दलित अधिकार कटौतिको विरोधमा भैरहवामा वृहद् प्रर्दशन


भैरहवा,साउन २३, विभेद विरुद्ध अभियान ।  । दलित समुदाय माथि भएको थिचोमिचो र प्रहरी आक्रमणको विषयलाई लिएर दलित अधिकार संघर्ष समिति सिद्धार्थनगर भैरहवाले शुक्रवार भैरहवामा वृह्द विरोध प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ ।
हरिओम विश्वकर्माको संयोजकत्वमा भएको प्रर्दशन ¥यालीमा हजारौ दलित समुदायका मानिसहरु र अधिकारकर्मीको सहभागिता रहेको थियो । पहिलो संविधानसभाले सुनिश्चित गरेको दलित हक अधिकारलाई संविधानको मस्यौदा २०७२ मा पूर्णरुपमा कटौति गरेको र अधिकारलाई सुनिश्चित गर्न उत्रिएका दलित अगुवा तथा सभासदहरुलाई निर्मम ढंगबाट प्रहरी परिचालन गरी राजधानीमा कुटपिट गरेको विरोधमा विरोध प्रर्दशन भएको हो ।विरोध प्रर्दशनमा सुनचाँदी व्यवसायी तथा कालिगढहरुको समेत उपस्थिती रहेको थियो । उनीहरुले मध्यान्हासम्म कामकाज रोकेर आन्दोलनमा स्वतस्र्फूतरुपमा उत्रिएका थिए । विरोध ¥याली बर्मेली टोल हुँदै मिलनचोक,मेनरोड परिक्रमा गरी देबकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । रेशम लाम्गादेले संचालन गर्नुभएको कार्यक्रममा दलित अधिकारकर्मी किस्मत विश्वकर्मा,बुद्धिराम हरिजन,पदम विश्वकर्मा,जनजाति अगुवा डिभि थापा लगायतले सरकारले दलित तथा आदिवासी जनजातिको अधिकार कटौति गरेकाले त्यसको विरोधमा सशक्तरुपमा उत्रने चेतावनी दिएका थिए ।
विभिन्न नारा अंकीत प्ले कार्ड र ब्यानर सहित उत्रिएका प्रर्दशनकारीहरुले हतियार बनाउने सिप भएको हातले हतियार समेत चलाउन सक्ने भन्दै राज्यलाई कमजोर नसोच्नु सुझाएका थिए । दलित समुदायको अधिकार कटौति गरी दमन गरिए मुलुकमा अर्को आन्दोलनको आधिवेहरी सिर्जना गर्ने वक्ताहरुको भनाई थियो ।




source:- आभूषण  ससार

No comments:

Post a Comment