पहिरोले घर पुरिँदा दैलेखमा एकै परिवारका तीन जनाको मृत्यु

दैलेख,३१ साउन, बिभेद । शनिबार राती गएको पहिरोले घर पुरिँदा दैलेखमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पहिरोले घर पुरिएर नारायण नगरपालिका–६ नमुना वस्तीकी २० वर्षीया रुपा बादी, उनका तीन वर्षीया छोरी सपना र दुई वर्षीय छोरा जितको मृत्यु भएको हो । मृतक रुपाका श्रीमान् दीपकबहादुर घाइते भएका छन् ।प्रहरी निरीक्षक पुष्करबहादुर चन्द नेतृत्वको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो ।
यसैबीच, मृतकका परिवार लाई नेपाल महिला संघ दैलेख जिल्ला अध्यक्ष सीता रानाले सहयोग स्वरुप १५ हजार रूपैयाँ प्रदान गरेकी छन् । 

No comments:

Post a Comment