर्न बाध्यहन्छ ! यसरि समाज मा जातिय विभेदले पारेको खाडल लाई समाप्त पार्न सक्ने हो भने नया आधारमा सृजनात्मक हातहरु ले सिङ्गो देशको लागि निर्माणमाहातेमालो गर्दै स-सम्मान भागलिन सक्ने भएकोले समेत यो सम्पूर्ण समुदायको समान प्रवेश र लगनशिलताले नया मुलुकको बिशेष गरी आर्थिक उत्पादनको क्षेत्रमासमेत थप एकात्मक शक्ति सहित फड्को मार्ने निश्चित छ |
source:- nepalarab

No comments:

Post a Comment