दलितहरुले टाउकोमा सेतो कपडा वाँधेर कफन जुलुश निकाले

काठमाडौ २७ साउन , विभेद विरुद्ध अभियान । नयाँ सविधानमा दलित समुदायको हक अधिकारको सुनिश्तिता होस भनि दोस्रो चरणको घोषित कार्यक्रममध्ये, आज चौथो दिन संयुत्त राजनीतिक संघर्ष समिती, दलित सभासद समन्वय समिती, दलित नागरिक समाज र दलित अधिकार संघर्ष समितीले आज दलितहरुले टाउकोमा सेतो कपडा वाँधेर कफन जुलुश निकालेका हुन् ।जुलुसमा जितु गौतम, गणेश बिक ,डा यम बहादुर किसान,भद्र्मान मोते,बिनोद पहाडी, गौरा नेपाली , बिन्दु थापा परियार, सरु सुनार लगायत दर्जनौ दलित नेता, ससद , बुद्धिजीवी एव अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

बबरमहल देखि सुरु भएको कफन जुलुश नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा वहुजन शक्ति पार्टीका सभासद विश्वेन्द्र पासवान,पुर्व सभासद धर्मराज विश्वकर्मा, नेपाली काँग्रेसका सभासद जीवन परियार, दलित अधिकारकर्मी भद्रमान मोते , चक्रमान विश्वकर्मा ले बोल्दै अधिकार माग्दा प्रहरी दमन गरिएको भन्दै, अधिकारका लागि आफुहरु कहिले पनि शाषक वर्गसामु नझुक्ने वताउनु भएको छ ।
आन्दोलन नगरी अधिकार नपाईने भएकाले दलितको हक ,अधिकार सुनिश्चित गर्न सवै राजनीतिक दलका दलितहरु संगठित भएकाले आफुहरुको लडाई निर्णायक हुने दावी समेत अधिकारकर्मीहरु गर्नुभएको छ ।
टाउकोमा सेतो कपडा बाँधेर ध्यानाकर्षण पत्र बुझाइयो 
नयाँ संविधानमा उत्पीडित दलित समुदायको सवालहरु समावेश गर्नु पर्ने माग राख्दै दलित अधिकारकर्मीहरुले कफन जुलुस निकालेका छन् । संयुक्त दलित आन्दोलन बर्दिया लगाएत दलित अधिकारकर्मीहरुल टाउकोमा सेतो कपडा बाँधेर कफन जुलुश निकालेका हुन् ।
कफन जुलुसले गुलरिया बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयबर्दिया मार्फत ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले दलित समुदायको हक अधिकारको संवैधानिक व्यवस्था गरीयो्,दलित समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरीयोस् राज्यका सबै तहमा दलितहरुलाई समानुपातीक सहभागीता गराईयोस् लगाएतका माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंबर ले संयुक्त दलित आन्दोलन बर्दिया ध्यानाकर्षण पत्र बुझदै तपाईहरुको माग सम्बधित निकायमा तुरुन्तै पठाउने भन्दै शान्तिपुर्बक,सम्यमीत भैई आन्दोलनका कार्यक्रमहरु गर्नुपर्ने बताउनु भयो ।
राजधानी मा गरिएको आन्दोलनको केहि झलकहरु 

No comments:

Post a Comment