भेदभाव र छुवाछूत अन्त्यका लागि सोह्र बुँदेघोषणापत्र जारी

बागलुङ , २६ साउन , विभेद विरुद्ध अभियान । जातका आधारमा गरिने भेदभाव र छुवाछूत अन्त्यका लागि बागलुङमा १६ बुँदे घोषणापत्रजारी गरिएको छ ।छुवाछूत अन्त्यका लागि हिन्दूधार्मिक समुदायको भूमिकाविषयक क्षेत्रीय गोष्ठीले सोघोषणापत्र जारी गरेको हो ।दलित गैरसरकारी संस्थामहासङ्घ, राष्ट्रिय दलितआयोग, विश्व हिन्दूमहासङ्घको आयोजना र ललितसशक्तीकरण केन्द्रकोसंयोजनमा भएको गोष्ठीमाधर्म गुरु, मन्दिर÷गुठीकापदाधिकारी,राजनीतिकर्मी, दलित अगुवा,अधिकारकर्मीलगायतकासहभागी थिए । 
स्रोह्र बुँदेघोषणापत्रमा समाजमा जकडिएर रहेको जातीयछुवाछूतको समूल अन्त्य हुनुपर्नेमाजोड दिइएको छ ।समाजमा रहेको जात,वर्गभन्दा पनि कर्म, गुण, आचरण रयोग्यताका आधारमामानिसको मूल्याङ्कन हुनुपर्ने,वैदिक धर्मशास्त्र र वेदमा जाततथा भेदभावको व्यवस्थानभएकाबारे जनचेतनाअभिवृद्धि गरिनुपर्ने, धार्मिकसंस्था र राज्यले छुवाछूतअन्त्यका लागि कार्ययोजनाबनाउनुपर्ने माग घोषणापत्रमासमेटिएको छ ।त्यस्तै, स्वेच्छापूर्वकअन्तरजातीय विवाह गर्नेलाईसुरक्षा र प्रोत्साहन प्रदानगर्नुपर्ने, छुवाछूतसम्बन्धीआचारसंहिता जारी गर्नुपर्ने,छुवाछूत गर्नेलाई निरुत्साहितगर्नेलगायतका विषयघोषणापत्रमा उठान गरिएकोछ । जातीय भेदभाव रछुवाछूतसम्बन्धीघटनाकोतत्काल छानबिन गरीपीडितलाई न्याय र दोषीलाईकारबाहीको दायरामाल्याउन माग गरिएको दलितगैरसरकारी संस्था महासङ्घकाअध्यक्ष गजाधर सुनारलेबताउनुभयो ।विद्यार्थीलाई पढाइनेपाठ्यपुस्तकमा पनि जातीयछुवाछूत अन्त्यका लागिसहयोगी सामग्री राख्न आग्रहगरिएको छ । 
समाज विकासकाक्रममा सुरु भएको जातीयभेदभाव र छुवाछूतजस्तो कुप्रथामानव सभ्यताकै लागि कलङ्कभएको अध्यक्ष सुनारले उल्लेखगर्नुभयो ।गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दैविश्व हिन्दू महासङ्घकापूर्वअध्यक्ष दामोदर गौतमलेहिन्दू धर्ममा कहीँकतै जातीयछुवाछूत उल्लेख नभएकोबताउनुभयो ।उहाँले वैदिक काल र हिन्दूधर्मका वेद, उपनिषद्,गीताजस्ता कुनै पनिसाहित्यमा जात र वर्णकोव्यवस्था नभएको दावीगर्नुभयो ।गोष्ठीमा विभिन्न धार्मिकसङ्घसंस्था अगुवा सम्मिलितथिए । दलित आयोगका सदस्यरुपबहादुर परियारले नेपालीसमाजको सामाजिक रसांस्कृतिक रुपान्तरण आवश्यकरहेको औँल्याउनुभयो ।छुवाछूत गर्नु दण्डनीय अपराधमानिए पनि ऐन कानुनकोप्रभावकारी कार्यान्वयननहुँदा नेपाली समाजमा यस्ताघटनाले प्रश्रय पाइरहेका छन् ।गोष्ठीका सहभागीले दलीयआयोगको सक्रिय भूमिकाकालागि जोड दिएका थिए ।क्षेत्रीय गोष्ठी सञ्चालनकालागि युएनडिपीले आर्थिकसहायता प्रदान गरेको थियो ।

No comments:

Post a Comment