४० वर्षपछि पाँच सय रुपैयाँको ब्याजबाट मुक्त

२८ साउन, डडेलधुरा, विभेद विरुद्ध अभियान । वर्षौदेखि मालिकले दिएको झुपडीमा बस्दै आएका नवदुर्गा गाविस-७ दाउलीका हलिया उदयसिंह चुनाराको परिवारमा अहिले खुशीयाली छाएको छ ।
Nepal 500 Rupees Banknote Detail
आफ्नै नयाँ घर पाएपछि उनीहरुको परिवारमा खुशीयाली छाएको हो । त्यो भन्दा बढी ४० वर्षपछि पाँच सय रुपैयाँको ब्याजबाट मुक्त भएपछि खुशी लागेको चुनारा परिवारले जनाएको छ ।

सरकारबाट त उनी ०६५ सालमै मुक्त भएका हुन् । तर, उनको बासस्थान थिएन । त्यसकारण साहुले दिएको घरमा नै आश्रय लिएर बस्नु परेको थियो । उनी जीवनमा नै पहिलोपटक आफ्नै घरमा बस्न पाएका नयाँ पत्रिकामा खबर छ ।
उनले ४० वर्षअघि मालिकसँग पाँच सय ऋण लिएका थिए । त्यसको ब्याज तिर्न उनले निरन्तर हलो जोते । तर, वर्षौ काम गर्दा पनि उनले तिर्नुपर्ने साउँ र ब्याज चुक्ता भएन । ऋण लिएको ३३ वर्षपछि सरकारले नै मिनाहा गरिदियो । तर, आफ्नो घर नहुँदा उनको परिवार साहुमा नै आश्रति थियो ।

No comments:

Post a Comment