जातिय भेदभाव विरुद्दको अभियानले सहि दिशा पहिल्याउन नसकेकै हो त?-Tika dutta shiva
Wednesday, August 7, 2013
|
लेखक :- टिका दत्त सिवा |
भारत बर्षमा केहि हजार वर्ष पहिले समाजका ठुला ठालुहरुले आफ्नो र आफ्नो
पुस्ताको हैकम संधैभरी चलिरहोस भन्नका खातिर हिन्दु धर्मको अपब्याख्याको
सहारा लिंदै मानिसलाई जातमा बिभाजन गरि त्यहि जात अनुसार काम र सामाजिक
भेदभाव गर्ने परिपाटी नेपालमा राजा जयस्थिति मल्लले भित्र्याए पश्चात
संस्थागत भएको अमानवीय जातीय विभाजन र त्यसले खल्बल्याएको सामाजिक सदभावका
कारण मानव विकाशको हरेक सु-अवसरबाट समाजको एउटा ठुलो हिस्सा ऐतिहासिक काल
देखि नै पछाडी पारिनु र आजको आधुनिक युगमा समेत जातीय भेदभाव व्यवहारमा
कायम नै रहनु मानवीय मूल्य र मान्यताको घोर उल्लघन संगै नेपाली समाजमा
सामाजिक कलंकको रुपमा रहेको प्रथा हो । यस सामाजिक कलंकलाई हटाउनका लागि
तत्कालिन कानूनमा नै उल्लेखित भेदभावका प्रावधानहरु नेपालमा राजनीतिक
परिवर्तन संगसगै हटाउन त हटाइयो - छुवाछुत र जातिय भेदभावमुक्त रास्ट्र
समेत घोसणा गरियो तर ब्यबहारमा कुनै प्रभाव परेको नै छैन। आज पनि जातीय
भेदभावका भुक्तभोगीहरु भाँडामा कोठा पनि नपाइएको, आफ्नो थर लुकाएर बस्नु
परेको, कुटपिट देखि मृत्युसम्म भएको, अन्याय अत्याचार सहनु परेको,
अपमानित-प्रताडित हुनु परेको र फितलो कानूनी सजायका यसका अपराधीहरु सजिलै
उम्किरहेका अनेकन घटनाहरु छापामा छाएको पाइन्छ भने छापामा नआएका अनेकौ
घटनाहरु कति होलान अनुमान गर्न सकिदैन । अर्कोतिर, उतिबेला राज्यले सस्थागत
रुपमा गरेको भेदभावका कारण जातिय भेदभावको आधारमा पछाडी पारिएको जातिहरु
वा समुदायलाई त्यसको प्रभाव कुन हदसम्म परेको छ, स्वत: स्पस्ट देख्न सकिन्छ
। आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक हरेक क्षेत्रमा यसरि पछाडी परेका
छन् कि लगभग २५ प्रतिशतको हाराहारीमा रहेको यो समुदायको उपस्थिति हरेक
क्षेत्रमा न्यून छ भने जातीय भेदभावको शृंखला रोकिने नामै छैन । शिक्षाको
कमिले भनौ भने शिक्षितहरु नै बढी भेदभाव गर्ने देखिन्छन । राजनीतिक कारणले
भनौ भने हरेक जस्तो राजनीतिक पार्टीले आन्दोलन गर्दा सबैभन्दा बढी त्यहि
समुदायलाई परिचालन गरि आ-आफ्नो दुनो सोझ्याएका छन् भने तिनैको हवाला दिएर
मुख्य बुंदामा समेत राखेर आ-आफ्नो घोसणा पत्र तयार परेका छन् । आखिर जातिय
भेदभावको समस्या किन समाधान हुन् सकिरहेको छैन ? सरकारी तथा गैर सरकारी
सहयोग र अनुदानका बाबजुत पनि किन उनीहरुको जीवनस्तर उक्सिन सकेको छैन ? किन
समातामुलक समाजको निर्माण हुन सकिरहेको छैन ? के जातिय भेदभाव विरुद्दको
अभियानले सहि दिशा पहिल्याउन नसकेकै हो त ? के जातीय समस्या नेपालको
विकाशको मूल बाधक हो ?
source:-
helprise
लेखहरु
No comments:
Post a Comment