आफूलाई साड्लोले बाँधेर दलित समुदायका नेताहरु जुलुशमा

२०७२ भदौ ३, विभेद विरुद्ध अभियान । संयुक्त दलित आन्दोलन नेपालले तेस्रो चरणको संघर्ष घोषणा गरेको  कार्यक्रम अन्तर्गत आज देखि भदौ १२ गते सम्मका लागि विभिन्न दवाबमुल्क आन्दोलन गर्दैछ  । तोकिएको संघर्षअन्तर्गत आज पहिलो दिन दलित सभासद , दलित अधिकारकर्मी , नागरिक समाज सहित सरोकारवालाहरुले राजधानीमा आफूलाई साङ्लोले बाधेर जुलुस निकालेको छन । बर्षौ देखि सामन्ती दास्ताको साङ्लोमा राज्य र साशकहरुले दलित समुदायलाई अधिकार-बिहिन बनाइ बाधेर राखेको हुनाले अब पनि चुप लागेर बाधिएर नबस्ने भाव बुझाउदै आज बबरमहल देखि नया बानेश्वर सम्म अधिकारकर्मीहरुले आफुलाइ साङ्लोमा बाधिएर जुलुस गरेका थिए ।



संविधान मस्यौदामा दलितका हकहरु कुन्ठित गरिएको भन्दै दलित समुदाय चरणबद आन्दोलनमा छन ।नयाँ संविधानमा समावेश गर्न गराउनका लागि तेस्रो चरणका संयुक्त दलित आन्दोलन संघर्षका निम्न कार्यक्रमहरु भने हिजो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो ।
१. साड्लो जुलुश २०७२ भाद्र ३ गते साड्लो बाँधेर नेताहरु जुलुशमा हिड्ने २ बजे ।

२. हस्ताक्षर संकलन २०७२ भाद्र ४ गते देशका ७५ वटै जिल्लाका सदरमुकाममा ११ बजेदेखि शुरुवात गर्ने ।

३. नागरिक संवाद २०७२ भाद्र ५ गते गैरदलित नागरिक समाजका प्रतिनीधिहरुसंग २ बजे ।

४. अन्तरसंवाद २०७२ भाद्र ६ र ७ गते संविधानका विज्ञहरु तथा गैरदलित सभासदहरुसंग 

५. ध्यानाकर्षण २०७२ भाद्र ८ गते विजुली बजारदेखि बानेश्वरसम्म ब्यानरमा उभिएर सिटी फुक्ने २ बजे ।

६. जनप्रदर्शन २०७२ भाद्र ९ गते दलित समुदायका कानून व्यवसायी तथा कर्मचारीहरु सहित पहिचानमा २ बजे ।

७. साँस्कृतिक प्रतिरोध २०७२ भाद्र १० गते कलाकार, गीतकार, सेनेकर्मी, साहित्यकार, कवि आदिसंग साँस्कृतिक प्रतिरोध कार्यक्रम २ बजे ।

८. मोटरसाइकल र्याली २०७२ भाद्र ११ गते तीनकुनेदेखि तीनकुनेसम्म (रिंगरोड वरिपरि) ८ बजे 
९. ऐक्यबद्धता र्याली सहित सभा २०७२ भाद्र १२ गते विभिन्न आन्दोलनहरुका व्यानरसहित २ बजे ।
वानेश्वर पुगेर कोणसभा गरिएको आजको साङलो जुलुसमा वोल्दै अधिकारकर्मीहरुले  ३ हजार वर्षदेखी दलितहरुलाई वाँधेर राखिएको जन्जिर तोड्नुपर्ने वेला यही भएको ले यो विभेदको जन्जिर तोड्नकै लागि तेस्रो चरणको आन्दोलन गर्नु परेको बताएका छ्न । त्यस्तै गरि सयुक्त दलित आन्दोलनका अगुवाहरुले भोलि देशका ७५ वटै जिल्लाका सदरमुकाममा ११ बजेदेखि संविधान मस्यौदामा दलितका हकहरु कुन्ठित गरिएको भन्दै बिरोधमा हस्ताक्षर संकलन शुरुवात गर्ने कार्यक्रम रहेको हुनाले सशक्त रूपमा संकलन अभियानमा जुट्न सवै सरोकारवाला ,अधिकारकर्मी र नागरिकहरु सग हार्दिक अपिल समेत गरेका छन् ।

No comments:

Post a Comment