३ बर्षदेखि साउदी अरबमा बन्दी जीबन बिताईरहेकी निर्मला बिकको उद्धार

साउदी अरब,भदौ ७, विभेद विरुद्ध अभियान  । साउदी अरबमा बिगत ३ बर्षदेखि बन्दी जीबन बिताईरहेकी एक नेपाली चेलीको उद्धार गरिएको छ । बैदेशिक रोजगारीका लागि साढे ३ वर्षअघि कुबेत पुगेकी नेपालगञ्ज बनकटवा, ३ की ३३ बर्षीया निर्मला बिकलाई साउदी अरबबाट उद्धार गरिएको हो ।साउदी नागरिकको घरमा बन्दी जीबन बिताईरहेकी बिकलाई नेपाल टे्रड युनियन महासंघ (जिफन्ट) को सहयोग समूह साउदी अरेबियाको सक्रियतामा उद्धार गरिएको हो ।रियादमा रहेका नेपाली दिदीबहिनीहरु मार्फत निर्मलाले३ बर्षदेखि साउदी नागरिकको घरमा बन्दी जीवन बिताईरहेको खबर पाएपछि उनलाई उद्धार गरिएको जिफन्ट सहयोग समूह साउदी अरेबियाका संयोजक राज तामाङले जानकारी दिए ।तामाङकाअनुसार साउदीको अलहासा भन्ने स्थानबाट गत आईतबार उनलाई रातको १ बजे बन्दी बनाईएको घरबाट उद्धारगरिएको हो । अलहासामा रहेका नेपाली दाजुभाईहरुको सहयोगमा १४ घण्टाको निरन्तर प्रयासपछि उनलाई उद्दार गर्न सफल भएका हौं, तामाङले भने ।उद्धार गरिएकी पीडित बिकलाई आईतबार नै नेपाली दुतावास साउदीको जिम्मा लगाईएको छ । गैरकानुनी बाटो भएर साउदी आईपुगेकी पीडित बिकलाई नेपाल फर्काउनका लागि घरेलु कामदार बिभाग र साउदी प्रहरीसँग समन्वय गरिने साउदीका लागि नेपाली कार्यबाहक राजदुत आनन्द शर्माले बताए ।शर्माकाअनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि ट्राभल डकुमेण्ट बनाई बिकलाई छिटै सहज रुपमा नेपाल पठाईने छ । उनलाई गैरकानुनी बाटो हुदै कुबेत पुर्याउने तस्करको खोजी गरी कारबाहीका लागि नेपाल सरकारलाई पत्राचार समेत गरिने शर्माले बताए ।
कसरी सम्भव भयो निर्मलाको उद्दार
मानब तस्करको चंगुलमा परेर ३ बर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएकी निर्मलाको पछिल्लो समय साउदीस्थितरियादमा रहेका नेपाली दिदीबहिनीहरुसँग सम्र्पक भएको थियो । नेपाली चेलीहरुसंगको सम्र्पकले नै पीडित बिकलाई नरकीय जिबनबाट नयाँ जीवन मिल्न सम्भव भएको छ ।साउदी अरबमा रहेर नेपाली दाजुभाई तथा नेपाली चेलीहरुलाई सहयोग तथा उद्दार गर्दै आएका राज तामाङले यो खबर पाउने बित्तिकै निर्मलाको उद्धारका लागि खटिएका थिए । निर्मलासँगको फोन सम्र्पकको आधारमा उनलाई उद्दार गर्नका लागि तामाङ गत आईतबार दमामबाट करिब ३ सय किलोमिटरको यात्रापछि अलहासा पुगेका थिए । साँझ ५ बजे अलहासा पूगेका तामाङले मुस्किलले निर्मलालाई बन्दी बनाएर राखिएको घर पत्ता लगाएका थिए ।करिब ८ घण्टाको पखाईपछि सबै सुतेको मौका छोपेर रातको १ बजे निर्मलालाई त्यहाँबाट तामाङले उद्दार गरेका थिए । आफूलाईसमेत जोखिममा राखेर तामाङले बिभिन्न समस्या र चनुौती संग जुध्दै निर्मलालाई लिएर रातारात त्यहाँबाट दमाम आएका थिए । दमाम आईपुगेपछि नेपाली दुतावासको समन्वयमा दुतावासको गाडी प्रयोग गरी निर्मलालाई नेपाली दुतावासको कार्यालय रियाद पठाई सुरक्षित गरिएको थियो । तामाङको सक्रियताले नै पीडित निर्मलालाई बन्दी जीवबाट मुक्त गराई उद्धार गर्न सफल भएको हो ।
कुबेत गएकी निर्मला कसरी पुगिन् साउदी
२ छोरी, १ छोरा र श्रीमान्सँग दुखसुख जीवनयापन चलाईरहेकी निर्मलालाई छिमेककेै एक जना दलालले धेरै धन कमाउने प्रलोभनमा पारेर गैरकानुनी तवरबाट साढे ३ बर्ष अघि भारत हुदै कुबेत पुर्याएका थिए । मानव तस्करमार्फत् घरेलु कामदारका रुपमा कुबेत पुगेकी निर्मलाले त्यहाँ ६ महिना जेनतेन काम गरिन् ।६ महिनापछि उनलाई कुबेती नागरिकले साउदी अरब पुर्याए । पीडित निर्मला कुबेती नागरिकबाट बेचिएर साउदी अरब ल्याईएकी थिईन् । साउदीको जुबेलस्थित साउदी नागरिककोघरमा करिब ३ महिना बन्दी जीबन बिताएकी निर्मलालाई साउदीकै महिला तस्करी गर्ने दलालको हातबाट दमाम हुदै अलहासा पुर्याईएको थियो ।साउदी अरबको अलहासा ल्याईएकी उनलाई साउदी नागरिकले घरेलु कामदारका रुपमा बन्दी बनाएर राखेको थियो । बिगत३ वर्षदेखि पीडित निर्मर्लाले साउदी नागरिकको घरमा बन्दीजीवन बिताउन बाध्य भएकी थिईन् ।
अनलाइन खबर बाट

No comments:

Post a Comment