कुसंस्कारलाई निरुत्साहित गर्न अपरिहार्य भै सकेको छ-Gopal siwa

रूढिवादी सोचको बाहुल्यता रहेको हाम्रो गाउँ समाजमा जरो गाडेर फैलिएको छुवाछुत , भेदभाब जस्ता अमानविय पुराना संस्कार र सोचलाई उखेलेर फ्याकि समतामुलुक समाजको निर्माणको लागि सकारात्मक भावनाको बिजारोपण गर्नु पर्ने अपरिहार्यता भएको छ । जसको लागि हाम्रा गाउँ समाजमा शिक्षालाई पहिलो प्राथमिकताको आत्मबोध गराई शिक्षाका बिभिन् माध्यमहरुमा सबै दलितहरु लाई बढी भन्दा बढी समाहित गरि आफु माथी भएको अन्याय र अत्याचार मात्र होइन, सभ्य मानव समाजविरुद्ध चालिएको सानो जात भनि गरिने घृणा , छुवाछुत , भेदभाब जस्ता जघन्य अपराधको बिरुद्ध एक्यबद्ध हुन प्रेरित गर्ने छ ।

समाज भित्र जरो गाडिएको छुवाछुत , भेदभाब जस्ता विकृतिलाई दबिएर एक्लो भएर आत्मसात् गरी स्वीकार गर्नु साटो हामी गोलबध हुनै पर्छ।जसरि एउटा फलामलाई निश्चितरूपमा आकार परिर्वतन नभएसम्म त्यसलाई रातो हुने गरी तताउँदै घनले बारम्बार ठोकिन्छ । त्यसैगरी जबसम्म समाज परिवर्तन हुँदैन, तबसम्म परिवर्तनशील कार्यहरू छुवाछुत , भेदभाब बिरोधी सबै किलाहरु तोड्नु नितान्त आवश्यक हुन्छ ।कुसंस्कारलाई निरुत्साहित गर्न अपरिहार्य भै सकेको छ ।

No comments:

Post a Comment