लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा धेरै स्रोताको रोजाइमा

केशव विश्वकर्मा, बागलुङ २०७२ साउन २६ ,विभेद विरुद्ध अभियान। विगत लामो सयम देखि सुनिदै आएको लोक दोहोरी गायकको नाम मध्ये कुलेन्द्र विश्वकर्माको नाम पनि एक हो । दश उत्कृष्ट गायक भित्र उनको नाम सजिलै राख्न सकिन्छ । आर्थिक रुपले होस या चर्चाको हिसावले होस सफल गायकको रुपमा कुलेन्द्र विश्वमर्माको पनि नाम आँउछ ।
20150702_115526-1
धौलागिरी अञ्चल पर्वत जिल्लाको फलामखानी गाविसमा जन्मिएका विश्वकर्मा कडा मेहनत र संघर्षलेनै आफु लोक संगित क्षेत्रमा सबैले चिन्ने भएको र टिकिरहेको बताउछन ।
kkkkk
जस्तो सुकै गीतलाई पनि न्याय गरेर गाउन सक्ने खुवी भएका कुलेन्द्र विश्वकर्मा २०६२ सालमा कलाकार हुने सपना बोकेर काठमाडौ छिरेका थिए । उनी आफ्ना सुरुका दिनहरु निकैनै कष्टकर भएको बताउछन । स्वर परिक्षा दिनकै लागि आफुले सिँहदरवार बाहिर खुल्ला आकाशमा धेरै दिनहरु काटेको सम्झन्छन ।
विगतमा चाउचाउको भरमा धेरै दिनहरु काटेको सम्झदै त्यहि कठिन यात्राले आफुलाई यो स्थान सम्म ल्याइपुराएको उनको भनाइ छ । संघर्ष र मेहनत नुहुने हो भने आजको जस्तो गीत संगितको संकटकालीन अबस्थामा टिक्न नसक्ने उनको धारणा छ । देश विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त भइरहने कलाकार विश्वकर्मा आँफुले गित संगितमा अझै धेरै सिक्न बाँकी रहेको धारण व्यक्त गर्दछन ।
आज सम्म करिव तीन हजार भन्दा बढि गितहरुमा आफ्नो आवाज दिइसकेका कलाकार विश्वकर्माका जोगीको भेषैमा, नजाउ है सानु पँधेरीमा,जिम्वाल बा को आगनीमा, हास्न सिकाएउ, रुमाल हल्लाइ हल्लाई जस्ता धेरै चर्चित गीतहरु रहेका छन । विगत लामो समय देखि एक नाश रुपमा आफ्नो कला स्रोत माझ प्रस्तुत गर्दै आएका कलाकार विश्वकर्मा अझै पनि धेरै स्रोताको रोजाइमा पर्दछन ।

No comments:

Post a Comment