भदौ १४, विभेद विरुद्ध अभियान ।पछिल्लो समय दलित शब्दमा संस्थागत तवर बाटै बहस चल्न शुरु गरेको छ । कतिले शब्दले दलितलाई दास बनाएको र दीर्घकाल सम्म दलित शब्दले दलित समुदाय दासकै रुपमा अर्थात बिभेद साविकै राख्ने तर्क राखिन्छ । अर्को पंति यस्तो छ जसले दलित लाई पहिचानको शब्द मानेको छ , पहिचान मेटियो भने अस्तित्व नै समाप्त हुने तर्क त्यो पंतिको छ । अत्यन्तै आफुले जान्ने र मान्ने ठानिनेहरुका बिचको यो बहस समर्गमा दलित आन्दोलन र यथार्थ स“ग जोडिएको छ ।
दलित शब्द संग भन्दा पनि व्यावाहार संग निकट कुरा हो त्यसैले पनि शब्द हटाउनु पर्छ भन्नेहरुबाट यसको बिपक्षमा बिचारहरु आएका छन् । नेपाली शब्दकोष पल्टाउने हो भने दलित शब्दको अर्थ दबिएको , पिसिएको , हेपिएको भन्ने भेटिन्छ भने शब्दकोषमै दलित लाई बर्गको रुपमा बिश्लेषण गरि सामाजिक रुपमा असमानतामा बाचेको समुदाय भनेर अर्थाइएको छ ।
दलित आन्दोलनका अभियान्ताहरु यसलाई अलिक फरक रुपमा व्याख्या गर्छन् । यसलाई आन्दोलनको परिभाषामा दलित भनेको दबिएको भन्दा पनि दवाईएको र पछाडि परेको भन्दा पनि पछाडि पारिएको समुदाय भन्ने छ , साथै दलित लाई बर्ग मान्ने कि नमान्ने भन्ने पनि फरक फरक तर्क छन् । दलित बर्गिय समस्या भएको भनेर तर्क गर्नेहरु बर्गिय समस्याको समाधानबाट दलितको समस्या आफसेआफ समाधान हुने तर्क उनीहरुको छ भने अर्को थरीको तर्क यो बर्ग संग जोडिएको भए पनि त्यही बर्ग भित्र पनि असमानताका बिच बाचेको हुनाले बर्ग संग मात्र जोडेर नपुग्ने प्राय दलित भुक्त भोगीहरुको तर्क छ । यसरी शब्दलाई र आन्दोलनलाई केलाउदा यो सामाजिक व्यावाहार संग जोडिन गएको तर्क राख्न सकिन्छ ।
दलित समुदायले भोग्दै आएको र बुझेको यो समुदायलाई दलित भनेर नचिन्दा र चिने पछिको गरिने व्यावाहार मा आकाश जमिनको फरक पाउन सकिन्छ । जव पहिचान खुल्छ तव कि त उ हेपिन थाल्छ , कि त दयाको दृष्टिमा हेरिन थाल्छ , कि त अरु भन्दा फरक तुलना गरेर फरक मुल्यांकन गरिन्छ , यसरी हेर्दा यो दलित शब्द र पहिचान कारक हो , ढिलोचाडो यो शब्दलाई तिलाञ्जली दिनुपर्छ , किनकी शब्दै कारक छ भने पहिचानकै कारण उ दोस्रो दर्जामा गनिन्छ भने किन शब्द र पहिचान कायम राख्ने ? दलित भनेर कसैले छुवाछुत गर्छ वा गर्दैन त्यो अब दलितको समस्या होइन , त्यो त सामाजिक अपराध हो, सरकारवादी मुद्धा हो तर दलित भएकै कारण दयाको भागिदार र अरुको नजरमा बिचरा भएर बाचिनु पर्ने कस्तो मुद्धा हो र यसको निकास कुन हो , यसमा न्याय कसरी पाइन्छ ? यसरी हेर्दा मानसिक र दृष्टिकोणको दाग मेट्ने गरी न्याय दिन न त कुनै अदालतले सक्छ न त कुनै कानुनले ।
दृष्टिकोण परिवर्तनको लागि दलित भन्ने कोही हुन्न भन्ने संस्कारको बिकाश किन नगर्ने ? किनकी बिश्व यति बेला नारी र पुरुष ( लैंगिक हिसावले तेस्रो लिंगी पनि ) मात्र छन् भन्ने अभ्यास मा छ भने हामीले त्यसलाई किन नपछ्छाउने ? तर यति भनिरह“दा यो समुदाय ले सदियौं देखी दलित भएकै कारण भोग्दै आएको फरक यातनाको क्षतिपुर्ति के त ? भन्ने कुरा आउछ, यथार्थ धरातलमा यो समुदाय कुनै न कुनै तवरबाट पछाडि पारिएकै हो , कम्तिमा हरेक निर्णायक तह र प्रशासकिय भुमिकामा उपस्थिति सुनिश्चितताको लागि सम्बन्धित निकायबाट क्षणिक समयको लागि पहल हुनुपर्ने र यो समुदायको जीवन स्तर सुर्धानको लागि स्तरिय र प्रभावकारी कार्ययोजना सार्वजनिक हुनुपर्छ ।
यसको लागि प्रयोग गरिदै आएको दलित शब्दलाई पहिचानको रुपमा प्रयोगमा ल्याउन सकिन्छ तर कोही निधारमै दलित लेखेर हिड्नु बाध्यात्मक र संकुचित आन्दोलनको अभियान शुरु हुनु हुन्न । आन्दोलनलाई भाड्नु हुन्न , दलित समुदाय भाडिनु हुन्न, दलित भन्दा अगाडि हामी मानव हौं भन्ने संझौं शब्दैले संस्कारलाई खेद्छ भने यसलाई बिस्तारै मेटाउ“ तर आन्दोलनलाई नछाडौं ।
No comments:
Post a Comment