संयुक्त दलित आन्दोलन नेपालले तेस्रो चरणको संघर्ष घोषणा


भाद्र २, २०७२, विभेद विरुद्ध अभियान - सबै दलसम्बद्ध दलित नेतासम्मिलित संयुक्त दलित आन्दोलन नेपालले तेस्रो चरणको संघर्ष घोषणा गरेको छ ।

 बिहीबारदेखि भदौ ११ गतेसम्मका नयाँ संविधानमा समावेश गर्न गराउनका लागि तेस्रो चरणका तपशिल संघर्षका कार्यक्रमहरु  तोकिएको छ्न।

१.आन्दोलनको घोषणा २०७२ भाद्र २ गते प्रेस विज्ञप्ति मार्फत एक कार्यक्रमबीच तेस्रो चरणको आन्दोलनको घोषणा ३ बजे ।
२. साड्लो जुलुश २०७२ भाद्र ३ गते साड्लो बाँधेर नेताहरु जुलुशमा हिड्ने २ बजे ।
३. हस्ताक्षर संकलन २०७२ भाद्र ४ गते देशका ७५ वटै जिल्लाका सदरमुकाममा ११ बजेदेखि शुरुवात गर्ने ।
४. नागरिक संवाद २०७२ भाद्र ५ गते गैरदलित नागरिक समाजका प्रतिनीधिहरुसंग २ बजे ।
५. अन्तरसंवाद २०७२ भाद्र ६ र ७ गते संविधानका विज्ञहरु तथा गैरदलित सभासदहरुसंग 
६. ध्यानाकर्षण २०७२ भाद्र ८ गते विजुली बजारदेखि बानेश्वरसम्म ब्यानरमा उभिएर सिटी फुक्ने २ बजे ।
७. जनप्रदर्शन २०७२ भाद्र ९ गते दलित समुदायका कानून व्यवसायी तथा कर्मचारीहरु सहित पहिचानमा २ बजे ।
८. साँस्कृतिक प्रतिरोध २०७२ भाद्र १० गते कलाकार, गीतकार, सेनेकर्मी, साहित्यकार, कवि आदिसंग साँस्कृतिक प्रतिरोध कार्यक्रम २ बजे ।
९. मोटरसाइकल र्याली २०७२ भाद्र ११ गते तीनकुनेदेखि तीनकुनेसम्म (रिंगरोड वरिपरि) ८ बजे 
१०. ऐक्यबद्धता र्याली सहित सभा २०७२ भाद्र १२ गते विभिन्न आन्दोलनहरुका व्यानरसहित २ बजे ।
 संघर्षका कार्यक्रमहरु तय गर्न भनी बसेको बुधबार आयोजित बैठकमा कांग्रेस, एमाले, एमाओवादी, मधेसी दलहरुलगायतका दलित सभासद्, पार्टी केन्द्र र भ्रातृ संगठनका गरी १२ वटा संगठनका नेताहरु उपस्थित थिए । जिल्लास्तरमा आवश्यकता हेरी कार्यक्रम थपघट गर्न सकिने निर्णय गरिएको विनोद पहाडीले जानकारी दिए । संविधान मस्यौदामा दलितका हकहरु कुन्ठित गरिएको भन्दै दलित समुदाय आन्दोलनमा छ ।  
यसैगरी मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले संविधानमा समेटिनुपर्ने दलित हकसम्बन्धी १७ वटा मागहरु उल्लेख गरी मस्यौदा संशोधन र परिमार्जनको माग गरेको छ । कामीले बुधबार विज्ञप्ति जारी गर्दै संविधानसभालाई उक्त सुझाव दिएको जानकारी दिए ।

No comments:

Post a Comment