संयुक्त राजनैतिक दलित संघर्ष समिति मकवानपुरले बिभिन्न कार्यक्रम गर्ने

साउन २७ , विभेद विरुद्ध अभियान । दलित अधिकार संघर्ष समितिले घोषणा गरेको आन्दोलनको सम्बन्धमा छलफल गरी कार्यान्वयन गर्ने उद्देश्यले संयुक्त राजनैतिक दलित संघर्ष समिति मकवानपुरले बुधबार बैठक बसेको छ । उक्त बैठकले पूर्व घोषित कार्यक्रम अन्तर्गत यही साउन २९ गते वृहत मोटरसाइकल ¥याली र ३० गते प्रमुख दलका स्थानीय राजनीति नेतृत्व मानवअधिकारवादी, दलित अगुवा, पत्रकारहरुको सामूहिक उपस्थितिमा दलितका अधिकारहरु प्राप्तीका लागि हाम्रा भूमिकाहरु र राजनीतिक दलहरुको प्रतिबद्धता विषयमा अन्तक्रिया कार्यक्रम गरीने भएको छ ।
 बैठकमा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य युक्तलाल विश्वकर्माले दलित समुदायहरु वर्षै देखि जातिय छुवाछुतको उत्पीडन परिरहेको अवस्थामा अन्तरिम संविधान २०६३ को प्रावधान लाई कटौति गर्ने र अधिकारवाट बिमूख गराउने कामको विरोध गरीएको उनले बताए । 
संयुक्त दलित राजनीतिक संघर्ष समितिका अध्यक्ष मिलन परियारको सभाध्यक्षता भएको बैठकमा मुक्ति समाज केन्द्रिय सदस्य एवम् नारायणी इन्चार्ज गणेश रसाइली, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य जंगबहादुर विश्वकर्मा, नेपाल दलित संघका केन्द्रिय सदस्य गोपिलाल विश्वकर्मा, मुक्ति समाजका अञ्चल सचिव केशव रसाइली, मुक्ति मोर्चाका जिल्ला अध्यक्ष कमला विश्वकर्मा, मुक्ति समाजका उपाध्यक्ष विष्णु परियारको सहभागिता रहेको थियो ।
सबिधानमा दलित समुदायको अधिकार सुनिश्चित गराउन दलित अधिकार संघर्ष समितिले काठमाडौँमा रिपोर्टस क्लब नेपालमा साउन २२ गते पत्रकार सम्मेलन गरि ११ दिने दोस्रो चरणको आन्दोलन घोषणाको कार्यक्रम अनुसार संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई ९ सुत्रीय माग सहितको ज्ञापन पत्र पेश गर्दै दोस्रो चरणको आन्दोलन मा एक्यवद्धता र सामुहिक उपस्थिति जनाउदै आएको छ । 

No comments:

Post a Comment