राजधानीमा संयुक्त दलित आन्दोलनको वृहद् जनप्रशर्दन तथा आमसभा

३० साउन , विभेद विरुद्ध अभियान । संयुक्त दलित आन्दोलनको नाममा दलितहरुले सुरु गरेको दोस्रो चरणको आन्दोलन शनिवार बृहत जनप्रदर्शनसहित सम्पन्न भएको छ ।
संसदमा रहेका र संसद बाहिरका राजनीतिक दलनिकट दलित संगठनहरुले ११ बुँदे मागसहित गत साउन २३ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । उनीहरुले दोस्रो चरणको आन्दोलनको अन्तिम दिन राजधानीस्थित बबरमहलदेखि नयाँबानेश्वरसम्म झाँकीसहित जनप्रदर्शन गरेका छन् ।
पहिलो संविधानसभामा लिपिबद्ध भएका दलितका मागहरु संविधानको मस्यौदासम्म आउँदा काटिएको भन्दै उनीहरु आन्दालेनमा उत्रिएका हुन् ।बबरमहलदेखि शुरु भएको आन्दोलन नयाँबानेश्वर पुगेपछि कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सबै राजनीतिक दलका शीर्ष दलित नेता तथा सभाषद्हरुले सरकारबिरुद्ध कटु आलोचना गर्दै कडा भाषण गरेका थिए । जीतु गौतम, विशेन्द्र पासवानदेखि कृष्णभक्त दुलाल ‘आहुति’सम्मका दलित नेताहरुले बिचारउत्तेजक भाषण गरेका थिए । 
उनीहरुले दलितको मुद्दालाई संविधानमा लिपिबद्ध गर्नका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार भएको बताएका थिए । 

एमाओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका ‘आहुति’ले भने, ‘यो संविधान सबै सुतिसकेपछि रातको बाह्रबजे जारी हुनेवाला छ । दलितको मुद्दाहरु काटिनेवाला छन् । तर, सबै दलित सभाषद्हरु आफ्ना मुद्दामा भोटिङ गर्न पनि पछि पर्नुहुँदैन । 
भोटिङ हुँदा पनि आन्दोलनसहित सडकमै जाग्राम बस्छौँ । यदि भोटिङमा हारियो भने पनि हामी खुशी हुनेछौँ, किनकी त्यो पहिलो पटक संसदमा दलितको मुद्दामा भोटिङ भएको हुनेछ । अनि त्यहीँ बिन्दुबाट हाम्रो अर्को आन्दोलन शुरु हुनेछ ।’संयु्क्त दलित आन्दोलनले आइतबारनै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ ।
हेर्नुस् कार्यक्रमका झलकहरु 












No comments:

Post a Comment