खाजा खर्च कटाएर मृगौलापीडित नेपालीलाई सहयोग

तनहु भदौ ९, विभेद विरुद्ध अभियान ।

मृगौलासम्बन्धी समस्या भए पनि आर्थिक अभावमा उपचारबाट बञ्चित एक व्यक्तिलाई जनसहयोगी माविका विद्यार्थीहरुले खाजा खर्च कटाएर सहयोग गरेका छन् । भरतपुर मेडिकल कलेजमा उपचाररत सतिस्वँरा २ निवासी बुद्धिबहादुर नेपालीको सहयोगका लागि विद्यार्थीले एक दिनको खाजा खर्चवापतको रकम संकलन गरेको शिक्षक बाबुराम खनालले जानकारी दिए ।
‘नेपालीबारे सुनेपछि उनीहरुले आफै यस्तो निर्णय गरेका हुन्,’ शिक्षक खनालले भने । विद्यार्थीहरुबाट संकलित रकम तीन हजार पुगेको छ । संकलित रकम नेपालीलाई हस्तान्तरण गरियो ।
उपचारका लागि १२ लाख लाग्ने भएकाले नेपाली परिवारले उपचारका लागि सघाइदिन सुभेच्छुक सबैमा आग्रह गरेको छन । आर्थिक अवस्था कमजोर भएको र समयमै उपचार गर्न नसकिए ज्यानै जाने अवस्था भएकाले सुभेच्छुकसंग सहयोग माग्दै आफन्त हिंडिरहेका छन् ।

No comments:

Post a Comment