भूमिहीन र दलितका पीडा -अपत्य शर्मा

६ भाद्र , विभेद विरुद्ध अभियान । भोकको ज्वाला कति पीडादायी हुन्छ ? त्यसको ज्ञान भोकाहरूलाई मात्र हुन्छ । त्यस्तै जाडोमा न्याना लुगा र घर नभएका घरवारविहीन, फुसका छाप्रा, त्रिपालहरूमा बस्नेहरूले कठाङ्ग्रि“दाका सास्ती र शितलहरले ज्यान गुमाउनेहरूलाई हुन्छ । नेपालका मधेश तराई क्षेत्रका गरिबहरू बर्खा लाग्दा बाढीको पीडा र त्रास, जाडोमा शीतलहरको चिसोको आतङ्क दलित, डोम, चमार हुनु तथाकथित माथिल्ला जातिको आतङ्क र अपमान, घृणा, हिंसा र दासता यही नियति भोग्दैछन् ।
नेपालमा गणतान्त्रिक लोकतन्त्र आएपछि गरिबका सुदिन आउने सपना बा“ड्ने नेताहरूका सुदिन चाहि“ आएका छन् । गणतान्त्रिक लोकतन्त्र आएको अनुभूति बेरोजगार सुकुम्वासी, दलित, गरिब, आदिवासी, जनजाति र आम नेपालीले गर्न सकेका छैनन् । जब कि यिनै भोका, नाङ्गा, दलित, सुकुम्वासी जनजातिको उत्थान संरक्षण र अधिकार सुनिश्चित गर्ने नाममा हजारौ“को सङ्ख्यामा एनजिओ, आईएनजिओ, मानव अधिकारवादी सङ्गठनहरू र नागरिक समाज आदि छन् । यी सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आधारभूत सीमान्तकृत सुकुम्वासी, दलितहरूको हक, हितका लागि काम गर्नुभन्दा “दाता” व्यक्ति समुदाय वा मुलुकहरूप्रति उनीहरूका सामाजिक, आर्थिक तथा राजनैतिक स्वार्थ पूर्ति गरेर आफ्ना खल्तीमा डलर कोच्नुमै मस्त छन् । यतिमा मात्र सीमित नभएर राष्ट्रिय स्वार्थलाई लत्याएर साम्राज्यवादी तथा विस्तारवादीका स्वार्थका लागि राष्ट्रघाती काम पनि गरिरहेछन् ।
नेपालको सन्दर्भमा जुनसुकै जात, वर्ण, लिङ्ग र क्षेत्रको भए पनि सर्वहारा, गरिब मरी मरी पसिना चुहाउने शोषित, पीडित, दमित मानिसलाई शोषक शासक वर्गीय सामाजिक, आर्थिक तथा राजनैतिक व्यवस्थामा न्याय निसाफ र प्रतिष्ठा हुने होइन, अरू अन्याय, शोषक वर्गीय सामन्तवादी तथा पु“जीवादी घृणा र अपमान मात्रै पाइरहेछन् । गरिब भएपछि उसलाई ठूला महलमा बस्ने आफ्नै जात, आफ्नै निकटका दाजुभाइ तथा अन्य नातागोताबाटै पनि अपहेलित हुनु परिरहेको कटु यथार्थ सर्वविदितै छ । यहा“ चर्चा गर्न खोजिएको विषय गरिब, भूमिहीन, बाढी पीडितप्रति र गरिब दलित भूपालमान दमाई (युसुफ नेपाली) हुन्, जसलाई विमान अपहरण, बैङ्क डकैती सहितका आपराधिक मुद्दाहरूमा लोकतान्त्रिक, मानव अधिकारवादी, धर्मनिरपेक्षता र गान्धीवादी अहिंसावादीको ढोल पिट्ने भारतीय विस्तारवादीको जेलमा साढे १४ वर्ष जेल सजाय भोगेर अन्त्यमा निर्दोष सावित भएपछि जेलमुक्त भएर आफ्नो घर सिन्धुपाल्चोक फर्के ।
गरिबी र सर्वहाराकरण ः
पहिलो, नेपालका बैङ्कहरू अन्य फाइनान्स सहकारी तथा वित्तीय संस्थाहरू नै सबैभन्दा ठूला खतरनाक जालीझेली, सुदखोर प्रमाणित भएका छन्, जसले ठूलो सङ्ख्यामा आम नेपालीलाई सर्वहारा वर्गमा परिणत गर्दैछन् । दोस्रोमा ग्रामिण क्षेत्रका तराई पहाडका मानव तस्कर, दलाल सामन्त जमिन्दारहरूले चर्को ब्याज दरमा ऋण दिएर जमिनमाथि अधिकार जमाउ“दै सुकुम्वासी सर्वहारा वर्गमा परिणत गर्दैछन् । तेस्रोमा एक दशकदेखि विदेशमा मजदुरी गर्न जानेको लर्कोमा दिन प्रतिदिन तीव्र बृद्धि भइरहेछ । विदेशमा रोजगारीका लागि युवाहरूले घरघडेरी जग्गा जमिन धितो राखेर चर्को व्याजमा ऋण काढेर विदेश गइरहेछन् । ज्यादै थोरै ज्यालामा काम गर्नु पर्दा २०÷२२ घण्टा ५० डिग्रीको तापक्रममा रगत पसिना चुहाए पनि कतिले ऋण तिर्न नै ६÷७ वर्ष मा पनि सक्दैनन् भने कतिपय मानव तस्करहरूले युवाहरूलाई विदेशमा अलपत्र पारेर गायब हुन्छन्, तब ती युवामध्ये कतिपयले आत्महत्या गर्ने, मानसिक सन्तुलन गुमाउने र अत्यधिक तनावले गर्दा रक्तचाप, मुटुरोग, मधुमेह तथा अन्य रोगका शिकार बनिरहेछन् । यसको परिणाम सुदखोर सामन्त जमिन्दारहरूले अत्यधिक लाभ लुटिरहेछन् । घरजग्गाबाट बञ्चित हुने र सर्वहारा वर्गमा परिणत पीडित परिवार छन् । चौथोमा, सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिने निर्माण परियोजना, जस्तै सडक, अस्पताल, विश्वविद्यालय, सिञ्चाइ, विद्युत आदिका लागि अधिग्रहण गर्दा भूमिहीन हुनेहरूदेखि बाढी, पहिरो, आदिले घरबारविहीन, सुकुम्बासी हुनेको सङ्ख्या बढ्दो छ ।
ऐलानी क्षेत्र, वन अतिक्रमण, सडक अतिक्रमण गरेर बनाइएका भनेर नेपालमा विभिन्न जिल्लाहरूमा घरटहरा भत्काउने, आगो लगाउने, लाठीचार्ज, गोली प्रहार, अश्रुग्या“स प्रहार गर्ने काम शासकहरूबाट हु“दै आएको छ । यस क्रममा ‘अन्त सर्ने समय देउ’, ‘सुत्केरी, बुढाबुढी, केटाकेटीलाई चिसो ठण्डीमा कष्ट नदेउ’ भन्दा भन्दै हात्ती लगाएर छाप्रा भत्काउन खोज्दा हात्ती जस्तो जनावरले समेत सुत्केरी बसेको टहरा भत्काउन नमान्दा टाउकोमा बञ्चरो प्रहार गरेपछि आ“खाभरि आ“शु गरेर भत्काएको खबर सञ्चार माध्यममा आएको थियो । त्यस्तै, राप्ती छेउका फत्तेपुर सर्राका सक्कली बाढी पीडित पानी परेर चिसोको मारमा परेका समयमा करिब ४० परिवारले झरी रोकिएपछि अन्तै जान्छौ“ भन्दा पनि भत्काए ।
उपर्युक्त सानो विवरणले चार खुट्टे जनावरको जति पनि नेपालका प्रतिक्रियावादी शोषक शासक दलाल नोकरशाही वर्गमा संवेदशीलता र मानवीय गुण रहिन्छ भन्ने प्रष्ट देखिन्छ । सत्ताका आड पाउने ठूला धनीहरूले अमूल्य सार्वजनिक देवस्थल, जलासय, गौचरन मिचेर ठूला हवेली ठड्याउनेलाई कुनै पनि ठाउ“बाट हटाउने आ“ट गरेको छैन ।
नेपालका ठूला जात र ठूला वर्ग, जो हाम्रो धर्म, संस्कृति, परम्परा, जातीय गौरव र पहिचानको ठूल्ठूलो स्वरले बखान गर्ने वकालत गर्नेहरूको मानसपटलमा गरिब र दलितप्रति घृणा घोर छ र उनीहरूले अपमानजनक क्रुर अमानवीय व्यवहार गर्छन् भन्ने समाचार सञ्चार माध्यममा बारम्बार आइरहेछन् । बोक्सीको आरोपमा मानव मलमुत्र कोच्याउने, चारपाटा मुडेर नाङ्गै गाउ“ घुमाउने र हत्याहरू तथाकथित ठूला सम्पन्न वर्गले गर्दैछन् । तर पनि उनीहरू सजायको भागिदार हु“दैनन् । अझै पनि पूर्वी तराईका डोम, मुसहर, चमारहरूलाई सार्वजनिक धारामा पानी छुन, खान दिइन्न । त्यस्तै सुदूर पश्चिममा पनि दलितका पानी प“धेरा अलग छन् । तर पनि हाम्रो गौरवपूर्ण विविध संस्कृतिको गुणगान गर्ने, धर्म र संस्कृतिका ठेकदारहरूलाई लज्जाबोध छैन, जसरी समानताको वकालत गर्ने संयुक्त राज्य अमेरिकामा काला बेकसुर निःशस्त्र युवाहरूका हत्यारा गोरा पुलिसहरूलाई निर्दोष घोषणा गर्नु अमेरिकी न्यायाधीशहरूलाई लज्जाबोध नभए जस्तै ।
नेपालमा दलितका हक, अधिकार रक्षा गर्ने नाममा थुप्रै दलित सङ्गठनहरू खुलेका छन् । नेपालको संविधान सभामा पहिले ५० जना दलित सभासद् थिए भने हालको दोस्रो संविधान सभामा ४२ जना दलित छन् । उनीहरूले दलित समुदायका लागि के कस्ता ठोस ऐन–कानुन बनाएर कति बहिष्कृत अन्तर्जातीय प्रेम विवाह गर्नेहरूका लागि समाजमा स्थापित गर्न कति सङ्घर्ष गरे ? बोक्सीको आरोपित दलित परिवार, जसलाई गाउ“बाटै विस्थापित गर्ने तथाकथित उपल्लो जातिलाई दण्डित गर्ने काम कति गरे शायद उनीहरूकै अन्तस्करणमा होला । आजसम्म कुनै पनि दलित सभासद्ले साढे १४ वर्षसम्म भारतका जेलहरूमा बिताइसकेपछि भारतको पञ्जाब, हरियाणाको उच्च अदालतले अनाहकमा विमान अपहरण र बैङ्क डकैती सहितका आपराधिक मुद्दाहरूबाट सफाइ (निर्दोष) दिएपछि आठ महिना अघि नेपाल आएका भूपालमान दमाईलाई नेपालकै सादा पोसाकका प्रहरीले एक जना आफ्ना मित्रलाई कालीमाटी तरकारी बजारबाट फर्क“दा मंसिर ९ गते पक्रेर कालीमाटी चौकीमा हत्कडी लगाएर दिसापिसाब पनि गर्न नदिएर दुई दिनसम्म राखे । उनलाई परिचय पत्रसम्म नदेखाई ब्यूरोका मान्छे भन्दै पुरानो विमान अपहरण काण्डबारे सोधपुछ गरेपछि अनाहकको त्रास र असुरक्षा अझै खोपिरहेको गुनासो गरेको कान्तिपुरले जनाएको थियो ।
साढे चौध वर्षसम्म जेल जीवन बिताएपछि सफाइ दिने भारतीय न्यायालयले क्षतिपूर्ति सरकारबाट नगराउनु भूपालमान दमाईप्रति ठूलो अर्को अन्याय, अत्याचार होइन भन्ने हिम्मत शायद कुनै इमान्दार न्यायमूर्तिले गर्ला सबैभन्दा पहिला दलित सभासदहरूले उनका लागि क्षतिपूर्ति दिलाउन पहल गर्नु पर्ने र दलितका हक, अधिकारकै लागि दलित सङ्गठनका अगुवाहरूले आवाज उठाउनु पर्छ । तर यो लेख लेख्दासम्म कुनै पनि दलित सभासद् तथा दलित सङ्गठनहरू अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने ख्याति प्राप्त नागरिक समाजका अगुवा, राष्ट्रिय÷अन्तर्राष्ट्रिय मानव अधिकारवादी सङ्गठन, राष्ट्रिय÷अन्तर्राष्ट्रिय कानुनका हजारौ“ ठेली अध्ययन गरेका ठूला विद्वान न्यायमूर्तिहरू ठूला साना राजनैतिक दलका नेता, ठूला पु“जीवादी तथा प्रगतिशील बौद्धिक जगत कही“बाट पनि भूपालमानप्रति भएको अन्यायका विरूद्ध भारतीय प्रतिक्रियावादी शासकलाई दबाब दिएर न्यायोचित क्षतिपूर्ति दिलाउन पहल नगर्नु के लज्जाजनक विषय होइन ? के यी सबै प्रतिष्ठित सङ्गठन तथा बौद्धिक जगत भारतीय विस्तारवादी ‘र’ का तावेदार पाल्तु जिउ“दा लास हुन् ? भन्ने प्रश्न सर्वसाधारण दलित तथा न्याय चाहने आवाजविहीनहरूको प्रश्न हो । आवाजविहीनहरू ज्यामी काम गर्ने सुमना देउजालाई ना २ ख ४४०१ नम्बर का कर्मचारीले दुव्र्यवहार गरेर मार्न बसबाट फ्या“केर हात भा“च्नेहरूका बस मालिकलाई कसैले सजाय दियो ? र पीडितलाई क्षतिपूर्ति दियो भनेर प्रश्न गर्दैछन् ।
कुनै पनि व्यक्ति राजनैतिक दल तथा सङ्गठन वा समुदायका सदस्य जो कोही व्यक्ति कुनै न कुनै वर्ग विशेषको सदस्य हुन्छ र आफ्नो वर्गीय स्वार्थ (सामाजिक, आर्थिक तथा राजनैतिक) लाई छोड्न सक्दैन । वर्गीय स्वार्थ, वर्गस्रोत, वर्ग चरित्र वर्ग आधारबाट निर्धारित हुन्छ भन्ने सिद्धान्तलाई मान्ने नमान्ने पनि छन् । तर पनि दलित तथा भूमिहीनका समस्या पनि वर्गीय स्वार्थ (शोषक शासक वर्गीय स्वार्थ) स“ग गा“सिएको समस्या हुन् । जबसम्म शोषित, पीडित, दमित वर्गको सत्ता कायम हु“दैन, तबसम्म शोषित, पीडित, दलितहरू सामन्तवादी तथा दलाल पु“जीवादी वर्गको अधिनायकवादी शासन सत्तामा दासता र अपमानको तितो घुट्को पिउन बाध्य भइरहने निश्चित छ ।

मजदुर अन्लाईन बाट

No comments:

Post a Comment