दलित संघर्ष समितिको देशब्यापी २ घण्टे चक्काजाम

हेटौँडा, २६ साउन, विभेद  विरुद्ध अभियान ।नयाँ बन्ने  संविधानमा दलितका हक अधिकार सुनिश्चित हुनुपर्ने भन्दै संयुक्त राजनैतिक दलित संघर्ष समिति मकवानपुरले आज हेटौँडाको पूर्व–पश्चिम राजमार्ग अन्र्तगत राप्ति खोला सडक खण्डमा दुई घण्टा चक्काजाम गरेको छ । समितिले पूर्व घोषित कार्यक्रम अनुसार चक्काजाम गरेको हो ।
अन्तरमि संविधान २०६३ को भावना अनुसारनै नयाँ संविधानमा पनि संबैधानिक ब्यवस्था हुनुपर्ने माग राख्दै  समितिले दुई घण्टा चक्काजाम गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल विश्वकर्माले बताउनुभयो ।
नयाँ बन्ने संविधानमा २०६३ को अन्तरिम संविधानमा ब्यवस्था भएका विषयलाई कटौति गरेको भन्दै बिरोध स्वरुप चक्काजाम गरेको उहाले बताउनुभयो । नयाँ
बन्ने संविधानमा राज्यका सम्पूर्ण अंगहरुमा १३ प्रतिशत र थप क्षतिपूर्ति वापत ७ पतिशत गरि २० प्रतिशत समनुपातिक समावेसीका आधारमा संबैधाननिका
प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग रहेको उहाले बताउनुभयो ।
चक्काजाम कार्यक्रममा समाजका केन्द्रीय सदस्य गणेश रसाईली, मकवानपुरका अध्यक्ष मिलन परियार, नेपाल दलित संघका केन्द्रीय सदस्यहरु गोपिलाल विश्वकार्मा, पवित्रा विश्वकर्मा, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य जंगबादुर विश्वकर्मा लगाएतका सहभागिता रहेको थियो ।
त्यस्तै गरि संयुक्त दलीत आन्दोलनले नयाँ संरचनाहरु निर्माणका लागि राज्यसत्ताका राजनीतिक संरचनाहरुमा दलित समुदायको समानुपातिक प्रतिनीधित्व (केन्द्रमा ३, प्रदेशमा ५ र स्थानीय निकायमा १० प्रतिशत क्षेतिपूर्ति) का लागि आज झापा, सुनसरी, उदयपुर, सिराह, रौतहट, मकवानपुर, चितवन, कास्की, पर्वत, बाग्लुंग, कपिलवस्तु, रुपन्देही, नवलपरासी, दांग, बाँके, दैलेख, बर्दिया, कैलाली र कंचनपुर, तन्हुका साथै काठमाडौं सहित देशब्यापी देशब्यापी
सीटी जुलुश सहित २ घण्टे चक्का जाम भब्य रूपमा सफल भएको छ खवर प्राप्त भएको छ ।
तनहुँका दलितले पृथ्विराजमार्गमा नै सभा गरे
नयाँ बन्ने संविधानको मस्यौदामा दलितको हक र अधिकार कटौती गरिएको विरोधमा मंगलबार चक्काजाममा उत्रिएका तनहुँका दलितले पृथ्विराजमार्गमा नै सभा गरेका छन् ।मुलुकभर १२ बजेदेखि दुई घण्टा राजमार्गमा सवारी आवागमन सुचारु हुन नदिने भन्दै संयुक्त दलित संघर्ष समितिले आव्हान गरे अनुसार दलितहरु आन्दोलनमा उत्रिएका हुन् । तर जिल्लाका दलितले १२ बजेदेखि १ घण्टामात्र सवारी आवागमनमा अवरोध पुर्‍याए ।
दलित संघका केन्द्रीय सदस्य डोवाटे विक, एमाओवादीका जिल्ला सदस्य ओमबहादुर नेपाली, दलित संघका जिल्ला अध्यक्ष अमृत नेपाली, जिल्ला समन्वय समितिका उपाध्यक्ष कृष्ण रुचाल, दलित अगुवा केशबहादुर सुनार, जिल्ला सुनचाँदी व्यावसायी संघका जिल्ला सचिव विकास विक, दलित नेता गोपाल सुर्खाली लगायतले नयाँ बन्ने संविधानको मस्यौदामा दलितको हक र अधिकार कटौती गरिएकोले आफूहरु आन्दोलनमा उत्रन बाध्य हुनु परेको बताए ।
हरेक क्षेत्रमा विशेष अधिकार सहित दलितलाई स्थानीय निकायमा १०, प्रदेशमा ५ र केन्द्रमा ३ प्रतिशत अनिवार्य आरक्षणको   व्यवस्था नगरिएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने उनीहरुले बताए । उनीहरुले चर्को घामको समेत प्रवाह नगरी विच सडकमा सभा गरेका थिए । अप्रिय घटना हुन सक्ने भन्दै प्रहरी सुरक्षा तिव्र पारिएको थियो ।
चक्काजामको सममा स्थानीय प्रशासनले दलितको कार्यक्रममा कुनै पनि अवरोध गरेन । राजमार्गमा चल्ने सवारीलाई बैकल्पिक मार्गद्वारा प्रहरीले गन्तव्यमा पठाएको थियो ।

No comments:

Post a Comment