सशक्त आन्दोलन गर्ने दलित नेताहरुको चेतावनी

भाद्र ९ ,विभेद बिरुद्ध अभियान । दलित नेता र अधिकारकर्मीहरुले आफूहरुले शान्तिपूर्ण रुपमा उठाउँदै आएको मागहरु बेवास्ता गरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । संयुक्त दलित अधिकार मञ्चले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा दलित अधिकार संघर्ष समितिका संयोजक विनोद पहाडीले आफूहरुको माग संविधान निर्माणको क्रममा  संबोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । दलितहरुले सबैसँग अंकमाल गरेर हिड्न भन्दा बहस गर्न चाहेको भएपनि कसैले स्वागत नगरेको गुनासो गरे । विश्लेषक डा. सुरेन्द्र केसीले दलितभित्र अन्तर रुपान्तरण आवश्यक रहेको भन्दै त्यो नभएसम्म दलितको आन्दोलनले सफलता प्राप्त गर्न नसक्ने ठोकुवा गरे । 
उनले दलित आन्दोलन शसक्त हुन नसक्नुमा दलितको मुद्दामा दलितको कमजोर उपस्थिति र आश्वासनमा फस्ने प्रबृत्ति कारक रहेको भन्दै माओवादीले पहिलो संविधानसभा विघठन गरेकोले दलित, महिला को अपेक्षा पुरा नभएको आरोप लगाए । सभासद विश्वेन्द्र पासवानले दलित अधिकारको लागि संगठित र सशक्त आन्दोलनको आवश्यकता औल्याए । कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टीका उपाध्यक्ष अमरध्वज लामा, जागरण मिडिया सेन्टरका महासचिव दिपक परियार, लक्ष्मण वर्देवा र रविन्द्र सुनार लगायतकाले. आ–आफ्नो धारणा राखेका थिए । 

No comments:

Post a Comment