दलित महिलाद्वारा आन्दोलनको नेतृत्व -राजेन्द्र ताम्राकार

काठमाडौं÷२ साउन,विभेद विरुद्ध अभियान ।
 नयाँ संविधानमा केन्द्रमा ३ संघमा ५ र स्थानीय तहका व्यवस्थापिकामा १० प्रतिशत प्रतिनिधित्व लगायतका ९ बुँदे माग गर्दै शुरु भएको दोस्रो चरणको दोस्रो दिनको आन्दोलनको नेतृत्व दलित महिलाले गरेका छन् । 
बबरमहलदेखि शुरु भएको विशाल ¥यालीको नेतृत्व दलित महिला अधिकारकर्मी दुर्गा सोबले गर्नुभएको थियो । ¥यालीमा दलित सभासद्, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, कलाकार, पत्रकार लगायत हजारौंको सहभागिता रहेको थियो । 
¥यालीपछि बानेश्वरमा गरिएको विशाल जनसभामा दलित तथा महिला अधिकारकर्मी दुर्गा सोबले नयाँ संविधानमा दलित महिलाका मुद्दालाई सम्बोधन गर्न राजनीतिक दल र शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । 
उहाँले दलित पुरुष लैङ्गिक विभेदमा छैनन् तर दलित महिला लैङ्गिक विभेदमा छन्, गैरदलित महिला जातीय विभेदमा छैनन् तर दलित महिला जातीय विभेदमा पारिएका छन् भन्दै महिला त्यसमा पनि दलित महिला आर्थिक, सामाजिक र राजनीतिक विभेदमा पारिएका छन् भन्दै उनीहरुका लागि नयाँ संविधानमा विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 
नयाँ संविधानमा दलित महिलाभित्रको ३३ प्रतिशतभित्र दलित महिलाको समानुपातिक प्रतिनिधित्व र दलितभित्र ५० प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गर्न संविधानसभा र राजनीतिक दलको शीर्ष नेतृत्वसंग माग गर्नुभयो । 
सभालाई सम्बोधन गर्दै एमाओवादी केन्द्रीय सदस्य अन्जना विशंखेले अधिकार प्राप्तिका आन्दोलित दलित समुदायमाथि राज्यले दमन गरेको प्रति घोर भत्र्सना गर्दै घाइतेको सीघ्रस्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले घाइतेलाई निशूल्क उपचार गर्न माग गर्नुभयो । पहिलो चरणको आन्दोलनकाक्रममा २६ अधिकारकर्मी घाइते भएका थिए । 
उहाँले दलित महिलाको आन्दोलनलाई कम नआँक्न आग्रह गर्दै आफूहरुको आन्दोलन अधिकार सुनिश्चित नभएसम्म नरोकिने भन्दै आन्दोलनमा होमिन सबैलाई आग्रह गर्नुभयो । 
अधिकारर्मी रीता साहले राज्यको स्रोतसाधन र सेवा सुविधाका हिसाबले सबैभन्दा पछाडि पारिएका दलित त्यसमा पनि दलित महिलाका मुद्दा नयाँ संविधानमा सुनिश्चित गर्न शीर्ष नेतृत्वलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा सभासद् कमला विश्वकर्माले पहिलो संविधानसभा र विषयगत समितिले निक्र्यौल गरि पठाएका दलितका मुद्दामा दलहरु सहमत भएपनि मस्यौदा आउँदा दलितका अधिकार एकाएक कटौती गरिएकाले आफ्ना अधिकार सुनिश्चित गर्न माग गर्नुभयो । 
माओवादी नेतृ अनिता परियार, जनमोर्चाकी नेतृ मनु विश्वकर्मा, पूर्व सभासद् पद्मलाल विश्वकर्मा लगायतले दलित समुदायले आफ्ना हकहित र अधिकार प्राप्तिका लागि गरेको दोस्रो चरणको आन्दोलनलाई सरकार र राजनीतिक दलले सम्बोधन गर्नुपर्ने मा गर्नुभयो । उहाँहरुले यसलाई कमजोरीको रुपमा लिइयो र फेरिपनि दलितलाई अधिकारविहीन बनाउने षड्यन्त्र राज्यले गर्नखोजे त्यसको मूल्य चर्को पर्ने भन्दै राजनीतिक दल र शीर्ष नेतृत्वलाई चेतावनी दिएका थिए । 
यसैबीच आन्दोलनको तेस्रो दिन आज देशका ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत आफूहरुका ९ बुँदे मागबारे प्रधानमन्त्री शुशिल कोइरालालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । सबै जिल्लामा संयुक्त दलित आन्दोलन, नेपालले आज विहान १०ः१५ बजे एकैपटक ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको हो । 
यसैबीच आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि साउन २६ गते देशैभर दुइघण्टा चक्काजाम गर्ने कार्यक्रम तय भएकाले कार्यक्रमलाइ सफल बनाउनका लागि सबैलाई आ–आफ्नो जिल्ला क्षेत्रमा भेला भएर सडकमा सिट्ठी बजाएर चक्काजामको कार्यक्रम सफल बनाउन संयुक्त दलित आन्दोलन, नेपालले आब्हान गरेको छ ।

तस्बिर - निर्मल अधिकारी

No comments:

Post a Comment