सूचीकृत दलितमा मगता र बिटालु दुई नयाँ थर थप गर्ने सिफारिस

राष्ट्रिय दलित आयोगको साउन ६ गते बसेको बैठकले यस अघि सूचीकृत दलितमा मगता र बिटालु दुई नयाँ थर थप गर्ने सिफारिस गरेको छ ।राष्ट्रिय दलित आयोगका अध्यक्ष सुशीला सिर्पालीकोअध्यक्षतामा बसेको बैठकले ती थरलाई पनि दलितका थरको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको आयोगका सदस्य सचिव भुवनबहादुर सुनारले जानकारी दिए ।

आयोगको सिफारिसपछि मन्त्रिपरिषद्को बैठकको निर्णयबाट राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र उक्त निर्णय लागू हुने सुनारल बताए ।झण्डै १२ वर्षअघि राष्ट्रिय दलित आयोगको स्थापना भएलगतै २०५९ सालमा दलितका विभिन्न २२ ओटा थरको सूची तयार गरिएकामा २०६६सालमा पोडे, च्यामे, नटुवा र धनिकार नामका थर समेटेर २६ ओटा बनाइएको थियो ।सुरुमा सूचीकृत गरिएका पहाडीमूलका दलितका थरमा गन्धर्व, परियार, वादी, विश्वकर्मा तथा सार्की र मधेसका दलितमा कलर, ककैहिया, कोरी,खटिक, खत्वे तथा चमार छन् । मधेसकै दलितका अरु थरहरू चिडिमार, डोम, तत्मा, दुसाध, धोबी, बाँतर, मुसहर, हलखोर, सरभङ, ढाँटी रपत्थरकट्टाका थर
तथा त्यसभित्रका उपथरलाई राष्ट्रिय दलित आयोगले २०५९ मा पहिलो सूचीमा पारेको थियो ।

No comments:

Post a Comment